Skip to main content

सायद येस्तै रहेछ प्रेम !  भाग ३


     .......तर त्यस दिन बेलुका एउटा रिदम नाम गरेको साथीले ओइ सुन्न ! हिजो हामी slc team पिकनिक खान गाको भनेर आफ्नो ग्रुपको फोटो पठायो । येसो हेरे ! मेरो मन त्यसै रमायो एक्छिन ढुक्क को सास फेरे ! कारण त्यो तस्बिरमा नितु पनि थिइन । हत्त र पत्त यो तस्बिरमा रहेको नितुको चित्रलाइ मार्क गरेर ओय येस्लाइ चिन्छस भन्दै सोधे त्यस्ले अ चिन्छु किन नचिन्नु नि आफू सङ्गै पढेको साथिलाइ भन्यो ।।

प्लिज यार मलाइ येस्को फेसबुक आइडी देन प्लिज भन्दै आग्रह गरे पछि येस्ले फेसबुक नै चलाउदिन दिन भन्यो त्यसो भय येस्को नम्बर भय दे भने तर पनि दिन बाट इन्कार गर्यो । केही बेर पछि जान्की रेग्मि भन्दै एउटा आइडी दियो त्यो उस्को ममिको रहेछ । झ्याप झुप request send गरि हाले तर एसेप्ट भयेन । नितुको फोटो भएनी हुन्छ भन्दै प्रोफाइल खोलेको only friends को privacy लगाको रहेछ कुनै फोटो नि शो भयेन अनि त्यही मिल्ने साथी रिदमलाइ फोटो डाउनलोड गरेर सेन्ड गर भन्दै कराउन थाले । मेरो मोबाइलमा मेरो प्रेमिकाको भन्दा तेरि वालिको फोटो धेरै भयो यार भन्दै हसाउथ्यो  । उनी सङ्ग बोल्न नपायेनी फोटो हेरेरै चित्त बुझाइ रहेको थिय ।
......मैले रिदमलाइ धेरै बिन्ती गरे पछि नितुको एउटा प्राइबेट आइडी रहेछ लुकेर चलाउने "its nitu" भन्ने । ला यो आइडि पनि चलाउदी रहेछ कहिले काहीँ येस्मा नि सेन्ड गर भन्यो । मैले हस भन्दै request send गरे तर एसेप्ट नै भयेन । रिदमलाइ धेरै बिन्ती गरेसी नितु सङ्ग मेरो कुरा गरेर एसेप्ट गर्न लगाये करिब ४ दिनको दिन एसेप्ट भयो । मनलाइ पनि छुट्टै आनन्द आइ रहेको थियो
      ....अनि धेरै आट जुटायेर उनलै हाइ भन्दै मेसेज गरे करिब आधा घन्टा पछि रिप्लाइ आयो । त्यति भयेनी मलाइ धेरै भयेको थियो । म आफू अपरिचित बन्न खोजेको थिय तर उन्ले ठ्याकै मेसो पाई हालिन हजुर त सोल्टी दादा हैन र ? भन्दै प्रश्न गरिन ! मैले सोल्टि मात्र भन न किन दाइ भन्छौ भन्दै कुरा फेरे ! अनि उन्को लागो एउटा स्ट्याटस लेखे "मन त त्यति नै बेला परेको थियो जुन दिन तिमि रातो लेहेङ्गा लगायेर दिदिको बिहेमा आयेकी थियौ " यो पोस्ट्मा पहिलो लाइक अनि कमेन्ट उस्कै थियो । अनि मैले रिदमलाइ ओइ नितुलाइ मैले मन पराउछु भनेर भन्देन यार भनेर बिन्ती गरे ! त्यसले पनि अरे यार आफ्नै gf को लागि नि येति लागि परेको थिइन भन्दै करायो त्यही नि हस भन्दै नितुलाइ भन्दियेछ ।। अनि केही बेरमा नितुले रिदमले भनेको कुरा साचो हो भन्दै प्रश्न गरिन ! म डरायेर हैन त्यस्ले कुरा बढाको हो भन्दिय ! अनि जब मनले मानेन र बैसाखको 23 गते एउटा पोस्ट गरे कि "आज कसैलाइ प्रेम प्रस्ताब राख्दै छु डर छ असेप्ट हुदैन भन्ने " तर त्यस्मा नितुले नडराउनु न प्यार किया तो डर्ना क्या भन्दै कमेन्ट गरिन जस्ले मलाइ हिम्मत दिलायो ! अनि येस्तै रातिको १० बजे मैले उस्लाइ प्रेम प्रस्ताब राखी दिये !
....जुन देखि तिमिलाइ देखे त्यसै दिन देखि मन परायेको छु धेरै कोसिस गरेर तिमी सङ्ग बोल्न पाये अनि मन भित्रको कुरा गुम्सायर राख्न सकिन र आज तिमिलाइ प्रेम प्रस्ताब राखे । म तिमिलाइ माया गर्छु धेरै धेरै .... तर नितुले "I am so sry I am already packed " भन्दै जवाफ फर्काइन....खै किन मेरा आँखा बाट अनायासै आशुको बर्सात भयो सरि भन्दै मेसेज गरे तर .......
#क्रमश :....

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...