Skip to main content

सायद यस्तै छ प्रेम भाग १२ (अन्तिम भाग )

  ब्याच्लर पढ्ने क्रममा म त्यही नितुले दियका बेदना अनि चोटलाइ सङ्गालेर दुनियालाइ मोटिभेट गर्न थाले ! सोही कलेजमा मलाइ मोटिभेसनको सेमिनारको लागि आग्रह गर्नु भयो सरहरुले … मैल नितुलाइ बिस्वास गरेर टुटेपछी अब कसैलाइ बिस्वास गर्दिन झै भएको थियो !
मोटिभेसनको सेमिनार राम्रै सङ्ग सकियो ताली धेरैको बज्यो  । अनि मलाइ एक जना टेलिसा नाम गरेकीले प्रेमको प्रस्ताब राखिन ! म दोधारमा परे ! के गरम बिस्वास गरम या नगरम ! त्यति बेला भने मेरो मन भित्र रहेका नितुको त्यो प्रेमले गर्दा स्विकार  गरिन !उन्ले मलाइ हरेक कुरा मा साथ दिन्थिन । म भने किन किन बेला बेला त्यही नितु सङ्ग का मेसेज हरु हेर्थे !
   ….टेलिसाले मलाइ सधै सम्झाउथिन येस्तो नगर्नु उस्तो नगर्नु छोडेर जाने गै सके ! अब उस्को यादमा किन आँसु बगाउनु ! मैले हो माथी हो थप्थे तर मन भित्र पीडा साचियेको थियो ! …..करिब ३ बर्स सम्म टेलिसाले म बाहेक अरु लाई हेरिनन ! उन्ले मलाई आफ्नो फेस्बुक आइडी पासवर्ड पनि दियेकी थिइन !
बेला बेला हेर्न मन लाग्थ्यो अनि हेरि दिन्थे बिचरी कोहि सङ्ग नबोल्दी रहेछिन ! किन किन उन्को लागि मनमा भावना हरु खेल्न लागे ! अर्को तिर मैले नितु र मेरो कथा प्रकाशन गर्न लागेको थिय । टेलिसाले पनि साथ दिइन ! ब्याच्लर पनि सकियो सबै सेमिस्टर कम्प्लिट भयको थियो ! टेलिसाले भने मेरो साथ छोडिनन । कता कता यहसास हुन्थ्यो कि जाबो १ बर्स साथ नदियेकी नितुको तुलनामा ३ बर्स सम्म मलाइ कुर्ने टेलिसा साचै आकास पातलको फरक छ !..मेरो बिबाह गर्ने उमेर भयर होला घरकाले मलाइ बिबाह गर गर भन्न थाले ! मैले पनि बिबाह गर्छु गर्छु भन्दै टारे ! अनि आयल्स गरे ! मलाइ तनाब दिने भन्दा साथ दिने धेरै भयेर होला आयल्स मा ७ आयो अनि भिसा एप्लाइ गरेर बसे ! अनि यता टेलिसाको प्रेमलाइ स्विकार गरे ! घर भने घरकाले पनि नितु जस्ती छ छैने नि भन्दै गाली गर्नु हुन्थ्यो ! टेलिसाले पनि आफ्नो परिवारमा भनी सकेकि थिइन अब हाम्रो बिबाह हुने पक्का भयो ! अस्ट्रलियाको भिसा पनि आयो अनि जाने तयारी गर्दै थिय जान भन्दा अगाडि  किताब प्रकाशन को तयारिमा लागे ! किताब प्रकाशन गर्ने मिति पनि तय गरे ! र सबैलाइ आमन्त्रण गरे ! नितुले पनि था पाइछन यो कुरा ! उनी पनि आइन ! तर मैले उन्लाइ वास्ता गरिन मैले मेरो साचो प्रेम पाई सकेको थिय  । बिमोचन गर्ने क्रममा मैले केहि हरफ हरु बाचन गरे ! "प्रिय नितु,
मेरा अपार प्रेमका भाबहरुलाइ  दागबत्ती दिएर स्वोर्गको आनन्दको अनुभुती मात्रै गरिनौ, मेरो एक तर्फी प्रेमको ती सम्पुर्ण भाबनाहरुलाइ लास बनायेर सम्मानको दोशल्ला ओडेकी छौ " यति भन्ना साथ नितुको आँखामा आँसु देखा परि रहेका थिय ! बिमोचन कार्यक्रम पनि सकियो । राम्रै ब्यापकता लियो किताबले ! अनि टेलिसा सङ्ग बिबाह गरेर अस्ट्रलिया गये !.....आज धेरै समय बिति सक्यो टेलिसा सङ्ग मेरो जीवन सुखमय चलेको छ । र गाउमा अस्ट्रलियाको लाउरे भन्छन कारण मैले pr पायेको छु ! अनि अन्य मान्छे हरुले मलाइ प्रेमको पुजारी र साहित्यकार भनेर चिन्दछन …. अझै पनि खै किन यो मुटुको एक कुनामा नितुले दियका ती सम्पुर्ण चोट हरु साचियका छन ! अहिले सुनेको नितु मलाइ सम्झि रुन्छिन अरे ! उन्का साथी हरुको माध्यम बाट था पाये !....बस नितुलाइ अब एउटा कुरा मात्र भन्न चाहन्छु येदि हाम्रो अर्को जन्म भयेछ भने आफ्नो बानी ब्यहोरा सुधारेर आउ म तिम्रै प्रतीक्षा मा हुनेछु । मलाइ प्रेमले नै उठायो अनि प्रेमले नै डुबायो सायद  येस्तै छ प्रेम ……

समाप्त .

लेखक : पवन पान्डे
ठेगाना : नवल्पुर , चोरमारा

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

Daughter छोरी

एक दिन एउटा व्यक्तिलाई बाटोमा अचानक रिँगटा लागेकोले केही मान्छे हरुले उलाई हस्पिटलमा लान्छ । सानै छदा उहाले आफ्नो छोराको मृगौला खराब भएकोले एउटा मृगौला आफ्नो छोरालाई दिएको थियो । त्यसैले अर्को मृगौलाले पनि काम गर्न छोडन लागेको थियो । उसको घरमा फोन गर पनि उसलाई त्यसतो हालतमा कोई आफन्त पनि भेटन आएन । उसलाई लाग्छ कि अब उसको अन्तिम दिन आईसकेछ । अर्को दिन उसको आखा खुल्छ , उसले अचम्म मान्दै डक्टरलाई सोधेछ " मलाई कसले आफ्नो मृगौला दिएछ ". डक्टरेले भन्छ " हजुर एउटी केटी आएको थियो उनले भनिन उनी हजुरको छोरी हो र हजुरलाई आफ्ना मृगौला दिन चाहान्छ "। मान्छे त्यो केटीको नजिक जान्छ र हेर्छ कि उनी साच्चै उसकी छोरी नै हुन्छ । जसलाई धेरै बर्ष पहिला उसले हेला गरेर घरबाट निकाल दिएका थिए । केटीले एउटा पत्र छोडेकी हुन्छ । उसले पत्र खोलेर पढ्छ ;--- " बाबा मलाई माफ गरिदिनु , म यो जुनीमा हजुरको छोरा बनी जन्मिनु सकिनन । सायद म धेरै नै भाग्यमानी रैछु जसको बुबाले यति धेरै माया गर्नु भएछ । त्यो दिन हरूलाई सम्झिदा धेरै रमाईलो लाग्छ । आमाले मलाई जन्म दिएर जानू भो , त्यसपछि हजुरले छोर...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

Full Love Story ||Love Seasson|| In Nepali Language

  Love Session मेरो जन्म पण्डित श्री बिश्वेशवर चन्द्र प्रसाद पण्डित ज्युको घर मा भएको थियो । कसैलाई म मेरो बाबा को नाम भन्दा तिमीले आफ्नो बाबाको नाम भनेको कि तिम्रो ठेगाना भनेर खिल्लि उठाउथे । पण्डित ज्यु को घरमा मेरो जन्म भएकोले बाबाले आफै मेरो नाककरण गर्नु भएका थिए । मेरो नवरण को नाम प्रेम सुँन्दर चन्द्र प्रसाद पण्डित राखि दिनु भएको थियो । यो भन्दा त सानो मेरो घरको ठेगाना थियो , यति ठुलो नाम कसैलाई भन्दा सबै हासेर जिस्काउथे । म आफ्नो बाबाको एक्लो छोरा भएकोले गाउँ भरीका मान्छेहरुले मलाई छोटु पण्डित भनेर बुलाउनु हुन्थ्यो । हुन त नाम जति लामो थियो , उति धेरै मान सम्मान पनि थियो । तपाई सबैलाई थाहा नै होला , पण्डित ज्यु कसैको घरमा जादा , घरको मान्छेहरूले आफै कुर्सी दिएर बस्नु लगाउनु हुनु हुन्थ्यो । तर खासै मलाई इ मान सम्मान इज्जत को कुनै अावश्यक छैन जस्तो लाग्थ्यो । म जब स्कुल जान्थे , दलित जातका साथीहरू मेरो बेन्च बाटै उठेर अर्को बेन्च मा बस्ने गर्थे । म छक्क पर्दै किन उठेको भनेर सोध्दा उनीहरूले हामी तल्लो जातको हो त्यसैले हामीलाई तिमी सँग बस्नु अनुमति छैन भन्ने गर्थे । तर त्यै कक्ष...