Skip to main content

सायद यस्तै छ प्रेम भाग १२ (अन्तिम भाग )

  ब्याच्लर पढ्ने क्रममा म त्यही नितुले दियका बेदना अनि चोटलाइ सङ्गालेर दुनियालाइ मोटिभेट गर्न थाले ! सोही कलेजमा मलाइ मोटिभेसनको सेमिनारको लागि आग्रह गर्नु भयो सरहरुले … मैल नितुलाइ बिस्वास गरेर टुटेपछी अब कसैलाइ बिस्वास गर्दिन झै भएको थियो !
मोटिभेसनको सेमिनार राम्रै सङ्ग सकियो ताली धेरैको बज्यो  । अनि मलाइ एक जना टेलिसा नाम गरेकीले प्रेमको प्रस्ताब राखिन ! म दोधारमा परे ! के गरम बिस्वास गरम या नगरम ! त्यति बेला भने मेरो मन भित्र रहेका नितुको त्यो प्रेमले गर्दा स्विकार  गरिन !उन्ले मलाइ हरेक कुरा मा साथ दिन्थिन । म भने किन किन बेला बेला त्यही नितु सङ्ग का मेसेज हरु हेर्थे !
   ….टेलिसाले मलाइ सधै सम्झाउथिन येस्तो नगर्नु उस्तो नगर्नु छोडेर जाने गै सके ! अब उस्को यादमा किन आँसु बगाउनु ! मैले हो माथी हो थप्थे तर मन भित्र पीडा साचियेको थियो ! …..करिब ३ बर्स सम्म टेलिसाले म बाहेक अरु लाई हेरिनन ! उन्ले मलाई आफ्नो फेस्बुक आइडी पासवर्ड पनि दियेकी थिइन !
बेला बेला हेर्न मन लाग्थ्यो अनि हेरि दिन्थे बिचरी कोहि सङ्ग नबोल्दी रहेछिन ! किन किन उन्को लागि मनमा भावना हरु खेल्न लागे ! अर्को तिर मैले नितु र मेरो कथा प्रकाशन गर्न लागेको थिय । टेलिसाले पनि साथ दिइन ! ब्याच्लर पनि सकियो सबै सेमिस्टर कम्प्लिट भयको थियो ! टेलिसाले भने मेरो साथ छोडिनन । कता कता यहसास हुन्थ्यो कि जाबो १ बर्स साथ नदियेकी नितुको तुलनामा ३ बर्स सम्म मलाइ कुर्ने टेलिसा साचै आकास पातलको फरक छ !..मेरो बिबाह गर्ने उमेर भयर होला घरकाले मलाइ बिबाह गर गर भन्न थाले ! मैले पनि बिबाह गर्छु गर्छु भन्दै टारे ! अनि आयल्स गरे ! मलाइ तनाब दिने भन्दा साथ दिने धेरै भयेर होला आयल्स मा ७ आयो अनि भिसा एप्लाइ गरेर बसे ! अनि यता टेलिसाको प्रेमलाइ स्विकार गरे ! घर भने घरकाले पनि नितु जस्ती छ छैने नि भन्दै गाली गर्नु हुन्थ्यो ! टेलिसाले पनि आफ्नो परिवारमा भनी सकेकि थिइन अब हाम्रो बिबाह हुने पक्का भयो ! अस्ट्रलियाको भिसा पनि आयो अनि जाने तयारी गर्दै थिय जान भन्दा अगाडि  किताब प्रकाशन को तयारिमा लागे ! किताब प्रकाशन गर्ने मिति पनि तय गरे ! र सबैलाइ आमन्त्रण गरे ! नितुले पनि था पाइछन यो कुरा ! उनी पनि आइन ! तर मैले उन्लाइ वास्ता गरिन मैले मेरो साचो प्रेम पाई सकेको थिय  । बिमोचन गर्ने क्रममा मैले केहि हरफ हरु बाचन गरे ! "प्रिय नितु,
मेरा अपार प्रेमका भाबहरुलाइ  दागबत्ती दिएर स्वोर्गको आनन्दको अनुभुती मात्रै गरिनौ, मेरो एक तर्फी प्रेमको ती सम्पुर्ण भाबनाहरुलाइ लास बनायेर सम्मानको दोशल्ला ओडेकी छौ " यति भन्ना साथ नितुको आँखामा आँसु देखा परि रहेका थिय ! बिमोचन कार्यक्रम पनि सकियो । राम्रै ब्यापकता लियो किताबले ! अनि टेलिसा सङ्ग बिबाह गरेर अस्ट्रलिया गये !.....आज धेरै समय बिति सक्यो टेलिसा सङ्ग मेरो जीवन सुखमय चलेको छ । र गाउमा अस्ट्रलियाको लाउरे भन्छन कारण मैले pr पायेको छु ! अनि अन्य मान्छे हरुले मलाइ प्रेमको पुजारी र साहित्यकार भनेर चिन्दछन …. अझै पनि खै किन यो मुटुको एक कुनामा नितुले दियका ती सम्पुर्ण चोट हरु साचियका छन ! अहिले सुनेको नितु मलाइ सम्झि रुन्छिन अरे ! उन्का साथी हरुको माध्यम बाट था पाये !....बस नितुलाइ अब एउटा कुरा मात्र भन्न चाहन्छु येदि हाम्रो अर्को जन्म भयेछ भने आफ्नो बानी ब्यहोरा सुधारेर आउ म तिम्रै प्रतीक्षा मा हुनेछु । मलाइ प्रेमले नै उठायो अनि प्रेमले नै डुबायो सायद  येस्तै छ प्रेम ……

समाप्त .

लेखक : पवन पान्डे
ठेगाना : नवल्पुर , चोरमारा

Comments

धेरै पढिएका कथाहरू.....

Story Title ;- Father'S Day

बुबाको मुख हेर्ने दिन थियो । . . आज बुबाको मुख हेर्न दिन भनेर एउटा सानो बालक स्कुल देखि घर फर्केर ढोकामा उभिरहेको थियो। . . छोरो त्यसरी ढोकामा बसेर सडकतिर हेरेको देखेर आमाले सोधिन;"बाबु के हेरेको तैले?कोही आउन लाग्या छ र?" . . छोराले तोत्ले बोलिमा माया लाग्दो तरिकाले भन्यो; "ममी तपाईलाई थाहा छैन् आज "बाबाको मुख हेर्ने दिन हो" आज बाबा आउनु हुन्छ रे! मलाई बाबाले अस्ति फोनबाट प्रमिस! गर्नु भएको छ त्यही भएर स्कुल देखि २ वटा चक्लेट किनेर ल्याएको छु बाबालाई खुवाउन! . . त्यो सुनेर उसकी आमा धेरै रोईन! आशुका मुल फुटे आखाबाट! . . "बाबु तेरो बाबा अब कहिलै आउदैन्ऩ! प्रहरीको जागिर खाएका तिम्रो बाबा आन्दोलन रोक्ऩ भनि हिडेका थिए तर तिनी आफ्ऩो खुट्टामा होईन काठको बाक्स भित्र घर फर्किए तिमीलाई कसरी भनौ "भन्दै ती आमाले मन मनै सोच्दै रुन थालिन! .. .. आमा रोएको देखेर छोरा भन्ऩ थाल्यो:" मामु किन रुनु भएको तपाईको लागि नि एउटा चक्लेट छ रुक्ऩुन बाबा आएपछि सँगै दिन्छु के" ती आमा झन रुन थालिन! अरु के नै गर्न सक्थिन र रुनु बाहेक

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

#Part_5

"जा साले जा दौडी....सम्हाल तेरि प्यारी लाई...जान नदे कसैको अङालो मा !! हिजो - अस्ति हाम्ले  त सग मजाक मात्र गरेका थिएउ..तर तैले मन पराएको मान्छे अरु कसैको अङाको मा लिप्टिएको हामी हे...

गजल

तिमीले जस्तै मैले आँखा तार्न सकिन फूल्या फूल मर्छ भनि सार्न सकिन . मुटु माथि ज्वाला राखी हाँस्नु कसरी ? हाँस्छु हाँस्छु भनि मैले टार्न सकिन . आई रह्यौ घरि घरि दिलको वरिपरी , अझै पनि तिम्रो माया मार्न सकिन . फूल जस्तो दिल दिदा आगो दियौ प्रिये, सुकि सक्या आँशु फेरि झार्न सकिन ।