Skip to main content

गनथन मनथन 😂😂😂

अब देखि तिम्रो पुत्रो लाइ आफै सुताउ सक्दिन म 😏 रात भरी सुत्न दिने हैन...कहिले सिरक फाल्या छ कहिले सुसु गर्या छ ...

( होर...अब देखि ग्यानी भएर सुत्छ नि मेरो बाबू..जाउ सुत्न बाबा सग)

" जादिन म...आद देकि तुत्दिन बाबा तङ 😈 "

जा- जा तेरै आमा सग सुत...ओछ्यान मै सुसु गर्या छ !! फोहोरी...
काट्दिन्छु अब तेरो त्यो...धुन्तुर.. 😂


" म पनि कात्दिन्तु तमाइ को..आद देखि तमाइ म तङ नबोल्नुत बाबा"

( हरे...यिनी हरु का बाउ छोरा कुकुर बिराला जस्ता छन ..हल्ला नगरी सुत जाउ बाबू..म  भोलि चक्लेट किनि दिन्छु नि हस)

" नाइ म तुत्दिन बाबा तङ  ..ममि...ममि..हैनी....बाबा को केटि थ..दैलेइ म तुते पछि बेबि बेबि गल्दै बोल्तन "

हो अब येस्तै बच्चा को कुरा सुनेर रिसाउ न म सग...हैन यिनी हरु का आमा छोरा के कति हेपेका हुन मलाई...

( हामी त अब रिसाउने मान्छे...😐 बोल न तिम्री रात कि रानी सग..बच्चा ले झुट बोक्दैन्न्न जे देखे त्यही भन्ने हुन.. को केटि हो छिटो भन यहाँ..😈)

" अनि अनि अनि...हैनी ममि.मेलो बेबि..बोल न मेलो बेबि पनि भन्तन...अनि अनि बाबा तुतु आयो भन्दा मेलो मुख हात ले थुन्दिन्तन.. अनि मेलो बिहे नै भएको तैन भन्तन अनि अनि म त्याइ तुतु गल्तु 😑"

( ए अब मैले जान्या छु.. म सग नसुतेर किन एक्लै एक्कै सुत्न थाले यी बुढा भन्या त चक्कर चल्या रहेछ हैन त...)

" हो ममि बाबा को तक्कल चल्या थ..अनि अनि...म एक्लै बस्छु घल मा पनि भन्तन..यी बाबा ले"

डाडु खाने बाताबरण नमिला न कान्छो..तलाइ मैले केही नभन..जहिलै डेरि मिल्क ल्याइ दिन्छु भन्या हैन..अब खालास नि...

( पर्या छैन अब...मेरो छोरो लाई डेरिमिल्क ल्याइ दिन..ल्याएर राख तिम्री डन्किनी लाई...😐 मर्छु म अब )

..कुरा तेस्तो हैन...office को staff हो हिसाब किताब नमिलेर राती फोन गरेकी हो उस्ले तेस्तो हैन..के प्यारी..

" अपिच को स्थाप हैन मामु...घुम्न जानि कुला गर्या थन बाबा ले घुम्न "

...कस्तो दिन मा तिमी रोमान्टिक भै दिएउ बुढी र यो ज्यामाराज जन्मियो... 😑

( जिस्किने कुरा हैन...कि मलाइ छोड कि त्यो डन्किनी लाई छोड..हैन भने मर्छु म अब...तेसै पनि के सुख दिएको छौ र..उ पल्ला घरा कान्छा दाइ का बुढा बुढी आज हिउ खेल्न गए...😐 आफ्नु चै आज बाहिर खाना खान लैजाउ न बुढा भन्दा ..सक्दिन म भन्दै बस्छौ.....इन्जिनियर केटो माग्न आएको थियो..PR वाला नि आएको थियो..कोहि सग गैन.. 😑 बिहे अघाडी चै..तिमी मेरि फुल तिमी मेरि जुन तिमी प्राण हौ भन्थ्ये... अहिले आएर बढी भए मर्छु म अब ......

भन्दै रिसाएर जादा...तेस्तो केही हैन प्यारी...office कै staff हो..हिसाब किताब नमिलेर राती फोन गर्दा यस्ले सुन्या होला..बच्चा को कुरा पत्याएर नरिसाउन भन्दै tight hug गर्ने दिन कहिले आउला 😁😂😁

Comments

धेरै पढिएका कथाहरू.....

कथा - मनिसा

भाग-1 लेखक : शिव ढकाल जिन्दगी लाई सबै ले आफ्नो आफ्नो भोगाइ मा अनि आफ्नो आफ्नै बुझाइ मा ब्याख्या गरेका छन । मेरो पनि आफ्नै भोगाइ अनि छुट्टै बुझाइ छ । मेरो जन्म एउटा माध्यम परिव...

मेरो कल्पना

कल्पनाकी सानू , सायद तिमी फेला परेउ भने यो बर्स त भयेन अर्को बर्श पक्कै येसै गरि परपोज गर्ने छु । बिहानी को किरण सङ्गै रातका ती निशाहरु सङ्गै देख्न चाहन्छु । तिमी मेरो जिबनक...

#Dhakal

जातमानै तिमी गर्व गर्छौ भनी समाजमा आफ्नो नाम नचिनाउ जहाँ नामकै कारणले श्रद्धाञ्जली पाओस र तिमी अपबित्र होस् किनकी श्रद्धाञ्जली दिने तिम्रो जात मात्र नभएर अरु पनि हुन...

साचो माया मात्र एकचोटी हुन्छ र त्यो पनि एउटै मान्छे सँग

एक दिन कोलेजमा जेम्स आफ्नो साथीहरू सँग उभिएको थिए । त्यतिकै बेला एउटी केटीको किताब भुईमा झरे तर त्यो केटीलाई थाहा भएन उनी अगाडी हिडदै जान लागिन र एक छिन पछि थाहा हुन्छ कि उसकी किताब कतै झरेका छ । त्यसैले उनी किताब खोज्दा खोज्दै जेम्स को मा आईन । जेम्सले उसकी किताब हातमा राखेर हेर्दै थिए । एतिकैमा केटी आईन र जेम्सले उसको किताबमा उसको फोटो हेरे र केटीलाई थाहा नदिईकन फोटोलाई गोजीमा राख्दै केटीलाई उसको किताब दिए । त्यसपछि उनीहरू बीच मित्रता गासियो । अर्को दिन फेरी उनीहरू केलोजमा भेटछ र कुराकानी गर्छ थाल्छ । यस्तै हुदा हुँदै उनीहरू बिच माया प्रेम बस्छ र एकएर्कालाई सेयर पनि गर्छ । यस्तै उनीहरूको जीवन खुसी भई बितिरहन्छ । हामी सबैलाई थाहा छ कि केटीको जात जुनबेला पनि मन बदलिनु सक्छ । त्यसमा पनि त्यो केटी आधुनिक खाले थिईन । एक दिन जब जेम्स अलि ढिलो कोलेजमा पुग्दा हेर्छ कि उसकै साथी र त्यो केटी बीच Affairs चल्दै हुन्छ । केटीले पनि उसलाई हेर्छ । बिचाराको गह भरी आखाबाट आसु झर्न थाल्छ । उसले केई न भनि कन कोलेज फर्कन्छ र त्यो केटीसँग Break Up गर्ने धोको गर्छ । अर्को दिन केटीले जेम्स सँग माफी माग्छ तर...