Skip to main content

कथा-raङ नम्बर (wrong number )(भाग-7)

म के गरुँ कसो गरुँ दोधार मा थिए । एलिसा अझै अङ्गालो मा कसिएर रुदै थिइ । मन बिचलित थियो मेरो पनि कोशिस नगरेको कहाँ होर एलिसा लाई अपनाउन तर यो मन भित्र मात्र चमेली बसेकी थिइ । हरेक धड्कन ले चमेली को नाम उच्चारण गर्दै थियो त अङ्गालो मा एलिसा थिइ । घाम अस्ताइसकेको थियो जुन ले आफ्नो प्रकाश धर्ती तिर फ्याक्दै थियो । एलिसा लाई दिने कुनै जबाफ थिएन म संग म चुपचाप बसिरहे ! उ पनि रुदा रुदा थाकिछिन क्यारे मेरो अङ्गालो बाट हट्दै पर गएर बसि  । म उसलाई सम्झाउन उसको नजिकै गएर बसे ! एलिसा म मान्छु कि तिमी मलाई चोखो माया गर्छौ तर यो मन भित्र मात्र चमेली बसेकी छिन् त म के गरुँ ? को चमेली ? कहाँ को चमेली ? तिम्ले अहिलेसम्म एकपटक देखेका छौ ? तिम्ले उसलाई चिनेको छौ ? म एलिसा को प्रश्न सुनेर अबाक भए किनकि म संग उसको कुनै जबाफ थिएन । मदन तिम्ले अहिलेसम्म नदेखेको मान्छे को लागि मेरो चोखो माया अस्वीकार गर्दै छौ तिमी कुनै दिन पक्कै पछुताउने छौ । म यो चाहन्न कि तिमी पस्चाताप को आगोमा जल्न परोस् ,म त हरेक पल तिम्रो खुशी अनि तिम्रो सफलता र तिम्रै जित चाहन्छु ।मदन म तिमी बिना मर्छु त भन्दिन तर बाच्न पनि सक्दिन ।

एलिसा को कुरा पनि ठिकै थियो ! चमेली ले त मलाई देखेकी थिनन तर उसको भरोसा म तोडन सक्दिन थे । यदि चमेली ले मलाई माया गरेकी थिनन भने मैले प्रपोज गर्दा No भन्थिन होला नि ! किन भेटेर मात्र भन्छु भनेकी थिइ त ?
रात झमक्क भै सकेको थियो मैले एलिसा लाई घर जाउ भने तर उ जान तयार थिनन । मैले धेरै सम्झाए पछि बल्ल जान तयार भै । केटी मान्छे त्यति राती त्यति टाढा को बाटो उसलाई एक्लै जान दिन मन मानेन उसलाई उसको घर मुनि सम्म पुर्याइदिन्छु भने ।

बाटो भरी एलिसा लाई सम्झाउदै हिडे तर एलिसा सम्झिने तर्खर मा थिनन । अब म संग अरु उपाए थिएन त्यसैले एलिसा लाई सम्झाउदै भने एलिसा म चमेली लाई एकपटक भेट्छु ! के थाहा चमेली ले मलाई मन नपराउन पनि त सक्छ यदि उसले no भनी भने म तिम्लाइ स्वीकार गर्छु भने । कुन चाहिँ अन्धी होला र तिम्लाइ no भन्न सक्ने ! सबैको रोजाइ एउटै हुँदैन एलिसा कोहि लाई कस्तो मन पर्छ त कोहि लाई कस्तो हुन सक्छ म चमेली लाई मन नपर्न सक्छु । त्यतिकै मा एलिसा को घर आइपुग्न लाग्यो म उसलाई bye भनेर घर फर्किए । घर ढिला आएको ले बुबा ले कता गएर आइस भन्दै हुनुहुन्थ्यो ? साथी लाई भेट्न गाको थिए भने । आमा ले खाना खान बोलाउनु भो खानै मन थिएन त्यसैले खाना साथी को घर देखि खाएर आको भनिदिए । बुबा र आमा खाना खाइसक्नु भएपछि सुत्न जानू भो म पनि आफ्नो कोठा तिर लागे । एलिसा संग भएका कुरा हरु कानमा गुन्जिदै थिए त आँखा मा उसले हात काटेर लेखेको मेरो नाम झल्किदै थियो ।त्यतिकै मा चमेली को फोन आयो receive गरे कहिले आउनु हुन्छ भनेर सोधी ? भोलि आउछु भने अनि फोन राखिदिए । फोन राख्ने बितिक्कै एलिसा को फोन आयो receive गरे । घर पुग्यौ उसको प्रश्न थियो । umm पुगे छोटो उत्तर दिए । हेरन तिमी मेरो होइनौ थाहा छ ! तिमी मलाई चाहन्नौ थाहा छ तर यो धड्कन तिमी बिना चल्न मान्दैन ! यी आँखा हरु तिम्रो बोली नसुनी बन्द हुँदैन । साच्चै मदन म त पागल भए नचाहदा नचाहदै तिम्रो माया मा डुबिसकेछु अब चाहेर पनि उत्रन नसक्ने गरि । म चाहन्न मेरो यो हर्कत ले तिम्रो मनमा ठेस पुगोस् तर यो मन सम्हालिदैन त म के गरुँ मदन ? म उसको कुरा चुपचाप सुनिरहे त्यतिकै मा उसले फोन काटि ! उसलाई call back गरुँ झै त लागेको थियो तर केही भन्न सक्ने क्षमता थिएन त्यसैले त्यतिकै निदाए ।

भोलिपल्ट बिहानै उठेर चमेली लाई भेट्न धादिङ गए । बाटो बाटो मा फोन गर्दै गए उ पनि आउदै छु भन्दै थिइ । बिच बजारमा भेट्ने कुरा थियो त्यसैले बिच बजार तिर सरासर गए । मन भरि कुरा खेल्दै थियो उ कस्ति होलि उसले मलाई मन पराउछिन कि पराउदिनन होलि ? यस्तै यस्तै कुरा ले कता कता चिमोटि रहेको थियो । त्यतिकै मा चमेली को फोन आयो हत्तपत्त फोन receive गरेर कहा छेउ भने ? पछाडी हेर्नुन भनी ! पछाडी फर्केको मेरै नजिक रैछे । म उसलाई हेरेर अचम्म मा परे ! एकछिन त दिमाग् ले काम गर्नै छोडयो ।

बाकी भाग को प्रतीक्षा गर्नुहोला ।

Comments

धेरै पढिएका कथाहरू.....

काल्पनिक कथा

"Uff फेरि त्यही पुरानो T- shirt 😏 मैले दिएको चै लगाउन हुन्न है हुन त म जस्ती नराम्री ले दिएको के लगाउनु हुन्थ्यो र " भन्दै उ रिसाइ हाल्थी !! मानौ उस्लाइ रिसाउन कुनै कारण नै चहिदैन थियो. म ...

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले ...

मनिसा भाग=10

निशा लाई बाहिर बोलाएर सोधे ! तिमी कहिले देखि मनिसा भयौ ?? किन नाम चेन्ज गरेको ? निसा ले मलाई हेर्दै भनी , म मनिसा त तिमी मेरो जिन्दगी मा आए देखि भएको थिए ! तर त्यति हतार मा नाम चेन्ज ...