Skip to main content

महिलाको जीवन ( Women Life )

केही दिन पहिला को कुरा हो ।
म सुतेको थिए , मेरी श्रीमतिले मेरो टाउको मालिस
गरीरहेकी थिइन , म बिस्तारै - बिस्तारै निदाए ।
जागेपछी उनले निधारमा भिक्स लगाइदिइन । मेरो
आँखा खुल्नासाथ उनले सोधिन ?
केही आराम मिल्यो कि नाइ ?
मैले मिल्यो भनेर टाउको हल्लाए ।
फेरि उनले सोधिन कि ,
खाना खानुहुन्छ ? मलाई भोक लागेको थियो मैले भने
खान्छु ।
" उनले फटाफट रोटी , सब्जी , दाल ,अचार , सलाद
तुरुन्तै मेरो सामनेमा पस्किइन र आधा पल्टी - पल्टी
मेरो मुखमा गाँस हाल्दै खुवाइन , मैले चुपचाप खाना
खाएर फेरि ढल्किए । श्रीमतिले मलाई आफ्नै हातले
खाना खुवाएर उनी खुशी महसुस गर्दै किचनको काम
मा गइन
म चुपचाप सुतीरहे र सोच्न थाले कि पुरुष पनि कस्तो
हुन्छ ? केहिदिन अघि मेरी श्रीमती बिरामी पर्दा
मैले केही पनि गरिन । यहाँसम्म कि एक कल फोन गरेर
पनि खबर सोधिन । उनले पुरैदिन केही खाएकी थिइन ,
तर मैले उनलाई ब्रेड पस्किएर आफैलाई गौरवान्वित
महशुस गरीरहेको थिए ।
मैले यो देख्ने कोसिस पनि गरिन कि साच्चिकै
उनलाई कति ज्वरो थियो । मैले त्यस्तो केही गरिन
कि उनलाई लागोस कि बिरामीमा उनी एक्लि छैन

तर मलाई सानो तिनो रुघाखोकी लागेर टाउको
दुखिरहेको थियो तर उनी मेरी आमा बनिन ।
म सोचिरहे कि साच्चिकै के भगवानले महिलालाई
एउटा अलग्गै दिल दिल्छन ?
महिलाहरुमा जुन करुणा र ममता हुन्छ त्यो पुरुषमा
किन हुदैन ?
सोच्न थाले , जुनदिन मेरी पत्नीलाई ज्वरो आएको
थियो , त्यो मध्यान्नमा जब उनलाई भोक लागेको
होला र ओछ्यानबाट उठ्न नसकेकि होली, त्यतिखेर
उनले पनि सोचेकी होलिन कि कास मेरो पति आज
म सित हुन्थ्यो भने ?
यति सोच्दै मेरो आखााट आसु झर्यो र त्यसपछि मैले आफ्नि श्रीमतिलाई आफु भन्दा बढी माया गर्न थाले ।
The End
Moral ;- मैले जेसुकै सोचु तर मलाई लाग्छ कि
हरेक पुरुषलाई एक जन्ममा महिला बनेर यी कुराहरु
सम्झिने कोसिस गर्नुपर्दछ कि साच्चै नै कति मुश्किल
हुन्छ , महिलालाई महिला बन्नु , आमा हुनु , पत्नी हुनु र
बहिनी हुनु ।।।

Comments

धेरै पढिएका कथाहरू.....

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

रोचक प्रसंग

माया र पीडा किन संगै ?💑 😍एक पल्ट सबै भावनाहरुले लुकामारी खेल्ने सल्लाह गरेछन, अनि पीडा ले आँखा छोपेर गन्न थाल्यो अनि सबै लुक्न गएछन झुट एउटा रुख मुनि लुक्न गयो, मांयां गुला...