Skip to main content

आजकालका केटीको प्रेम

( भाग ;- १ )
‘हेलो, के छ खबर ?
आराम छौं । अनि मलाई चिनेयौं नि ?’
दुई पटक गरेर कसैको म्यासेज फेसबुकमा आयो । नयाँ नाम । पहिलो पटक म्यासेज । त्यो पनि केटीको नामबाट । म्यासेज फर्काउनु अघि उसको प्रोफाइल नियाँले । चिन्न सकिन ।
उसले चिनेनौं भनेपछि तिमी को हौं भनेर सोध्न पनि अफ्ठारो लाग्यो । उताबाट फेरि अर्को म्यासेज आयो ।
‘रिप्लाई खै त ।’
हत्तपत्त फेरि प्रोफाइल हेरेँ । बल्ल एउटा फोटो देखे उसको र उनै हुन् भन्ने लाग्यो ।
…..
बेलुका चार बजेतिरको समय । कुरीनटार बजार । मनकामना मन्दिरबाट केबलकारबाट फर्किरहेका भगवानका भक्तहरु । कोही गाडि चढ्न हतार गर्दै छन । कोही तल्लो पटी बसेर कफी पिइरहेका छन् । र, कुनै जोडिहरु माया प्रेमको कुरा गर्दै क्यामेरा, मोवाइलमा दृश्य कैद गरिरहका छन । कोही एक्लै सेल्फी लिरहेका छन । हामी पनि यही भिडमा छौं । राम्रो तस्विर खिच्न लागि परेका छौं । अझ केबलकारलाई व्यागराउण्डमा पारेर खिच्ने लहरमा छौं ।
एक जना युवती हाम्रो वरीपरी छिन् । पोज पोजमा सेल्फि लिन खोज्छिन् । सेल्फीले उसको अनुहारको पोज मात्रै क्याप्चर गरिरहेको थियो । उनी त पुरै शरिरको पोज लिएको फोटो क्याप्चर गर्न चाहन्थिन । उनले मतिर हेरिरहिन् । केही बोल्न सकिन्न । उनी फोटो खिचिदिए हुन्थ्यो भन्ने धाउन्नमा थिइन । मुख खोलेर बोल्न सकिरहेकी थिइनन्् । उनको मोवाइल लिएर फोटो खिचिदिएँ । उनी पोज दिदैँ गइन । कुनै पोज औंलाको थियो । कुनै हातको थियो । कुनै खुट्टाको थियो । कुनै बुट्यानसँग टाँसिएको थियो । कुनै मुर्तीसँग टासिएको थियो । मैले कुनै अफ्ठारो नमानी उनले भने जती नै फोटो खिचिदिए ।
उनको चाहना पुरा भएपछि मेरो चाहना अनुसार फोटो खिचिदिन मन लाग्यो । पछाडि केबलकारलाई पारेर एउटा फोटो लिइदिएँ । उनले पोज दिएर खिचेको फोटो भन्दा त्यो पछाडि केबलकार भएको फोटो धेरै मन परेछ । उनले धन्यबाद व्यक्त गरिन । र, उनले भनिन्, ‘दुःख दिए है । नरिसाउनु होला । अरु ठाउँमा जादाँ त हामी सँगै जान्छौं । मनकामनामा त जोडि आउनुहुन्न रे । त्यही भएर एक्लै आएको ।’ म सुन्दै गए उनी थप्दै गइन, ‘एउटा राम्रो फोटो खिचेर फेसबुकमा राख्न पाइएन भने घुम्न आएको नआएको जस्तै लाग्छ । त्यही भएर हजुरलाई दःुख दिए ।’ उनी यसो भन्दै मेरो नाम सोधेर विदा भईन ।
…..
अलि विजि थिएँ । रिप्लाई गर्न ढिला भयो है । विर्सिको छैन । मैले खिचिदिएको फोटो फेसबुकमा राख्नु भएको रहेछ । खुशी लाग्यो । मैले एकै पटकमा यती भन्दिएपछि तिमी जस्तो ह्यान्सम मान्छेले खिचिदिएको सुन्दर तस्विरलाई पनि फेसबुकमा नराखेर हुन्छ त ? उताबाट म्यासेज आयो ।
म फोटोग्राफर त होइन तरपनि फोटो चाँही ठिकै खिच्छु । तपाईको पनि राम्रै आएको थियो ।
फोटोग्राफर नभएर के भो त । फोटो पत्रकार त हौ नि ।
मैले खिचिएको मेरो सेल्फिफोटो बाहेक आजसम्म कतै छापिएको छैन ।
फोटो नछापिएर के भो त । समाचार त छापिएको रहेछ नि ।
म चकित परर्दै सोधेँ । तपाईलाई कस्ले भन्यो म पत्रकार भनेर । म त पत्रकारिताको विद्यार्थी हुँ । पत्रकारिता सिक्ने क्रममा छु । पत्रकारिता सिक्न थालेको एक वर्ष भयो । कहिले सिक्ने र कहिले पत्रकार हुने हो आफैलाई थाहा छैन । तपाईको उत्तर आउन समय लाग्छ । फेरि म पत्रकार बनिन भने उत्तर नआउन पनि सक्छ ।
मैले लामै उत्तर दिए । केही रिप्लाई आएन । म आफ्नै कामतिर लागेँ । एकछिन पछि उसको हेर्दा चारवटा म्यासेज आएका थिए । उनले केही लेखेकी थिइनन् । त्यहाँ मैले फेसबुकमा शेयर गरेका मेरा लेखका लिंकहरु हालेकी थिइन । अनि उनले भनिन,‘तपाई पत्रकार नभए तपाईको बाइलाइन राखेर यी समाचारहरु कस्ले लेख्यो त ?’
म पत्रकार हुँ वा होइन भनेर मलाई बढी बोल्न मन थिएन । तर उनको थुप्रदै गएको प्रश्नको जवाफ नदिई बस्नै सकिन ।
लेख्दैमा र छापिँदैमा पत्रकार हुदँैन । पत्रकार तव हुन्छ जब उसले लेखेका समाचारको प्रभाव पर्दछ । सुचना दिनु वा केही र कसैको बारेमा लेख्नुले अर्थ नराख्ने व्यक्तिगत मान्यता हो । मैले लेखेका लेखले अहिलेसम्म निश्चित वर्गलाई भन्दा खासै अरुलाई प्रभाव पार्न सकेको छैन । त्यसैले म पत्रकार होइन । अहिलेसम्म केही अपवाद बाहेक पत्रकार हुँ भनेर शब्द मैले निकालेको पनि छैन ।
तिमी त मान्छे कडा रहेछौं । मलाई तिम्रो विचार मन परयो । उमेर हाम्रो उस्तै होला । पढाई पनि सँगसँगै होला । घर कता हो थाहा भएन । भोलीको दिनमा तिमीले पत्रकारिता गर्दछौं वा गदैनौं । त्यो अहिले नै म भन्न सक्दिन । तर तिमी ठूलो मान्छे बन्छौं । उनले अलि फुर्काएर लेखिन ।

क्रमशः ........

Comments

धेरै पढिएका कथाहरू.....

काल्पनिक कथा

"Uff फेरि त्यही पुरानो T- shirt 😏 मैले दिएको चै लगाउन हुन्न है हुन त म जस्ती नराम्री ले दिएको के लगाउनु हुन्थ्यो र " भन्दै उ रिसाइ हाल्थी !! मानौ उस्लाइ रिसाउन कुनै कारण नै चहिदैन थियो. म ...

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले ...

मनिसा भाग=10

निशा लाई बाहिर बोलाएर सोधे ! तिमी कहिले देखि मनिसा भयौ ?? किन नाम चेन्ज गरेको ? निसा ले मलाई हेर्दै भनी , म मनिसा त तिमी मेरो जिन्दगी मा आए देखि भएको थिए ! तर त्यति हतार मा नाम चेन्ज ...