बाबा !💕💕
मैले कहिल्यै देखेको थिइन तिम्रो
आँखामा आँसुहरु सलबलाएका
कहिल्यै देखेको थिइन तिम्रो मनमा पीडा छट्पटाएका
आज देखेँ तिमी पहिलोचोटी रोएको !
आफ्नो सन्तानलाई बिदा गर्दै गर्दा !
बाबा💕जब तिमी मलाई बिदा गर्दै हुनेछौ
यो नसोचिदिनु कि तिमी भन्दा टाढा जाँदैछु
म तिम्रो मुटुको चाल बनेर तिमी सँगै हुनेछु
तिम्रो नशामा रगत बनेर बगिरहेको हुने छु
तिम्रो खुसिमा हाँसो बनेर मुस्कुराइ रहेको हुने छु !
बाबा💕💕
तिमी तिमि मलाई बिदा गर्दै हुनेछौ
मेरो लागि मुस्कुराइदिनु होला
म कहाँ यो घर छोडेर जान लागेको होत ?
म त एक नयाँ सृष्टि गर्न जान लागेको
बाबा तिमी नै भन्ने गर्थ्यौ नि
छोरी आमा हुन
छोरी सृष्टि हुन
छोरी संसार हुन
हो मलाई यो संसारको रित कायम राख्नु छ
यो संसार चलाउनु छ त्यसैले यो घर छोड्नु कर छ !
बाबा💕💕
तिमी मुस्कुराइ रहनु म तिम्रो मुस्कानमा हुनेछु
तिमी खुसी भइ रहनु म तिम्रो खुसीमा हुने छु
तिमी बिजय भइ रहनु म तिम्रो जितमा हुने छु
तिमी आफ्नो बुहारीलाई माया गरि रहनु त्यो बुहारिमा म हुने छु
बाबा💕💕म जहाँ गए पनि
तिम्रो आदर्श झल्किने छ ममा
तिम्रो संस्कार देखिने छ ममा
तिम्रो बिश्वास पाउने छन ममा
र तिम्रो महानता झल्किने छ मद्वारा !
Comments