मेरो भविस्यको भारी
बोक्दा बोक्दै बाका पैतालाले
आफ्नो गन्तव्य भुलिसकेछ्न!
मेरो भविस्यमा उज्यालो छर्न
अन्धकार बनेका छन बाका
वर्तमान हरु !
बा लडेका छन्
बा ठेसिएका छन
बा कुँजिएका छन
बा हराएका छन !
सहरको कुनै कुनामा बसेर
मैले देखेका सपनाहरु बाले
बोक्ने भारी ले निर्धारण गर्छ !
हेर्नोस न !
बा त्यो कलम हुन
जसले आफ्नाको भविस्य
सिध्याइरहेको हुन्छन्
हाम्रो वर्तमान कोर्दा कोर्दै !
💕💕
Comments