Skip to main content

कथा =रङ नम्बर (wrong number )(भाग- 6)

त्यो फोटो अरु कसैको नभएर त्यै एलिसा को थियो । पहिला भन्दा झन् राम्री भएकी थिइ ।एलिसा लाई भेट्ने चाह बढन थाल्यो हाम्रो घर देखि लगभग 1 घन्टा लाग्थ्यो उसको घर पुग्न । धेरै राम्री भएकी रैछे पहिला भन्दा ! म उसको फोटो हेरेरै टोलाउन थाले । त्यतिकै मा आमा मुर्छा परेर हास्नु भएपछि पो झसङ्ग भए । किन हास्नु भाको आमा भनेर सोधे ? मैले पहिलै भनेको थिए नि तलाइ मन पर्छ भनेर भन्नू भो । मैले त्यस्तो केही होईन आमा म उसलाई भेटेर कुरा गर्न चाहन्छु भने । आमा संग उसको नम्बर पनि रहेछ आमा ले मलाई नम्बर दिनु भो ।फोन गरे कुनै एउटा केटा मान्छे ले उठायो । मैले एलिसा घरमा छ भनेर सोधे ? छ तर तपाईं को हो भनेर सोध्यो उता देखि । अब के भनौं भनौं भो अनि म एलिसा को साथी भने । एकछिन पर्खिनु म बोलाइ दिन्छु है भन्यो । दिदी तेरो फोन आको छ भनेर बोलायो उसले ! मतलब उ एलिसा को भाइ रहेछ । कस्ले फोन गरेको भनेर एलिसा को बोली सुनियो ! खै को हो तेरो साथी भन्छ आइज न भन्दै बोलायो भाइ ले । उता बाट नम्र स्वर मा hello भनी मैले पनि Hi भने । को बोल्नु भाको तपाईं मैले त चिनिन नि भनी । को होला खै गेस गरन भने । मदन हो भनी । हो ! तर कसरि चिन्यौ यति छिट्टै ? जसको पर्खाइमा आधा जिन्दगी कटाए जसको प्यार मा पागल भए जसलाई यो मन अनि मुटु को कुना कुनामा सजाए जसको कल्पना मा सयौं दिन काटे जसको अभावमा हरेक रात आँसु ले सिरानी भिजाए उसैलाई चिन्न नसक्ने कुनै चान्स होला त ? म अक्क न बक्क भए अझै पनि मेरो निम्ति हजारौं सपना संगै हजारौं रहर हरु सजाएर बसेकी रैछे । अझै पनि  उसको मनमा मेरो निम्ति भरपुर माया रहेछ । म केही बोल्न सकिन ! एलिसा तिमी संग भेटेर कुरा गर्न मन छ भने । उसले पनि हुन्छ भोलि दिउँसो 3 बजे भेटन आउ भनी । तर कहाँ भेट्ने मैले सोधे ? म तल बेसि खेतमा आउछु त्यही आउ भनी । हुन्छ भने अनि फोन राखिदिए ।

भोलि चमेली लाई पनि भेट्न आउछु भनेको थिए यता एलिसा लाई पनि चमेली लाई फोन गरेर म त आउन सक्दिन अर्को दइन आउछु भने । किन नि उसको प्रश्न थियो ? घरमा सानो काम पर्यो त्यसैले भने । ल ल हुन्छ भनी  । अब एलिसा लाई भेटेर धेरै पहिले देखि यो मनमा गुम्सिएर बसेका कुरा पोख्नु थियो । उसको प्रतेक प्रेम पत्र को जबाफ दिनु थियो । उसले सधैं प्रेम पत्र लेख्थी म न त no भन्थे न त yes नै यतिकै मा सिमित थियो हाम्रो सम्बन्ध हरु ।त्यसैले अब उसलाई उसको हरेक प्रश्न को जबाफ दिनु थियो उसको म प्रति को भ्रम हटाउनु थियो । एलिसा अझै पनि मेरै पर्खाइमा किन छिन् जान्न मन थियो । यति धेरै समय सम्म म उ देखि धेरै टाढा थिए अनि न उसलाई कुनै पल सम्झेको थिए न त कहिले contact गरेको थिए । तर पनि मलाई हिजो एलिसा ले गर्ने माया र आज गर्ने माया मा 1 इन्च पनि फरक थिएन ।
कता कता मलाई पस्चताप पनि भएको थियो किनकि मैले उसको प्रेम पत्र को जबाफ पहिलै दिएको भए सायद आजसम्म मलाई पर्खेर त बस्ने थिएनन् नि । मेरो निम्ति त्यो अमुल्री आँसु बगाउनु त पर्ने थिएन नि । सोचेको थिए उसको जबाफ नपाए पछि र म उ देखि टाढा भएपछि उसले भुल्छे होला ! तर बास्तबिकता त्यो रहेनछ उसले त मलाई चोखो अनि पबित्र माया गरेकी रैछे त्यसैले त आजसम्म पनि उ मेरै पर्खाइमा छिन् । भोलि कहिले होला र एलिसा सङ्ग भेटौ भाको थियो । रात पनि धेरै गैसकेको थियो म निदाउन तिर लागे ।

भोलि पनि भयो एलिसा लाई भेट्ने समय पनि आयो । खाना खाएर कपडा लगाए अनि एलिसा लाई फोन गरेर म हिड्न लाको भने ।घर बाट निस्केको त्यस्तै 45/50 मिनेट मा म उसले भनेको ठाउ पुगे  । एलिसा पहिलै आएर बसेकी रैछे मलाई देख्ने बितिक्कै एउटा मिठो मुस्कान को साथ स्वागत गरि मैले पनि मुस्कुराउन नजानी नजानी मुसुक्क हासिदिए ।
पहिला जत्रो थिइ उत्रै रैछे निलो रंग को कुर्ता र हरियो रंग को सुरुवाल लगाएर आएकी रैछे । कुनै सिनेमा को हिरोईन झै देखेकी थिइ । एकछिन सम्म हाम्रो बोलचाल भएन मैले जिस्काउदै तिमी त अझै डल्लि नै पो रैछौ है भने । यहि डल्लि भएर त होला तिम्ले नहेरेको तिम्लाइ अग्लि चाहिने म डल्लि परे हल्का रिसाए झैँ भनी । मलाई त तिमी भन्दा पनि डल्लि चाहिएको भनेर जिस्काउन थाले । धेरै बेर सम्म जिस्किएरै बस्यौ । घाम ओझेल परिसकेको थियो जुन डाडा मा देखिन थालेको थियो । मैले उसलाई चमेली र मेरो बारे सबै कुरा भने ! उ थोरै मुस्कुराए झैँ गरेर बधाई छ भनी ।तर उसको अनुहार कालो बादल ले छेकिएको घाम झैँ देखेको थिए । मानौं कुनै ठुलो युद्द हारेको झैँ । म पनि उसलाई हेरिरहे मात्र केही बोल्न सकिन । के गरौं त म उसलाई जति कोशिस गरेपनि प्रेमिका मान्न तयार थिएन यो मन खै किन हो मैले पनि बुझन सकेको थिन । एलिसा मलाई बिर्सिएकै जाती हुन्छ तिमी यति राम्री छेउ म जस्तो हजारौं तिम्रो पछि होलान् किन तिमी मै भनेर मरिहत्ते गर्छौ ?
तिमी चाहिँ किन चमेली भनेर मरिहत्ते गर्छौ त उसको प्रश्न सुनेर म केही बोल्न सकिन चुपचाप बसिरहे  । उ रुदै बोल्दै थिइ तिम्लाइ के थाहा मदन म तिम्रो लागि कति रोए कती कराए । तिम्ले एकपटक पनि नभनी india गयौ रे भन्ने खबर सुने देखि कति दिन तिम्रै सम्झना मा पागल भए त कती रात अनिदो मै बिताए । तिमी कल्पना पनि गर्न सक्दैनौ तिमी बिना को पल हरु मैले कसरी कटाए । हेर यहाँ तिम्रो माया मा म कति पागल भएको थिए भन्दै उस्ले हात देखाइ ब्लेड ले काटेर मेरो नाम लेखेकी रैछे ! थाहा थिएन कहिले काटेकि थिइ तर दाग भने गहिरो थियो । उ मलाई अङ्गाल्दै अझै बढी रुन थाली । म के गरुँ कसो गरुँ अलमल्ल थिए एलिसा लाई स्वीकार गरुँ त उता चमेली लाई के भनु उता चमेली लाई स्वीकार गरुँ त यता एलिसा पागल झैँ भएकी थिइ ।कसलाई स्वीकार गरुँ म ??????

बाकी भाग को प्रतीक्षा गर्नुहोला ।

Comments

धेरै पढिएका कथाहरू.....

गजल

तिमीले जस्तै मैले आँखा तार्न सकिन फूल्या फूल मर्छ भनि सार्न सकिन . मुटु माथि ज्वाला राखी हाँस्नु कसरी ? हाँस्छु हाँस्छु भनि मैले टार्न सकिन . आई रह्यौ घरि घरि दिलको वरिपरी , अझै पनि तिम्रो माया मार्न सकिन . फूल जस्तो दिल दिदा आगो दियौ प्रिये, सुकि सक्या आँशु फेरि झार्न सकिन ।

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

पवन्जु एक प्रेम कथा(भाग ४)

       भेट्ने निर्णय गरि सके पछि हामी शनिबारकै दिन परेर नारायणघाटको पुल नीर भेटेने कुरा गरेउ ! आफू परे कालो बर्णको जति गरेनी गोरो हुन नसकिने त्यैनी अलि अलि भयेनी दिदिको पाउडर लगायेर गोरो देखिने गरि निलो रङ्गको चेक शर्ट अनि कालो बेलि पायेन्ट लगाउदै कपालमा तोरिक तेल लगायेर नाराणघाट को लागि निस्किय ! गोजिमा जम्मा ९०० रुपिया लिगेर । नारायणघाट पुगेर पुल नीर बसे उन्लाइ कुरेर ! अनि उन्को नम्बरमा फोन गरे ! उनी आउन ढिलो गरिन र फोन गरे बाबा ममि घरै हुनुन्छ र एकैछिनमा आउछु भन्दै फोन राखियो । करिब आधा घन्टा पछि म नारायणघाट्को पुलमा कुरेर बस्दै थिय ! झ्याप्प उन्को फोन आयो ! कता हुनुन्छ भन्दै म पनि यहि पुल नीर छु भनेर भने ! येसो पछाडी फर्केको मैले झ्याप्पै ठम्माइहाले कारण त्यहा भयका मान्छे हरुमा बस उन्कै हातमा मोबाइल थियो ! उनि चट्ट निलो रङकी पटियाला सुरुवालमा सेतो रङ्गको सल बेरेर आखामा हल्का गाजल अनि ओठमा गुलाबी रङ्गको लालि लगायेर आयेकी थिइन । उन्को त्यो सुन्दर्ता को अगाडि म धर्तिको बोझ बरावर थिय ! उन्ले पनि मलाइ चिनी हालिन ! फोनमा हुदा भेट्न आतुर हुने हामी तर अहिले भ...