Skip to main content

कथा ;- मेरो गल्ति


भाग ;- १

आज भन्दा ५ वर्ष अगाडि जब म ९ मा पढथे । करिब १४ बर्ष कि थिए म । बाबा ममि को कान्छि छोरी हुन त मेरो एउटि बहिनि पनि छिन । मेरो कान्छि ममि को छोरि मेरो ममि त म ३ वर्ष हुदा नै भगवान को प्यारो हुनु भएको रे ।

त्यसैले अलि छुच्चि स्वभाव कि थिए । पढाइ मा म नजान्ने नभन्नु पर्छ किनकी म दोस्रो थिए । भरखर 2 मोबाइल बोक्न थालेकि थिए । गेम खेल्न मज्जा लाग्थयो । एकदिन को कुरा हो विहिबार को दिन थियो ईमेज एफ एम मा " मेरो कथा" सुन्दै थिए । फोन आयो डिस्टर्ब भएकोमा एकदमै रिस उढयो तर पनि फोन उढाउने नै सोचे कुनै बाहिरि देश को नम्बर थ्यो ।

फोन उढाएर बोल्दा कसैले मलाई गाली गर्नु थाल्यो । केहि बेर सुनि रहे तर जब नराम्रो शब्दले गालि गर्न थाल्यो । अनि मैले पनि झर्किदै भने How dare you mister । यति भन्न साथ उता कसैले फोन खोसे झै लाग्यो र बोल्यो  i am sorry Asmita मेरो साथि अलि बडि रिसाएको ले के के भन्यो "तिमी आफ्नो जिन्दगी राम्रो बनाउ" । म मनमनै हासि रहेकी थिए सोच्दै कस्तो पागल रहेछ र भने o mr पहिला नम्बर चेक गर अनि कुरा गर म कुनै अस्मिता होइन । दिपीका हु केहि बेर केही नबोली उसैले फोन काट्यो  ।

मेरो कथा पनि सकिन लाग्या थ्यो । म त्यतीकै मा टि भी कोठामा गएर टि भी हेर्न थाले । करिब एक घन्टा पछि फेरि फोन आयो उढाएर हेलो भन्न नपाउदै sorry भनेको सुने मैले यो बारे धेरै केहि नसोचि नै its ok भन्दिए ।
तपाईको नाम के हो मलाई उसले सोधेको थ्यो मैले केहि नसोची दिपीका भनेकी थिए र तपाईको भने उसले मुकेस भनेको थियो । उ राम्रै बोल्दै थियो । केहि छिन को कुरा मा हामीले आ-आफ्नो कुरा साट्यौ । उस्को घर झापा को धुलाबारि मा रहेछ ।
कतार मा काम गर्दो रैछ । अरू कुरो भन्दा पनि मलाई अस्मिता को हो भन्ने कुरा जान्न मन थियो सोधी पनि हाले उत्तर मा मुकेश ले एक शब्द बोलेको थियो धोकेबाज । मैले जान्न नचाहेको होइन तर उस्ले सबै कुरा भनेन त्यती कै समय बित्दै गयो । हामि दुई साथि साथि भई सकेका थियौ । समय बितेको पनि पत्तै भएन । मैले एस एल सि दिई सकेकि थिए मुकेस मलाई बारम्बार facebook खोल्न भन्थ्यो । त्यसैले  म कम्प्युटर सिक्न जाने सोच्दै थिए बाबा ले उहॉं कै साथि को मा जान को लागि बेवस्था मिलाइदिनु भयो मैले मुकेस लाई त्यही कुरा सुनाएर आफॉै id बनाउछु भने । तर उस्ले त पहिलानै मेरो लागि id बनाइ दिएको रैछ ।
मैले पनि हुन्छ त्यसो भए चलाउने तरिका सिकाउनु भने तर मुकेस त हास्न पो थाल्यो र भन्यो facebook चलाउन पहिला id चाहिन्छ अनि email लेखेको मा id pasword मा तलको अरू त खुले पछि लेखे अनुसार ले गर्दा हुन्छ । सायद उस्को ठॉउं मा अरू कोहि थियो र मेरो कुरामा हासेको भए मलाई पक्कै रिस उठथ्यो तर उस्ले जे भन्दा नि वास्ता नै लाग्दैन थियो । किनकी म उस्लाई माया गर्न थालेकि थिए नदेखे पनि एक्लै मख्ख पर्थे । थाहा थिएन उ के सोच्थ्यो
facebook खोले अनि गाँउ कै एउटी दिदि कौशिला को सहायताले प्रोफाइल फोटो राखे  । मलाई त उस्को प्रोफाइल खोज्नै आएन फेरि दिदि लाई सोधे id मा के नाम छ थाहाँ छ भन्नु भो । उसले भनेको थ्यो Mukesh Bro अनि मैले पनि उस्लाई देखे राम्रो लाग्यो
उस्ले पनि मेरो फोटो हेरेछ म्यासेज पठायो nice । मैले thanks भने तेत्तिकै कुरा एत्तिकै मा सकिएको थ्यो । त्यो दिन को कहिले फोन त कहिले fb मा कुरा भई राख्थ्यो रिजल्ट आयो । म first division मा पास भए सबै जना खुसि हुनुनथ्यो । मुकेस पनि खुसि थियो म भोजपुरकै बिधालयमा +२ पढन थाले ।
हाम्रो कुरा भई राख्थ्यो fb मा फोटो पनि साटासाट भई राखथ्यो । मैले कहिले उस्को जन्मदिन सोधेकि थिएन । सायद त्यसैले उस्ले आफै सोध्यो जेस्ठ ४ गते भने अनि तपाईको नि भाद्र ९ गते मतलब । केहि दिन पछि आउदै छ दिन हरु बित्दै गए । उसको जन्मदिन को दिन मैले उसलाई म्यासेज पठाए । Happy Birthday Mukesh meny meny happy retuns of the day miss u so much
उस्ले तुरून्तै फोन गर्यो र मलाई त्यति ले पुग्दैन म तिमी सित केहि माग्छु भन्यो । मैले  के कुरा हो सक्ने रैछु भने अवश्य दिन्छु भने त्यस पछि उस्ले म सँग यस्तो कुरा माग्यो कि म अत्यन्तै खुसि भए उस्ले मलाई जिवन भर को लागि माया मागेको थियो । मैले खुसि हुदै i love you mukesh भने ।

क्रमशः .....

Comments

धेरै पढिएका कथाहरू.....

Nepali Full Love Story || College कलेज|| In Nepali Language...

          कलेज        भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

दुखी बालक

एउटा प्रार्थमिक बिद्यालयकि शिक्षीका (मिस) ले एकदिन कक्षा तिन का बिद्यार्थी सँग परिक्षा लिईन| परिक्षामा एउटा मनोबिज्ञान सँग सम्बन्धित प्रश्न पनि सोधिएको थियो प्रश्न: "यदि मेशिनबाट मान्छेलाई पनि उसले चाहेको सामान बनाउन मिल्ने भए तिमी चाही के बन्थ्यौ ? र किन ?"........ परिक्षा जसै सकियो ति मिसले परिक्षा पत्र जाँच्न को लागी घरैमा लिएर आईन ।साँझ को खाना खाएर मिस कपी जाँच्न बसिन , जाँच्दै गईन् | अन्तिम कपि जाँच्दै गर्दा उनका आँखाभरी आँशु भए , उनका श्रीमान उनकै नजिक बसेर TV मा केहि हेरिरहेका थिए । त्यो देखेर उनले भने किन रोएकी यस्ता कलिला बच्चा बच्चिका कपि जाँच्दा पनि रुनुपर्छ त ? शिक्षीका ले आँशुले भरिएका आँखाले आफ्ना श्रीमान तिर हेर्दै भनिन - आजको परिक्षामा यिनिहरुलाई यौटा प्रश्न सोधिएको थियो । त्यसको जवाफमा एक जना बच्चाले यस्तो लेखेको छ: यदि आफ्नो ईच्छा अनुसारको सामान बन्न पाउने भए म "टि भी."बन्ने थिएँ . . . श्रीमान - (हाँस्दै) धत लाटी यस्तो कुरामा किन रुनु ? मिस - अगाडि सुन्नुस् न अझै ......किन कि टि भी भए सँधै बाबा मम्मि अनि घरका सबै सदस्य मेरो वरिपरि रहने थिए । घरमा ...