केही दिन पहिला को कुरा हो ।
म सुतेको थिए , मेरी श्रीमतिले मेरो टाउको मालिस
गरीरहेकी थिइन , म बिस्तारै - बिस्तारै निदाए ।
जागेपछी उनले निधारमा भिक्स लगाइदिइन । मेरो
आँखा खुल्नासाथ उनले सोधिन ?
केही आराम मिल्यो कि नाइ ?
मैले मिल्यो भनेर टाउको हल्लाए ।
फेरि उनले सोधिन कि ,
खाना खानुहुन्छ ? मलाई भोक लागेको थियो मैले भने
खान्छु ।
" उनले फटाफट रोटी , सब्जी , दाल ,अचार , सलाद
तुरुन्तै मेरो सामनेमा पस्किइन र आधा पल्टी - पल्टी
मेरो मुखमा गाँस हाल्दै खुवाइन , मैले चुपचाप खाना
खाएर फेरि ढल्किए । श्रीमतिले मलाई आफ्नै हातले
खाना खुवाएर उनी खुशी महसुस गर्दै किचनको काम
मा गइन
म चुपचाप सुतीरहे र सोच्न थाले कि पुरुष पनि कस्तो
हुन्छ ? केहिदिन अघि मेरी श्रीमती बिरामी पर्दा
मैले केही पनि गरिन । यहाँसम्म कि एक कल फोन गरेर
पनि खबर सोधिन । उनले पुरैदिन केही खाएकी थिइन ,
तर मैले उनलाई ब्रेड पस्किएर आफैलाई गौरवान्वित
महशुस गरीरहेको थिए ।
मैले यो देख्ने कोसिस पनि गरिन कि साच्चिकै
उनलाई कति ज्वरो थियो । मैले त्यस्तो केही गरिन
कि उनलाई लागोस कि बिरामीमा उनी एक्लि छैन
।
तर मलाई सानो तिनो रुघाखोकी लागेर टाउको
दुखिरहेको थियो तर उनी मेरी आमा बनिन ।
म सोचिरहे कि साच्चिकै के भगवानले महिलालाई
एउटा अलग्गै दिल दिल्छन ?
महिलाहरुमा जुन करुणा र ममता हुन्छ त्यो पुरुषमा
किन हुदैन ?
सोच्न थाले , जुनदिन मेरी पत्नीलाई ज्वरो आएको
थियो , त्यो मध्यान्नमा जब उनलाई भोक लागेको
होला र ओछ्यानबाट उठ्न नसकेकि होली, त्यतिखेर
उनले पनि सोचेकी होलिन कि कास मेरो पति आज
म सित हुन्थ्यो भने ?
यति सोच्दै मेरो आखााट आसु झर्यो र त्यसपछि मैले आफ्नि श्रीमतिलाई आफु भन्दा बढी माया गर्न थाले ।
The End
Moral ;- मैले जेसुकै सोचु तर मलाई लाग्छ कि
हरेक पुरुषलाई एक जन्ममा महिला बनेर यी कुराहरु
सम्झिने कोसिस गर्नुपर्दछ कि साच्चै नै कति मुश्किल
हुन्छ , महिलालाई महिला बन्नु , आमा हुनु , पत्नी हुनु र
बहिनी हुनु ।।।
Comments