Skip to main content

एउटा अर्को मार्मिक "प्रेम कथा" जस्ले तपाई को 'मन' छुनेछ, एक पटक अवस्य पढ्नुहोला !!"


केटो-: I loVe you.
.
केटि-: म के गरु त ।
.
केटो-: "it's ok' नै भन्दे पनि त भैहाल्थ्यो नि Dear ।
.
केटि-: "पहिलो कुरा त मलाई 'Dear' भनेर बोलाउने काम नगर्नु । अनि अर्को कुरा, म किन भनु 'it's ok', मैले त भनिन तिम्लाई 'i love you, भन भनेर।
केटो-: "नक्कलि' त भन्न सक्छु नि? के नै हुन्थ्यो र 'love u too भनि दिएको भए
.
केटि-: हेर,,मलाई 'नक्कली-सक्कलि' पनि भन्नु पर्दैन, नाम छ मेरो । अनि यो मेरो 'life' हो म 'love u too भनु वा नभनु मेरो मर्जि ।
.
केटो-: "त्यसो भय मेरो 'life' मा किन आयौ? किन म सँग 'प्रेम' गर्यौ? किन सँगै जिउने मर्ने सपना हरु देखायौ?
.
केटि-: "पहिले का कुराहरु छाडिदेऊ। मत तिमि'सँग मजाक गर्दै जिस्किएकी मात्र थिए, तिमी नै 'सिरियस्' भएछौ त म के गरु ।
.
केटो-: "कसैको 'life' सँग खेल्नु मजाक लाग्छ तिम्लाई? 'यार',,,,तिम्लाई साच्चि नै धेरै 'माया' गर्छु म । तिम्लाई त थाहै छ । अनि जब देखि तिम्लाई 'मन' पराउन थाले ।
त्यसदिन् देखि अरु कसै संग हेर्न,बोल्न पनि छाडिदिए। तिम्लाई चाहन्थे,तिम्लाई चाहन्छु र जिवन को अन्तिम 'सास' सम्म पनि तिम्लाई नै चाहि रहने छु।
.
केटि-: "त्यसो भए 'चाहि राखन त' कस्ले रोकेको छ र तर मलाई नसुनाऊ (नभन) यो सबै सुनाएर मेरो दिमाक खराब गर्ने काम नगर ।
.
केटो-: तिमी साच्चै मलाई 'माया' गर्दिनौ त,,,? ठिकै छ, तिमी माया गर वा नगर, तर म हमेसा तिम्लाई नै माया गरिरहने छु । I truely love you
.
केटि-: "धेरै बक्वास गर्नु पर्दैन हेर । तिमि संग केहि कुरा गर्नु पनि छैन र तिम्लाई मैले कहिले चाहादा पनि चाहिन । यो माया,प्रेम भने कुरा सब- बक्वास् हुन । मेरो मजाक लाई माया सम्झनु तिम्रो भुल थियो । तिमी जाउ यहाँ बाट र एउटा कुरा, 'यदि मलाई साच्चै नै माया गर्छौ भने यो गाऊ,ठाऊ बाट कतै टाढा गैदेऊ 'please', र मलाई
कहिले खोज्ने प्रयास पनि नगर्नु।
यति भनेर केटि त्याहा बाट घर तिर लाग्छे । केटो 'नि:शब्द' टोलाई रहेको हुन्छ। अनि ऊ पनि केहि पर पुगे पछि केटि लाई फोन गर्छ तर केटि को मोबाइल 'Off' हुन्छ। अनि
केटो पनि बिभिन्न प्रस्न हरु मन मा खेलाउदै, गह भरि आँशु पार्दै घर तिर लाग्छ।
:
घर पुगि सकेपछि 'केटि ले आफु संग गरेको ब्यवहार' सम्झदै छट्पटाई रहन्छ । न खाना खान्छ न कसै संग बोल्छ। उस्का दिमाक मा अनेकौ कुराहरु खेल्न थाल्छन्, र
आफ्नो 'जिन्दगि मेटाउने प्रयास सम्म पनि गर्छ तर पछि सोच्छ 'बिचरा ति आमा बुवा को
हालत के होला। पछि आमा को नजिक जान्छ अनि आमा लाई अंगालेर धेरै रुन्छ । आमा ले कयौ पटक सोध्ने प्यास् गर्छिन् तर उस्ले केहि भन्दैन र केहि दिन घुम्न जाने
बहाना मा 'केटि ले भने अनुसार' ऊ घर बाट अन्त कतै टाढा निस्कन्छ । र पछि उस्ले न कहिले कसै संग बिवाह गर्छ न त प्रेम नै । मात्र अरूलाई सहयोग गर्दै, हसाउदै हिड्न थाल्छ र त्यसैमा ऊ पनि खुशि हुने गर्छ ।
यता केटि को बिवाह अन्त कतै धुमधाम् तरिकाले हुन्छ, तर बिवाह को भोलि पल्ट केटि ले आत्म हत्या गर्छे । (तपाई को मन मा प्रस्न उठिरहेको होला कि त्यो केटी ले आत्म हत्या किन गरि त)
केटि ले पनि केटो लाई औधि (धेरै) मन पराउथि दुबैको एक अर्का मा राम्रो सम्बन्ध थियो । एक दिन केटि को घर मा केटि को बिहेको कुरा चल्छ र केटि को फैसला सुने बिना घर
परिवार ले बिहेको छिनो-फानो गरि दिन्छन । केटि ले त्यो केटा लाई मन पराउने कुरा सबै आमा लाई बिहेको कुरा चल्नु अघि भनि सकेकि हुन्छे तर आमा ले उस्को कुनै पनि कुरा
सुन्दिनन् र भन्छिन्-: "यदि हामिले भनेको ठाऊ मा बिवाह नगरेर अन्त कतै लागिस भने
मेरो 'मृत्यु' को जिम्मेवार त हुनेछेस्।"
यसरि बाध्य भएर केटि ले त्यो केटा लाई नाना-भाति भनेर आफुदेखि टाढा गरि दिएकी थिइ। र केटो लाई त्यो गाउ,ठाउ देखि टाढा पठाउनु को कारण यो थियो कि आफ्नो मृत्यु को
खबर त्यो केटा सम्म नपुगोस् । चिन्ता थियो "यदि थाहा पायो भने जिउदै मर्छ बिचरा"
"यसरि एउटा अधुरो प्रेम कथाको अन्त्य हुन्छ"
:
(हरेक समय केटि नै दोषि हुदैनन्, कुनै बाध्यता हरु हुन्छन्, जुन् हामिले बुझिदिनु पर्ने हुन्छ )
कथा मनपरे शेयर र पेज लाईक गर्न नभुल्नु होला.......

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...