Skip to main content

एउटा दुखद/मन छुने प्रेम कथा-

एक सुन्दर कन्या थिइन, जो भर्खरै स्कुल सकेर कलेज जान थालेकी थिइन ! आज भोलि उनको घरको गेट नजिक एउटा ‘ह्यान्डसम’ युवक देखिन थालेको छ, जो दिनहु त्यहाँ देखिन्छ, कलेज जाँदा, आउँदा युवक संधै त्यहि हुन्छ !
कहिले हेर्छ, कहिले मुस्कुराउछ, कहिले लाज ले शिर निहुराउछ ! कहिले आँखा आँखा जुध्छन, कहिले चोर नजर ले हेरा हेर गर्दा गर्दै अचानक आँखा जुध्छन, दुवै मुस्कुराउछन, तर बोल्न सक्दैनन् !
संधै कलेज जादा आउँदा मात्र देखिने युवक आजकल छुट्टीका दिन मा नि त्यहीं देखिन थाल्यो, साँझ बिहान हर पल त्यो युवक ति युवति को घर वरिपरि देखिन थाल्यो ! दैनिकी यसरि नै बित्छ, झन्डै बर्ष दिन बित्यो यो क्रम चलिरहेछ, तर कुरा गर्न कसैले सकेको छैन, युवति को मन मा पर्यो, त्यो युवक पक्कै पनि मलाई मन पराउछ, कता कता उनलाई नि त्यो युवक मन पर्न थाल्यो, हुन नि हेर्दै सोझो-सिम्पल देखिने युवक आकर्षक थियो !
ति युवति ले आफ्नो साथी हरु संग कुरा गरिन ! सम्पूर्ण कुरा हरु सुनाइन, साथि हरु ले पनि ‘पक्कै तलाई मन पराउछ होला’ भन्ने अनुमान गरे, अनि एक पटक कुरा गर्ने सल्लाह दिए ! एक दिन ति युवति ले हिम्मत गरेर भनिन-
‘तिमि लाइ संधै म यहाँ देख्छु, मैले थाहा पाएँ तिम्रो मनको कुरो, धेरै कुरें, सायद पहिलो प्रस्ताव तिमि ले राख्छौ होला, कुराकानी को शुरुवात तिमि गर्छौ होला भन्ने मा ! तर तिमि कहिल्यै बोलेनौ, सायद मनको कुरा भन्न संकोच मान्यौ होला, त्यसैले मैले नै हिम्मत गरेर तिमि लाइ भन्ने आँट गरें, हो म तिमि लाइ मन पराउछु, धेरै….धेरै….. I Love You …. तिमि ढुक्क भएर मेरो घर मा आउ, मेरो बुबा आमा संग कुरा गर अनि हामि बिबाह गरौँ !!
युवति बाट यति कुरा सुनेर युवक नर्भस थ्यो, त्यही नि बडो साहस गरेर भन्यो- ‘सुन न .. म त त्यसै नर्भस थिएँ/भए .. तर म बास्तव मा यहाँ बसेको चै तिम्रो घर को Wifi मा पासवर्ड रैनछ, त्यही भएर फ्री को नेट चलाउन लाइ यहाँ बसेको पो त …

Comments

धेरै पढिएका कथाहरू.....

सायद यस्तै छ प्रेम(भाग १०)

अनि मैले त्यो फोन उठायेर आफ्नो मोबाइलको क्यामेरामा हातले छोपेर क्यामरा बिग्रेछ भनेर लाइदिय उन्ले पनि बिस्वास गरि हालिन ! अनि येसरी नै बोल्दै गयेउ । बोल्ने क्रमलाइ निरन...

सायद यस्तै छ प्रेम (भाग ९ )

…….मन्दिर पुग्ना साथ उन्ले आफुले ल्यायका सिन्दुर मेरो हातमा थमाउदै मलाइ सिन्दुर हाल्दिनुस ताकी आफ्नी श्रीमती बनाइसके पछि म माथिको सन्का हटोस । म पनि झन खुसी हुँदै उस्ल...

प्रेम कथामा आधारीत स्मबाद

केटा-: "i love you. केटि-: "म के गरु त,,, केटा-: "it's ok' नै भन्दे पनि त भैहाल्थ्यो नि 'Dear, केटि-: "पहिलो कुरा त मलाई 'Dear' भनेर बोलाउने काम नगर्नु। अनि अर्को कुरा, म किन भनु 'it's ok', मैले त भनिन तिम्लाई 'i love you, भन भनेर। केट...

मनिसा भाग=9

एकछिन पछि निशा लाई फोन गरे ! भोलिपल्ट रिजल्ट थियो ! भोलि रिजल्ट हेर्न जाने होईन तिमी निशा लाई सोधे ? जाने निस्कने बेला फोन गर है निशा ले भनी ! मैले हुन्छ भने अनि फोन राखिदिए । भो...