Skip to main content

प्रिय तिमी मेरी जीवन संगीनी (लेख )

प्रिय !💕
जब तिमी रातो सारिमा घुम्टो भित्र
लजाएकि हुनेछौ
नसोच्नु पराइ घर जान लागेँ भनेर
म तिमी लाई आफ्नो बनाएर राख्ने छु !

जब तिमी ले हरियो दुबो र सयपत्री फुल
मेरो गलामा पहिराइ रहेकी हुने छ्यौ
यो नसोच्नु तिमी लाई मैले मेरो बन्धनमा अङ्गालेँ भनेर
म तिमी लाई  आफ्नो बनाएर तिम्रो इच्छामा
जिवन दिने छु !

पराई घर पठाउन पनि दुनियाँले आशीर्वाद
दिए भनेर नसोच्नु
त्यो आशीर्वादलाई तिम्रो र मेरो जिवनको
हरेक पाइलाको सहयात्री बनाउने छु !

जब तिम्रो रङ्गिन सिउँदोमा म रातो सिन्दुर
भरिरहेको हुने छु यो नसोच्नु कि एक चिम्टी
सिन्दुरमा म अरु कसैको हुँदै छु
म तिम्रो जीवन त्यो सिउँदोको रातो
रङ्ग जस्तै बनाउने छु !

जब जग्गेमा हामी सँगै बाँच्ने कसम खाइ
रहेको हुने छौँ यो नसोच्नु कि
जीवन मेरो अरुको लागि कसम खाँदै छु
ती कसम तिम्रो जिन्दगीको लागि हुने छ्न !

अनि जब बिदा गर्दै गर्दा तिमी आँसुहरुको आलमा
आफ्न्तको काँधमा रोइरहेको हुने छौ
यो नसोच्नु कि जिन्दगीलाई छोड्दै छु
किनकी म तिम्री आमाले झैँ माया दिन , बाबाले झैँ बिश्वास गर्न र दाइ भाइले झैँ
सुरक्षा दिन प्रयास गर्ने छु !💕💕💕

Comments

धेरै पढिएका कथाहरू.....

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

कथा = गुम्सिएका चाहना १

भाग - 1 लेखक = शिब ढकाल खै कहाँ देखि सुरु गरौं यो मेरो कहानी । न कतै देखि सुरु हुन्छ न कतै गएर टुङ्गिन्छ नै । समय र परिस्थिति ले मलाई धेरै कुरा सिकाए । कहिले धन बिना बाच्न सिकाए ,कह...

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले ...

काल्पनिक कथा

"Uff फेरि त्यही पुरानो T- shirt 😏 मैले दिएको चै लगाउन हुन्न है हुन त म जस्ती नराम्री ले दिएको के लगाउनु हुन्थ्यो र " भन्दै उ रिसाइ हाल्थी !! मानौ उस्लाइ रिसाउन कुनै कारण नै चहिदैन थियो. म ...