Skip to main content

सायद येस्तै रहेछ प्रेम !  भाग ३


     .......तर त्यस दिन बेलुका एउटा रिदम नाम गरेको साथीले ओइ सुन्न ! हिजो हामी slc team पिकनिक खान गाको भनेर आफ्नो ग्रुपको फोटो पठायो । येसो हेरे ! मेरो मन त्यसै रमायो एक्छिन ढुक्क को सास फेरे ! कारण त्यो तस्बिरमा नितु पनि थिइन । हत्त र पत्त यो तस्बिरमा रहेको नितुको चित्रलाइ मार्क गरेर ओय येस्लाइ चिन्छस भन्दै सोधे त्यस्ले अ चिन्छु किन नचिन्नु नि आफू सङ्गै पढेको साथिलाइ भन्यो ।।

प्लिज यार मलाइ येस्को फेसबुक आइडी देन प्लिज भन्दै आग्रह गरे पछि येस्ले फेसबुक नै चलाउदिन दिन भन्यो त्यसो भय येस्को नम्बर भय दे भने तर पनि दिन बाट इन्कार गर्यो । केही बेर पछि जान्की रेग्मि भन्दै एउटा आइडी दियो त्यो उस्को ममिको रहेछ । झ्याप झुप request send गरि हाले तर एसेप्ट भयेन । नितुको फोटो भएनी हुन्छ भन्दै प्रोफाइल खोलेको only friends को privacy लगाको रहेछ कुनै फोटो नि शो भयेन अनि त्यही मिल्ने साथी रिदमलाइ फोटो डाउनलोड गरेर सेन्ड गर भन्दै कराउन थाले । मेरो मोबाइलमा मेरो प्रेमिकाको भन्दा तेरि वालिको फोटो धेरै भयो यार भन्दै हसाउथ्यो  । उनी सङ्ग बोल्न नपायेनी फोटो हेरेरै चित्त बुझाइ रहेको थिय ।
......मैले रिदमलाइ धेरै बिन्ती गरे पछि नितुको एउटा प्राइबेट आइडी रहेछ लुकेर चलाउने "its nitu" भन्ने । ला यो आइडि पनि चलाउदी रहेछ कहिले काहीँ येस्मा नि सेन्ड गर भन्यो । मैले हस भन्दै request send गरे तर एसेप्ट नै भयेन । रिदमलाइ धेरै बिन्ती गरेसी नितु सङ्ग मेरो कुरा गरेर एसेप्ट गर्न लगाये करिब ४ दिनको दिन एसेप्ट भयो । मनलाइ पनि छुट्टै आनन्द आइ रहेको थियो
      ....अनि धेरै आट जुटायेर उनलै हाइ भन्दै मेसेज गरे करिब आधा घन्टा पछि रिप्लाइ आयो । त्यति भयेनी मलाइ धेरै भयेको थियो । म आफू अपरिचित बन्न खोजेको थिय तर उन्ले ठ्याकै मेसो पाई हालिन हजुर त सोल्टी दादा हैन र ? भन्दै प्रश्न गरिन ! मैले सोल्टि मात्र भन न किन दाइ भन्छौ भन्दै कुरा फेरे ! अनि उन्को लागो एउटा स्ट्याटस लेखे "मन त त्यति नै बेला परेको थियो जुन दिन तिमि रातो लेहेङ्गा लगायेर दिदिको बिहेमा आयेकी थियौ " यो पोस्ट्मा पहिलो लाइक अनि कमेन्ट उस्कै थियो । अनि मैले रिदमलाइ ओइ नितुलाइ मैले मन पराउछु भनेर भन्देन यार भनेर बिन्ती गरे ! त्यसले पनि अरे यार आफ्नै gf को लागि नि येति लागि परेको थिइन भन्दै करायो त्यही नि हस भन्दै नितुलाइ भन्दियेछ ।। अनि केही बेरमा नितुले रिदमले भनेको कुरा साचो हो भन्दै प्रश्न गरिन ! म डरायेर हैन त्यस्ले कुरा बढाको हो भन्दिय ! अनि जब मनले मानेन र बैसाखको 23 गते एउटा पोस्ट गरे कि "आज कसैलाइ प्रेम प्रस्ताब राख्दै छु डर छ असेप्ट हुदैन भन्ने " तर त्यस्मा नितुले नडराउनु न प्यार किया तो डर्ना क्या भन्दै कमेन्ट गरिन जस्ले मलाइ हिम्मत दिलायो ! अनि येस्तै रातिको १० बजे मैले उस्लाइ प्रेम प्रस्ताब राखी दिये !
....जुन देखि तिमिलाइ देखे त्यसै दिन देखि मन परायेको छु धेरै कोसिस गरेर तिमी सङ्ग बोल्न पाये अनि मन भित्रको कुरा गुम्सायर राख्न सकिन र आज तिमिलाइ प्रेम प्रस्ताब राखे । म तिमिलाइ माया गर्छु धेरै धेरै .... तर नितुले "I am so sry I am already packed " भन्दै जवाफ फर्काइन....खै किन मेरा आँखा बाट अनायासै आशुको बर्सात भयो सरि भन्दै मेसेज गरे तर .......
#क्रमश :....

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

कथा = गुम्सिएका चाहना १

भाग - 1 लेखक = शिब ढकाल खै कहाँ देखि सुरु गरौं यो मेरो कहानी । न कतै देखि सुरु हुन्छ न कतै गएर टुङ्गिन्छ नै । समय र परिस्थिति ले मलाई धेरै कुरा सिकाए । कहिले धन बिना बाच्न सिकाए ,कह...

मनिसा भाग=10

निशा लाई बाहिर बोलाएर सोधे ! तिमी कहिले देखि मनिसा भयौ ?? किन नाम चेन्ज गरेको ? निसा ले मलाई हेर्दै भनी , म मनिसा त तिमी मेरो जिन्दगी मा आए देखि भएको थिए ! तर त्यति हतार मा नाम चेन्ज ...