Skip to main content

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले
केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ ।
अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ".
डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "।
मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;---
" बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी
जन्मिनु सकिनन ।
सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ ।
आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोरा पाउने लालजमा अर्को बिहे गर्नु भो केही दिन मेरो सानो भाईको जन्म भए । म धेरै खुसी भएर भाईलाई भेटन गए तर अर्की आमाले मलाई धेरै नै घिन लाग्दो गाली गर्दै कुटेर त्याहाबाट भगाउनु भयो । म एकान्तमा गएर रुदै थिए तर हजुरले मलाई आशु पुछिदिनु को साटो मलाई अझ गाली गर्नु भयो । यस्तै दिनहरू बितीदै थियो हजुरले मलाई घरको नोकरनी जस्तो घरको सबै कामकाज गराउनु हुन्थयो र सधै भाईलाई नयाँ कपडाहरू , नयाँ खेलौनाहरू ल्याएर दिनु हुन्थयो । म सधै एकान्तमा आमाको फोटो हेरेेर भोकै बसेर रुने गर्थे र भन्थे " आमा हजुरले किन मलाई छोरी बनाएर जन्म दिनु भो , के यहाँ छोरी भएर जन्मिनु पाप हो । एक दिन म भुईमा बसेर खादै थिए , त्यतिकै मा भाई आएर भने दिदी मेरो हात काटेछ कृपया आफ्नो हातले खाना ख्वादिनु न ! ।
मैले भने " ल हुन्छ भाई । त्यसपछि उसलाई खाना खुवाउन थाले , त्यति कै मा अर्की आमाले हेर्नू भयो र मलाई धेरै गालि गर्दै कुटपिट गर्न थाल्यो । एक छिन पछि हजुर घर फर्किनु बेलामा आमाले तपाईलाई JPT भनिन । तपाईं उसकी कुरा सुनेर धेरै रिकाउनु भो र मलाई गाली गर्दै कुटपिट गरेर पछि आगोमा भएको दाउराले हात पोलिदिनु भो र घर बाट निकाल दिनु भयो । त्यो दिन म तपाईंको अगाडी धेरै छट्पटीए रुदै मलाई घरबाट न निकाल्नु भनेर बिन्ती गरे तर पनि हजुरले मेरो एक कुरा पनि सुन्नु भएन ।
म बाटो एता उता भटकिनु थाले र त्यसपछि अनाथ आश्रममा बस्न थाले र म अहिले एउटा समाज सेबिका छु । तर आज पनि हजुरले मेरो हातलाई पोलेको दागलाई हेर्दा हजुरले गरेको माया लाई सम्झिने गर्छु । तपाईको धेरै याउ आउदै थियो ।
हिजो म बाटोमा भाई र आमालाई कतै जाँदै हेरे , मैले उहालाई हजुरको बारेमा सोधे " उहाले भन्नु हजुर हस्पिटलमा हुन्छ । त्यसैले यहाँ आएर डाक्टरलाई
सोध्दा हजुरको रोगको बारेमा थाहा पाए । त्यसैले मैले सोचे यदि मेरो शरिरको कुनै अँग तपाईं लाई काम आउछ भने म आफुलाई धेरै भाग्यमानी ठान्छु । तर जानू भन्दा पहिला हजुर सँग एउटा प्रशन छ कि " के छोरी भएर जन्मिनु पाप हो" ?
म सधैं भगबानलाई प्राथर्ना गर्छु कि
अर्को जुनीमा मलाई तपाईं कै घर छोरी भएर जन्म दिनु होला ।
जुन बेला हजुरले यो कुरा थाहा पाउनु हुन्छ भने त्यो बेला म हजुरलाई छोडेर आमा को मा पुगिसक्ने छु । यदि आमाले हजुरको बारेमा सोध्यो भने " म उहालाई भन्छु , बुबाले मलाई धेरै माया गर्नु हुन्थयो , आमा सायद तपाईं म सँग हुदा पनि हजुरले मलाई त्यति धेरै माया गर्नु सक्नु हु्न्न थ्यो ।
बुबा एउटा कुरा याद राख्नु मेरो मरे पनि मेरी आत्मा हजुर सँगै हुनेछ ।
अलविदा हजुरकी प्यारी छोरी
त्यो पत्र पढेर उसको आखामा सागर सरी आसु बग्न थाल्छ र भन्छ "हैन छोरी , छोरी भएर जन्मिनु पाप होईन । पापी त म जस्तो मान्छेहरू रैछ जस्ले आफ्नी अती प्यारी छोरीको।माया बुझन सकिनन । । त्यसपछि उसकी डाह सँस्कार गरे र छोरीलाई सम्झिदै दिन बिताउन थाल्छन ।
The End
Moral :- छोरा नै चाहिन्छ समाज चलाउन सबैले भन्छ । तर आमा बुबालाई त्यति पनि थाहा छैन कि बुहारी पनि कसैको छोरी हो । छोरी नभई यो समाज कहिले पनि अगाडी बढ्नु सक्दैन ।त्यसैले हामीले छोरीलाई पनि छोरा जस्तै माया गर्नु पर्छ ।

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...