Skip to main content

कथा-raङ नम्बर (wrong number )(भाग-7)

म के गरुँ कसो गरुँ दोधार मा थिए । एलिसा अझै अङ्गालो मा कसिएर रुदै थिइ । मन बिचलित थियो मेरो पनि कोशिस नगरेको कहाँ होर एलिसा लाई अपनाउन तर यो मन भित्र मात्र चमेली बसेकी थिइ । हरेक धड्कन ले चमेली को नाम उच्चारण गर्दै थियो त अङ्गालो मा एलिसा थिइ । घाम अस्ताइसकेको थियो जुन ले आफ्नो प्रकाश धर्ती तिर फ्याक्दै थियो । एलिसा लाई दिने कुनै जबाफ थिएन म संग म चुपचाप बसिरहे ! उ पनि रुदा रुदा थाकिछिन क्यारे मेरो अङ्गालो बाट हट्दै पर गएर बसि  । म उसलाई सम्झाउन उसको नजिकै गएर बसे ! एलिसा म मान्छु कि तिमी मलाई चोखो माया गर्छौ तर यो मन भित्र मात्र चमेली बसेकी छिन् त म के गरुँ ? को चमेली ? कहाँ को चमेली ? तिम्ले अहिलेसम्म एकपटक देखेका छौ ? तिम्ले उसलाई चिनेको छौ ? म एलिसा को प्रश्न सुनेर अबाक भए किनकि म संग उसको कुनै जबाफ थिएन । मदन तिम्ले अहिलेसम्म नदेखेको मान्छे को लागि मेरो चोखो माया अस्वीकार गर्दै छौ तिमी कुनै दिन पक्कै पछुताउने छौ । म यो चाहन्न कि तिमी पस्चाताप को आगोमा जल्न परोस् ,म त हरेक पल तिम्रो खुशी अनि तिम्रो सफलता र तिम्रै जित चाहन्छु ।मदन म तिमी बिना मर्छु त भन्दिन तर बाच्न पनि सक्दिन ।

एलिसा को कुरा पनि ठिकै थियो ! चमेली ले त मलाई देखेकी थिनन तर उसको भरोसा म तोडन सक्दिन थे । यदि चमेली ले मलाई माया गरेकी थिनन भने मैले प्रपोज गर्दा No भन्थिन होला नि ! किन भेटेर मात्र भन्छु भनेकी थिइ त ?
रात झमक्क भै सकेको थियो मैले एलिसा लाई घर जाउ भने तर उ जान तयार थिनन । मैले धेरै सम्झाए पछि बल्ल जान तयार भै । केटी मान्छे त्यति राती त्यति टाढा को बाटो उसलाई एक्लै जान दिन मन मानेन उसलाई उसको घर मुनि सम्म पुर्याइदिन्छु भने ।

बाटो भरी एलिसा लाई सम्झाउदै हिडे तर एलिसा सम्झिने तर्खर मा थिनन । अब म संग अरु उपाए थिएन त्यसैले एलिसा लाई सम्झाउदै भने एलिसा म चमेली लाई एकपटक भेट्छु ! के थाहा चमेली ले मलाई मन नपराउन पनि त सक्छ यदि उसले no भनी भने म तिम्लाइ स्वीकार गर्छु भने । कुन चाहिँ अन्धी होला र तिम्लाइ no भन्न सक्ने ! सबैको रोजाइ एउटै हुँदैन एलिसा कोहि लाई कस्तो मन पर्छ त कोहि लाई कस्तो हुन सक्छ म चमेली लाई मन नपर्न सक्छु । त्यतिकै मा एलिसा को घर आइपुग्न लाग्यो म उसलाई bye भनेर घर फर्किए । घर ढिला आएको ले बुबा ले कता गएर आइस भन्दै हुनुहुन्थ्यो ? साथी लाई भेट्न गाको थिए भने । आमा ले खाना खान बोलाउनु भो खानै मन थिएन त्यसैले खाना साथी को घर देखि खाएर आको भनिदिए । बुबा र आमा खाना खाइसक्नु भएपछि सुत्न जानू भो म पनि आफ्नो कोठा तिर लागे । एलिसा संग भएका कुरा हरु कानमा गुन्जिदै थिए त आँखा मा उसले हात काटेर लेखेको मेरो नाम झल्किदै थियो ।त्यतिकै मा चमेली को फोन आयो receive गरे कहिले आउनु हुन्छ भनेर सोधी ? भोलि आउछु भने अनि फोन राखिदिए । फोन राख्ने बितिक्कै एलिसा को फोन आयो receive गरे । घर पुग्यौ उसको प्रश्न थियो । umm पुगे छोटो उत्तर दिए । हेरन तिमी मेरो होइनौ थाहा छ ! तिमी मलाई चाहन्नौ थाहा छ तर यो धड्कन तिमी बिना चल्न मान्दैन ! यी आँखा हरु तिम्रो बोली नसुनी बन्द हुँदैन । साच्चै मदन म त पागल भए नचाहदा नचाहदै तिम्रो माया मा डुबिसकेछु अब चाहेर पनि उत्रन नसक्ने गरि । म चाहन्न मेरो यो हर्कत ले तिम्रो मनमा ठेस पुगोस् तर यो मन सम्हालिदैन त म के गरुँ मदन ? म उसको कुरा चुपचाप सुनिरहे त्यतिकै मा उसले फोन काटि ! उसलाई call back गरुँ झै त लागेको थियो तर केही भन्न सक्ने क्षमता थिएन त्यसैले त्यतिकै निदाए ।

भोलिपल्ट बिहानै उठेर चमेली लाई भेट्न धादिङ गए । बाटो बाटो मा फोन गर्दै गए उ पनि आउदै छु भन्दै थिइ । बिच बजारमा भेट्ने कुरा थियो त्यसैले बिच बजार तिर सरासर गए । मन भरि कुरा खेल्दै थियो उ कस्ति होलि उसले मलाई मन पराउछिन कि पराउदिनन होलि ? यस्तै यस्तै कुरा ले कता कता चिमोटि रहेको थियो । त्यतिकै मा चमेली को फोन आयो हत्तपत्त फोन receive गरेर कहा छेउ भने ? पछाडी हेर्नुन भनी ! पछाडी फर्केको मेरै नजिक रैछे । म उसलाई हेरेर अचम्म मा परे ! एकछिन त दिमाग् ले काम गर्नै छोडयो ।

बाकी भाग को प्रतीक्षा गर्नुहोला ।

Comments

धेरै पढिएका कथाहरू.....

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

Story Title :- Facebook.Love

एउटा केटाले केटीलाई फेसबुकमा MSG गर्छन । उनीहरू बिच मित्रता हुन्छन । केही दिन पछि केटाले प्रेम प्रस्ताव राख्छ । केटीले पनि स्विकार गर्छ । त्यस पछि उनीहरू भेटेर किस गर्छन । र पछि हुदा हुँदै जिबनको हरेक सिमालाई पार गर्छन । केटी त्यो केटाको मायामा यति पागल हुन्छ कि रात दिन केटालाई MSG गर्दै हुन्छ र केटाले पनि Reply गर्दै हुन्छ । केही दिन पछि केटीले केटालाई फोन गरेर भन्छन कि उसकी पेटमा बच्चा छ र उ सँग बिहे छिट्टै बिहे गर्न चाहन्छ । केटाले म तिमीलाई एक छिन पछि फोन गर्छु भनेर फोन काटी दिन्छ । केटालाई धेरै डर लाग्छ । त्यसैले केटाले केटीको Facebook ID र मोबाईल नो. लाई Block.List मा राखिदिन्छ । केटीले अर्को Account बनाएर कुरा गर्न चाहन्छ तर उसले Msg को Reply गर्न छोड्छ । फोन गर्दा पनि धेरै चर्को स्वरमा म तिमीलाई चिन्दिन भन्छ । केटी धेरै रुन छिन । अझै पनि केटी उसलाई धेरै माया गर्दै हुन्छिन । त्यसपछि केटाले सधै भरीको लागि त्यो केटीलाई छोडि दिन्छ । केटी धेरै रुन्छ , धेरै तडपिन्छ र उसले सोच्छ कि Facebook को Love लाई बिस्वास गरेर उसले बयर्थ मै जिन्दगी बर्बाद गरिन । केही दिन पछि केटीको आमा बुबालाई उस...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...