Skip to main content

भ्रष्टाचार बन्द गरौँ

एउटा बोर्डिङ स्कुलले आफ्ना विद्यार्थीहरुको ग्रुप फोटो खिच्ने भयो..
प्रीन्सिपलले फोटोग्राफरलाई भने:- " प्रती फोटो रु.40/- त बढी भयो,अलिक मिलाउनुस न"
फोटोग्राफर :- सर चलेको रेट त 50/- हो, ठिकै छ म हजुरको लागि 35/- सम्म गरिदिउला.!
प्रीन्सिपल:- 35 हैन,, 600 बिद्यार्थी छन,, 30/- गर्नुस.!
फोटोग्राफर:- ok सर.!
अब प्रीन्सिपलले सबै क्लास टिचरलाई बोलाएर भने:- "सबै विद्यार्थीलाई ग्रुप फोटोको लागि भोलि रु 60/- ल्याउन भन्नुहोला
!"
क्लास टिचर कक्षा कोठामा गएर:- "भोलि तिमिहरुको ग्रुप फोटो खिच्ने कार्यक्रम छ,, घरबाट रु 100/- लिएर आउने .!"
विद्यार्थीहरु आपसमा खासखुस गर्न थाले:-" बजारमा 50/- मा खिच्ने फोटो यहाँ 100/- ? यो सब टिचर र फोटोग्राफरको मिलोमतो हो,,भलाईको त जमाना नै छैन"
विद्यार्थी (आमासङ्ग) :- मम्मी भोलि स्कुलमा ग्रुप फोटो खिच्ने रे... रु 150/- चाहोयो रे ?
हैन यो स्कुलले नि कति लुट्न सकेको?
कैले के भनेर पैसा माग्या छ...
कैले के भनेर पैसा माग्या छ...
छ्या नसक्ने भए म त !
पख भरे तेरो बाबा आएसी मागिदिउला !
आमा (बाबासङ्ग):- स्कुलमा फोटो खिच्न रु 200/- चाहियो रे बाबुलाई..!

अनि कसरी अन्त्य हुन्छ भ्रस्ट्चार ??

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

गजल

तिमीले जस्तै मैले आँखा तार्न सकिन फूल्या फूल मर्छ भनि सार्न सकिन . मुटु माथि ज्वाला राखी हाँस्नु कसरी ? हाँस्छु हाँस्छु भनि मैले टार्न सकिन . आई रह्यौ घरि घरि दिलको वरिपरी , अझै पनि तिम्रो माया मार्न सकिन . फूल जस्तो दिल दिदा आगो दियौ प्रिये, सुकि सक्या आँशु फेरि झार्न सकिन ।

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

रोचक प्रसंग

माया र पीडा किन संगै ?💑 😍एक पल्ट सबै भावनाहरुले लुकामारी खेल्ने सल्लाह गरेछन, अनि पीडा ले आँखा छोपेर गन्न थाल्यो अनि सबै लुक्न गएछन झुट एउटा रुख मुनि लुक्न गयो, मांयां गुला...