Skip to main content

Nepali full love Story|| अमिट यादहरु||



     अमिट यादहरु

      सन्सार आफ्नै नीति नियममा चलिरहेछ,, समयको आफ्नै बेग छ यहा,,! साचै डर लाग्दो अधेरिलाइ लखेट्दै एउटा सुनौलो बिहानी आउँछ,, शिशिरले उजाड उजाड पारेको प्रकृतिलाई भरिभराउन पार्न उस्तै कलिला मुनाहरु बहार बोकेर वसन्त आउँछ।हरेक कुराको एउटा निस्चित समय हुन्छ अनि हरेक चिजको सकरात्मक र नकरात्मक दुबै पक्ष हुन्छ।सबैको आ आफ्नै अस्तिव्त हुन्छ। म "सानू" जिन्दगी चलिरहेछ,,दगुरिरहेछ कहाँ पुगिन्छ त्यो भने थाहा छैन,,त्यसै पनि हामि जिन्दगिमा सोच्छौ एउटा अनि अपसोस भइदिन्छ चाहि अर्को! म दुई बर्षको हुदा मात्र मेरि मामुको मृत्यु भएको हो रे,! त्यो पल त मलाइ याद भएन जब होस सम्हाल्न सक्ने भए त्यति बेला आमाको काखको कमि महसुस हुँदै गयो।, बाबाले सानी आमा त ल्याउनु भयो तर उहाबाट मैले कहिल्यै चाहे जस्तो माया पाइन बरु उल्टै शारीरिक र मानसिक यातना पाउथे ,,नपाउनु पनि कसरी,,? साचै माया गर्नु र गरे जस्तो गर्नुमा धेरै फरक पर्छ। सानै भएनी मन त दुख्दो रहेछ,,,, रुन्थे धेरै नै ,,,तर म किन रोए भनेर सोध्ने अनि मायाले सुम्सुम्याएर काखमा राख्ने कोहि थिएनन ,,,सुनेको थिए सन्सारमा सबै भन्दा धेरै र निस्वार्थ माया एउटि आमाले आफ्नो सन्तानलाई मात्र गर्न सक्छिन रे,,! मलाइ कहिल्यै कसैको माया आभास भएन,,,। सधै सधै एक्लो छु झै लाग्थ्यो, जिबन जे जस्तो पाए ता पनि बाध्यतामा बाच्नुको बिकल्प अरु के नै होला र,,,सबैको आ आफ्नै कथा ब्यथा हुन्छ रे,,!मैले पनि बिस्तारै बिस्तारै जीवन,दुख अनि पिडाको अर्थ बुझ्दै गए,,! नभन्दै आज जिबनको सोह्रौ वसन्त पार गरे साथमा सोचे जस्तै डिभिजनमा एसएलसी पनि पास भए। खुसी छु कलेज पढ्न जाने मेरो सपना पूरा भएको छ,,। धेरै साथिहरु सहर पढ्न गए,। मलाइ पनि मन नभएको त कहाँ हो र सहरमा गएर कुनै राम्रो कलेजमा पढु ठूलो मान्छे बनु तर आफूले चाहे जस्तो कहा हुन्छ र,,? बाबाले यहि दिक्तेलको कलेजमा नाम एडमिसन गर भन्नू भयो उहाँको भनाइ अनुसार नै गरे! नभन्दै कलेज सुरु भयो,,। सबै नया थियो त्यहाको माहोल,नया नया साथी सङ्गको चिनजान,भेटघाट! मैले पनि धेरै साथिहरु बनाए तर मन मिल्ने एउटै साथी छे रमा ।त्यसै पनि सरकारी कलेजमा भने जस्तो पढाइ नहुनी,, जे होस खुब रमाइलो छ। कोहि साथी साथिमा गफ गर्दै छन,कोहि मोबाइल खेलाउदै छन,कोहि कसैलाइ कसैलाइ जिस्काउन ब्यस्त छन अनि कोहि पढेर बस्ने पनि छन। म र रमा पनि गर गरेर बसिरहेका थियौ तर उस्को फोन आएकोले बाहिर गएर बोल्न थाली,,। म भित्र एक्लै बसिरहन मन लागेन सबै साथिहरु आ आफ्नै सुरमा छन त्यसैले सोचे लाइबेरी जान्छु भनेर,,अनि गए। कुन किताब पढ्ने भनेत सोचिराको थिए एक्कासी मेरो टेबल नजिक रहेको देबकोटाको "मुनामदन" मा पर्न गयो,,। स्कुल देखि नै खुब चर्चा सुनेको थिए मुनामादन को त्यसैले एकपटक पुरै पढ्न मन लाग्यो,, त्यही लान्छु सोचेर लाइबेरी मेडमलाइ नाम लेख्न अनुरोध गरे,, अपसोस त्यति बेलै एउटा अपचित मान्छे आयो र त्यहि मुनामदन किताब हातमा लिदै आफ्नो नाम लेखाउन मेडमलाइ भन्यो,,। अनि मेडमले मुनामदन किताब एउटा मात्र भएकोले को लाने तपाइहरु बिच हरु नै सल्लाह गर्नुस भन्नू भयो अनि मैले भने "प्लिज आज म लान्छु न है क्लासमा पढाइ पनि छैन बोर भैराको छु फेरि यो किताब मैले धेरै पहिला देखि पढ्न चाहेको थिए" उसले मेरो कुरा नै नसुनी भन्यो " म लाने हो मेडम मेरो नाम लेख्नुस" उस्ले मेरो बेवास्ता गरेको देखेर मलाइ रिस उठ्न थालिसकेको थियो त्यसैले भने "ओ हेल्लो यहाँ म पहिला आएको हो त्यसैले किताब म लान्छु" अनि उसले भन्यो "किताब मेरो हातमा छ त्यसैले म लान्छ" हाम्रो कुरा सुनेर मेडमले हल्ला नगर्नुस आपसमा सल्लाह गर्नुस केटाकेटी जस्तै झगडा नगर्नुस भनेर थर्काउनु भयो अनि खास कुरा त त्यो मान्छेले मेरो कुराको प्रवाह नैब नगरी किताबको लागि आफ्नो नाम लेखाउन सफल भयो,तत्काल मेरो मनमा पराजयको आगो सल्किए जस्तै भयो त्यसैले फन्केर लाइबेरिबाट बाहिर निस्किए।अचम्म !! त्यो मान्छे पनि पो अझै मेरो पछि पछि आयो र भन्दै छ "सुन त तिमी रिसाको हो कस्तो झोक्की मान्छे रहेछौ,अनुहार हेर्दा त राम्री छौ त,एकपटक फर्केर त हेर....

  दुई....अनुहार हेर्दा त राम्री छौ त,एकपटक त फर्केर हेर मेरो कुरा त सुन पख न भनेको एउटा काम छ के" उ मेरो पछि पछि यस्तै के के भटभटाउदै आइरहेको थियो,,,,मलाइ भने उस्को कुरा र व्यवहार देखेर खुब रिस उठेर आयो र झन छिटो छिटो हिड्न थाले। अचानक उ दौडेर मेरो नजिक आयो अनि मेरो हात समात्दै भन्यो "एकछिन पख न भनेको किन सुन्दैनौ,,?" कलेज जस्तो सार्बजनिक ठाउमा एउटा अन्जान मान्छेले आफ्नो हात समातेको देख्दा मलाइ रिसले तीन भाउन्न छुट्यो,,, र बेस्सरी एक थप्पड लगाइदिए,,,,,वरपरका सबैले हामिलाइ नै अनौठो नजरले हेरिरहेका थिए,,,! उस्लाइ कस्तो फिल भयो त्यो त मलाइ थाहा छैन तर मलाइ भने एकदमै अप्ठारो फिल भयो त्यसैले हठात दौडिएर कक्षा कोठामा प्रबेस गरे! मेरो अनुहार कालोमैलो देखेर होला रमाले के भो भनेर सोध्दै थिइ,,, मैले केही पनि भको छैन भनेर भन्दिए तर उस्ले पत्याइन र नभनी धरै दिइन,,,, त्यसैले लाइबेरी र त्यो केटालाइ थप्पड हानेको कुरा सबै रमालाइ सुनाइदिए। अनि रमाले अचम्म मान्दै को रहेछ त त्यो मान्छे कस्तो थियो भनेर सोधी ,,,। केही सम्झे जस्तो गरेर भने "कस्तो हुनु नि सेम बादर जस्तै छ,अनुहार मात्र होर त्यसको त बानी ब्यहोरा पनि ठ्याक्कै जङ्गली कै जस्तो रहेछ ,कत्ती न त्यस्कै बाउको लाइबेरी जस्तै घमन्ड गर्छ ,अझै आफुलाइ कलेजकै हिरो सम्झन्छ कि के हो,,? सबैको सामु मेरो हात समाउन आउदो रहेछ ,मर्न नसकेको ,,!!!! कस्ता कस्ता नमुना हुन्छन मान्छे पनि,,,, त्यसका त आमा बाउ दिदी बहिनी पनि कस्ता होलान,,,?" यसरी मैले आफ्नै सुरमा रमालाइ भन्ने बहानामा त्यही अपचित मान्छेलाइ गाली गरिरहेको थिए,,,,। अनि रमा ब्याकुल भएर मेरो कुरा सुनिरहेकी थिइ,,,,। त्यतिकैमा सर आउनु भयो र पढाउन थाल्नु भयो तर मैले पढाइमा मन पटक्कै लगाउन सकिरहेकी थिइन। जसो तसो दिन बित्यो कलेज बिदा पनि भयो सबै आ आफ्नो घर तिर लागे,,,। रमा र म पनि घर तिर लाग्यौ,,,,। कसो कसो गरेर आधा बाटोमा आएपछि हात खल्तिमा लगाए तर त्यहा मोबाइल थिएन,, अनि अरु खल्ती र ब्यागमा पनि हेरे तर मोबाइल फेला परेन कहाँ राखेको थिए भनेर ठ्याक्कै याद पनि भएन,,,,। अनि रमालाइ पनि सुनाए मेरो मोबाइल हराएको कुरा बिचरी उ पनि आत्तिइ अनि मैले उस्को मोबाइलमा मेरो नम्बर डाइल गरे नभन्दै फोन लाग्यो र उता बाट एकजना केटा मान्छेले हेलो भनेको आवाज आज आयो,,,,,। मैले निकै नम्र स्वरमा भने "हेलो हजुर को बोल्नु भएको,,?" उताबाट कडा आवाज आयो "म अमर बोल्दैछु" अनि मैले भने "हेर्नुस हजुर अहिले जुन मोबाइलमा बोल्दै हुनुहुन्छ नि त्यो मेरो हो बिन्ती मलाइ मेरो मबाइल दिनुस" उताबाट हुन्छ भन्ने आवाज आयो र कलेजको गेट नीर आउनु भन्ने कुरा गर्यो,,। म र रमा हराएको मोबाइल भेटिने भयो भनेर खुसी हुँदै फेरि फर्किएर कलेजको गेटमा पुग्यौ। तर त्यहा कोहि थिएनन,,,,,,,। झुक्याएको पो हो कि के हो भनेर थप तनाब हुन थाल्यो रमाले फेरि मेरो नम्बरमा फोन डाइल गर्न थाली,,,। केही पर सेम मेरो मोबाइलको रिङ्टोन बजिरहेको सुनियो खुसी हुँदै उतै तिर हेरे,,,, तर त्यहा हातमा मोबाइल बोकेर त्यही अपरिचित मान्छे हामी तिर आइरहेको थियो,,,,। रमालाई उतै तिर देखाउदै भने अगि मलाइ लाइबेरिमा रियागिङ गर्ने मान्छे त्यही हो,,,। रमाले अचम्म मान्दै भनी "अरे यार उहाँ त मेरो दाइ अमर हो,, उहाँ यहि ब्याच्लर पढ्नुहुन्छ,,,,,, अनि अगि तैले मोबाइल लाइबेरिमा नै छोडेकी रहिछेस त्यसैले मोबाइल दिनलाइ दाइले तेरो पिछा गर्नु भएको रहेछ" लु फसाद पर्यो,,!!!! मैले केही सोच्नै सकिन एक त त्यतिका मान्छेको सामु मैले अमरलाइ कुरै नबुझी थप्पड लगाए यता उस्कै बहिनी सङ्ग भाको नभाको कुरा गरे गालि गरे रमाको त आफ्नै दाइ पो रहेछ रमा सङ्ग पनि लाज लाग्यो ,, म के गरौ कसो गरौ भए जति जति मोबाइल लिएर अमर हाम्रो नजिक आउदै थियो उति उति मेरो मुटुको धड्कन जोड जोडले धड्किन थाल्यो.....

   तीन....मेरो मुटुको धड्कन जोड जोडले धड्किन थाल्यो अमर आयो र मोबाइल रमालाइ दियो अनि सरासर गयो म लाज र पश्चातापले ठाडो सिर गर्न सकिन अनि अरु केही भन्न आएन र रमालाइ भने "आइ एम सरि यार मलाइ थाहा थिएन अमर तेरो दाइ हो भनेर,,,,,, मैले कुरै नबुझी अमरलाइ झापड हाने उस्लाइ कस्तो फिल भयो होला है" अनि रमा बोली "मलाइ के भन्छेस त दाइलाइ नै भन न" अनि मैले पनि हुन्छ नि त भेटेको दिन अमर सङ्ग नै माफी माग्छु भन्ने सोच बनाए,,। रमाले भने अनुसार अमर एउटा असल मान्छे रहेछ मैले त्यस्तो व्यवहार देखाउदा उ मा के बितिरहेको होला,,,? भोलि कुन मुख लिएर उस्को अगाडि उभिउ म कसरी सरि भनु यदि उस्ले मेरो कुरा अस्विकार गर्यो भने,,? यस्तै यस्तै कुराले मनसपटलमा डेरा जमाइरह्यो। भोलिपल्ट बिहान निन खुल्यो खाना बनाए खाए अनि कलेज तिर लागे खोइ किन किन मन भारी भैरहेको थियो। सधै बाटोमा भेटिने रमा पनि आज भेटिन,,। रिसाइछे क्यारे भनेर एकदमै नरमाइलो लाग्यो। मनभरी कुरा खेलाउदै क्लासमा पुगे,, नभन्दै रमा म भन्दा पहिल्यै आइसकेकी रहेछे मलाइ देखेर हासी अनि मलाइ खुसी लाग्यो रिसाएकी रहिनछे भनेर ,,,अनि उसैको छेउमा गएर बसे,,,। सर आएर पढाउन थाल्नु भयो मैले पनि जसोतसो पढाइ मै ध्यान दिने प्रयास गरे तर सफल हुन सकिरहेको थिइन।अनि रमालाइ कानमा खुसुक्क सोधे "आज अमर दाइ आउनु भयो कि भएन,,?" रमाले मुसुक्क हासेर भनी "किन?" अनि मैले हिजोको कुरामा सरि माग्न भन्दिए,,,,! तर रमाले हासेरै भनी "दाइ रिसाउनु भाछैन पिर नगर न तर सानू तलाइ दाइले पागल केटि भन्दै हुनुहुन्थ्यो,,।" उस्को कुरा सुनेर म हासे दुबै हास्यौ। नभन्दै क्लास सकियो अनि सबै हिडे हामी पनि आफ्नै बाटो लाग्यौ,,, बाटोमा अमरलाई भेट्छु कि भनेर चारै तिर नजर डुलाए तर उ कतै देखिएन सायद गैसक्यो होला,,, रमाको जिस्काउने बानी नराम्रो थियो त्यसैले फेरि सोध्न मन पनि लागेन,,, अनि सोचे यसरी कुरिरहनु खोजिरहनु भन्दा त बरु फोन गरेर एक पटक सरि भन्छु यहि सोचेर रमाको मोबाइल फोटो हेर्ने बहानामा मागे,,, अनि अमरको नम्बर सर्च गर्न थाले नभन्दै "दाइ अमर" भन्ने नामको नम्बर भेटियो यहि होला भन्ने लाग्यो अनि रमाले थाहा नपाउने गरि आफ्नो मोबाइलमा सेभ गरे,,,। घर पुगे फोन गरौ कि जस्तो लागेको थियो तर किन किन डर लाग्यो र नम्बर डाइल गर्ने हिम्मत पुगेन, हुन पनि हो चिन्दैन होला यदि गाली गर्यो भने के भन्नू यसो बिचार गरे सबै भन्दा सजिलो आइडिया मेसेज गर्न हुन्छ जस्तो लाग्यो,,,त्यसैले यस्तो मेसेज टाइप गरे "helo amar ji maile anzaan mai hajurako man dukhaaya,, malai paschaatap laageko xa hun sakchh vane plz malaai maaf gardinus ma tyahi laaiberi ki paagal keTi,,," केही छिन पछि अमरको रिप्लाइ आयो जहा....

   चार.......केही छिन पछि अमरको रिप्लाइ आयो जहाँ लेखिएको थियो "I like you, ma timi sagga bolne bahaanaa maa nai laaiberi paseko thiya, paagal kt" अचम्म लाग्यो उस्को यस्तो मेसेज पाउँदा अनि दिक्क पनि लाग्यो यो सोचेर कि आखिर केटा मान्छे न हो जात जनाइहाल्नु पर्ने!!! एकमनले सोचे सायद उसले रिसले पो बिल्ला हान्न त्यस्तो लेखेको हो कि,,, त्यही पनि यथार्थ के थियो त्यो भौमान नै जानुन!!!!! किन हो किन त्यो दिन अनि अमर सङ्ग भएको त्यो अनौठो भेट अनि ती घटनाहरु बारम्बार मस्तिष्कमै घुमिरहन्थे,,,,,,।उस्ले त्यस्तो रिप्लाइ पठाउदा मन झनै बिचल्लित भए जस्तो पो भयो ,,,,। मैले पनि आखिर जानेर उस्को मन दुखाएको होइन उस्ले माफी दिएनी नदिएनी मलाइ केही फरक पर्दैन यस्तै सोचे अनि फेरि कुनै मेसेज गरिन। भोलिपल्ट कलेज जाँदै थिए,,, बाटोमा रमा अनि अरु थुप्रै साथिहरुले कुरिरहेका रहेछन,, जहाँ रमाको दाइ अमर पनि थियो।खोइ अरु साथी सङ्ग त्यस्तो केही फिलिङ्ग्स हुन्न थियो,,, तर त्यहा अमर पनि सङ्गै भएकोले कहिल्यै नलागेको लाज पो लागे जस्तो भयो,,,,,,! जसोतसो हिम्मत गरेर एकपटक उस्को अनुहारमा हेरे उस्ले पनि हास्दै मलाइ नै पो हेरिरहेको रहेछ आँखाहरु जुध्न पुगे हठात नजर अन्तै मोडे,,, अनि मन मनै हासिरहे। अरु अरु साथिहरुलाई बिचार गर्दा नया जेनेरेसन रे कोहि लामो कपाल पालेका छन र त्यसैमा नानाथरी कलर गरेका,,, कोहिले कानमा मुन्द्रा हालेका न त कलेज युनिफ्रम नै लगाएका थिए, न हातमा किताब नै थियो यस्तो हुलिया देखिन्थ्यो कि उनिहरु कुनै भ्रमणमा हिडिरहेका छन,,, तर अमरलाइ बिचार गरे उस्को त्यस्तो तडकभडक केही छैन सिम्पल कलेज ड्रेसमा छ हल्का रातो बर्णको मान्छे,थोरै अग्लो जस्तो देखिने खाइ लाग्दो जिउडाल,अलि लामो नाक भएको हसिलो अनुहार भएको थियो अमर,,,! अरु अरु साथिहरु बोल्दै थिए आउने सनिवार कलेज बाट टुर जाने प्लान बनाउदै थिए,,! अनि म चाहिँ जसले जे भने नि हो, हुन्छ जस्तो छोटो जवाफ दिन्थे,,, कलेज पुग्न अलिकती मात्र बाकी थियो त्यतिकैमा मेरो मोबाइलमा मेसेजको घण्टी बज्यो खोलेर हेरे उहीँ अमर ले पो पठाको रहेछ,,। जहाँ थियो "timilaai kaalo Tikaa le khub suhaauxa sadai lagaaune gara la realy like you" पढिसकेर उस्को अनुहार हेरे एक मीठो मुस्कान दियो,,म ट्वाल्ल परिरहे,,! आखिर किन अमर ले यस्तो भनेको होला ,? यदि हामि सङ्ग अर्काको मनको कुरा बुझ्न सक्ने शक्ति भएको भए मैले नि थाहा पाउथे होला,,,!मेरो सिधा दिमाग लगाउदा उस्ले मलाई जिस्काएको हुनुपर्छ यति सम्म चाहिँ सोचे,,। यसरी दिनहरु बित्दै गए यता अमर सङ्ग बोलचाल र भेटघाट बढ्दै गयो,,, घरमा भएको बेला पनि छिनछिन मै फोन अनि मेसेजहरु गरिरहन्थ्यो म पनि बोलिदिन्थे सामान्य कुरा हुन्थ्यो,, आफ्नो बालापन, स्कुल लाइफ देखि लिएर घरपरिवार अनि आफ्नो लक्ष्य यस्तै यस्तै बारेमा,,,,,! यस्तो लाग्थ्यो कि मैले बल्ल दुख सुख अनि मनका कुराहरु बाड्ने खास असल साथी पाएकी छु,,। उसले पनि खुलेरै आफ्नो दुख सुख अनि मनको कुराहरु बताउथ्यो त्यसैले हामी छोटो समयमा नै निकै क्लोज फ्रेन भैसकेका थियौ। नभन्दै टुर जाने प्लान भोलि थियो सबै साथिहरु तयारिमा थिए। सबैले मलाइ पनि जान्छे भनेर सोचेका छन,, मलाइ पनि मन नभएको त कहाँ होर गएर सबै सङ्ग रमाइलो गर्ने तर घरबाट दिने हुन कि नदिनेहुन फेरि तयारिको लागि आफू सङ्ग पैसा पनि त थिएन,, त्यसैले नजाने भन्दिए,,,।किन भनेर सोध्नेलाइ अलि सन्चो छैन भन्ने बताए,, सबैले खल्लो माने जस्तो गरे,, रमाले त यदि त जादिनस भने म सङ्ग कहिल्यै नबोल भनेर खुब रिसाइ,,,जे भएनी म नजाने नै निर्णय गरेर घर फर्किए। दिन क्रमश साझमा ढल्किरहेको थियो म घर धन्दा गरिरहेको थिए,,,त्यतिकैमा अमरको फोन आयो उठाए उस्ले उताबाट सोध्यो "रमाले भन्दै थिइ तिमी घुम्न नजाने रे हो,,?" मैले हो भन्दिए उस्ले किन भनेर सोध्यो अनि बिरामी छु भन्ने जवाफ दिए, अनि उस्ले भन्यो "तिमी नगए त मलाइ रमाइलो नै हुदैन सानी ठिकै छ नि त तिमी नजाने भए म नि जादिन यति" यति भनेत उस्ले फोन राख्यो.....

   पाच......यति भनेर उसले फोन राख्यो। उस्को यो कुराले म धेरै सोच्न बाध्य भए,,,।हुनपनी हो के म उस्को लागि त्यति धेरै इम्पोटैन छु त,,,? जे भएनी अमर एउटा राम्रो मान्छे थियो उस्को हरेक कृयाकलापहरु मेरो मुटु मै आएर ठोकिन्थ्यो,, कहिल्यै नरिसाउने उस्को बानी,, सधै हासिरहने,,,! अब जे भएपनी अमरको मन दुखाउन त भएन नि यहि सोचेर म टुर जाने निर्णय गरे। बिहान पाच बजेको अलाराम बज्यो जति सुतेपनि कहिल्यै निद्रा नपुग्ने बानी तर टुर जाने सम्झेर ल्याउदा मन चङ्गा जस्तै भयो,,,। त्यसैले हतार हतार उठे घर सफा गरे,,, गाइबस्तुलाइ घाँस खोले पनि गर्न भ्याए,,। त्यसपछी बाबालाइ आज साथिहरु सङ्ग घुम्न जाने कुरा सुनाए,,, उहाले आफ्नो ख्याल राख्नु भन्दै पाच सय रुपैया दिनुभयो,,। बाबा ले दिएको त्यो पाचसय रुपैया मेरो लागि पाच हजार जत्तिकै थियो,,नहोस पनि कसरी उमेर हो लाउने खाने इच्छा अनि रहरहरु धेरै थिए,,। काहीँ बाट एक पैसा आउने ठाउँ थिएन त्यसै पनि विद्यार्थी जिबनमा पैसाको महत्व कत्ती हुन्छ,,?त्यो त नभोग्ने त को होला र,,? काम सकेर तयार हुनै लागेको थिए अमरले हिजो "तिमी नगए म पनि जादिन" भनेको कुरा सम्झिए अनि फोन गरे उस्ले रेसिभ गरेन त्यसैले मेसेजमा "ma ni ghumna jaane" भनेर पठाइदिए अनि केस कोर्न थाले,,,, सधै चुल्ठो बाट्थे आज खुल्लै छोड्दिन मन लाग्यो,,, अमरलाइ मन पर्ने कालो टीका पनि लगाए,, ऐना हेरे अझै के नपुगेको नपुगेको जस्तो लाग्यो,,,, छेवैमा भएको गाजल अनि लिप्स्टिक पनि लगाए,,,,,एकछिन सिगारपटार मै ब्यस्त भए,,अनि सम्झिए साथिहरुले नौ बजे भेट्ने भनी गरेको सल्लाह ,,,अनि आत्तिदै बाटो लागे,,, सधै भन्दा अलिक छिटो छिटो हिडेर सबै भएको ठाउमा पुगे,,। नभन्दै साथिहरु आइसकेका रहेछन मलाइ देखेर सबै खुसी भए तर म खुसी हुन सकिरहेको थिइन कारण त्यहा अमरलाइ देखिन,, रमालाइ सोधे अमर दाइ खोइ भनेर उस्ले आउनु भएन भन्ने जवाफ दिई,,केही छिन अघि सम्म फुर्किएर चङ्गा झै उडिरहेको मेरो मन एकाएक गह्रौ भएर आयो,,। सायद मेरै कारणले रिसाएर अमर न आएको होला यहि कुराले तनाब हुन थाल्यो फोन गरे फेरि पनि उस्ले रेसिभ गरेन,,। मलाइ एकदमै नरमाइलो लाग्न थाल्यो,,,, मलाइ त बरु त्यही बाट घर फर्किन मन लागेको थियो तर अरु साथिले के सोच्लान यहि सम्झेर मन नलागी नलागी बसमा चढे,,,। यात्रा हलेसी तर्फ थियो पुग्न लगातार दुई घन्टा लाग्थ्यो ,,? अरुल साथिले भरपुर रमाइलो गरिरहेका थिए,,,, तर मलाइ भने खुबै खल्लो लागिरहेको थियो,,,,,पन्ध्र मिनेट जति गुडेपछी बस रोकियो,, बाहिर बाट कोहि आइरहेको थियो,, त्यो आउने अरु कोहि नभएर अमर नै थियो,अपसोस अमर सङ्ग एउटि राम्री अपरिचित युवती पनि थिइ,,।उनिहरु आएर मेरो पछाडिको खाली सिटमा बसे,,अनि अमर म सङ्ह बोल्नु त परको कुरा देख्दा पनि नदेखे जस्तो गरेर गयो ,,,,।उस्को यस्तो चाला र व्यवहार देखेर मेरो प्रेसर उम्लन थाल्यो,,,,। मलाइ लाग्यो त्यो केटि अमरको गर्लफ्रेन होलि,,, अचम्म भैरहेको थियो अमर मेरो साथी मात्रै थियो तर उसलाइ अरु कसैको साथमा देख्दा कत्ती भारी पीडा र जलन भैरहेछ मलाइ यो सोचेर आफैलाई हासो पनि लाग्यो,, तर चित्त पटक्कै बुझिरहेको थिए जसको लागि म आएको हो उसैलाइ मेरो कुनै मतलब नै छैन,,,,,। अरु सबै गित गाउदै रमाइलो गर्दै छन,,, सबैको उदेस्य नै भरपुर रमाइलो गर्नु थियो,,। म भने अनौठो पिडामा थिए,,।पछाडी फर्केर नहेरु भन्यो मनले नै मान्ने के,,! त्यसैले मैले छिन छिन मै अमर अनि त्यो केटि तर्फ हेरिरहन्थे उनिहरु आफ्नै गफमा मस्त थिए,,। उहु म पटक्कै रमाउन सकिरहेको थिइन,,,झन उल्टै झर्को लाग्न थाल्यो मलाइ त सबै सङ्ग रिस पो उठ्न थाल्यो,,त्यसैले यी सब कुरा बाट दुर हुन चाहन्थे सो बरु ऐरफोनमा गित पो सुन्नु पर्यो भनेर मोबाइल निकालेको अमरको मेसेज आएको रहेछ,, जहाँ saanu aaja timi khub raamri dekhiyaki xau katti suhaayako thulathula gaz alu aakha ani gulaabi oTh like you" यस्तै यस्तै लेखिएको थियो,,। उस्को यो मेसेजले मलाइ आगोमा घिउ थपेको झै भयो,, मेरो रुपको झुटो बयान गरेर बिल्ला हानेको जस्तै भान भो,,। मुर्मुरिदै पछाडी फर्केर हेरे अमर त्यही केटि सङ्ग रमाइरहेको थियो,, अनि उस्को यो नौटङ्की देखि म हैरान भैसकेको थिए,,,, मन जलेर छेदबिच्छेद भए झै भएको थियो,,,। केहिछिन पछि बस रोकियो सबैले आफुलाइ चाहिने सामानहरु किन्न थाले,,अनि नास्ता पनि त्यही गरेर जाने सल्लाह भयो,,। मलाई भने अमर, त्यो युवती अनि मेसेज यिनै कुरा मानसपटल मा घुमेर चक्कर लागिसकेको थियो,,जति सम्झ्यो त्यति मन पोल्थ्यो त्यहि पनि बाहिर निस्किए छेवैमा धारो रहेछ,, पानी पिए त्यही बेला अमरले मेसेजमा गरेको रुपको बर्णन सम्झेर झोक चल्न थाल्यो अनि आफ्नो पुरै गाजल टीका बगाउने हेतुले बेस्सरी मुख धोइरहेको थिए परबाट अमर आएर.....

  छ      ...परबाट अमर आएर भन्न थाल्यो "तिमिलाइ आफू माथी खुब घमन्ड छ है,मेरो हरेक कुरालाइ नेगेटिभ रुपमा लिन्छौ, आखिर किन,,? एक त तिमी आज टुरमा आउदिन भनेर म सङ्ग झुट बोल्यौ आउने रहेछौ त,,? यहि बाट थाहा हुन्छ तिम्रो मनमा म प्रती कतिको कदर छ भनेर,, मैले त तिमिलाइ मन पराउथे,,आफ्नै ठानेको थिए,सोचेको थिए एकदिन तिमिले मेरो भावना बुझ्ने छौ भनेर तर म सधै गलत हुन्छु,, तिमिलाइ मैले त्यही दिन घृणा गर्नु पर्ने हो जुन दिन बिनाकारण सबैको सामु झापड लगस्को थियौ अपसोस अन्जान अन्जान मै माया पो गर्न थालेछु तर तिमिले मेरो मन कहिल्यै बुझ्न सकेनौ सानी" यति भनेर उ त्यही युबतिलाइ लिएर सरासर होटल भित्र पस्यो,,। मेरो भने यता अमरको कुरा नै नसकिइकन आशुका ढिका झर्न थालिसकेका थिए,, धन्नै भर्खर मुख धोएकोले कसैले पनि आँसु र पानीमा फरक छुट्याउन सकेनन,,। मेरै अगाडि दिनदाहरै पराइ केटि सङ्ग अङ्गालो मारेर हिडिरहेछ अझै उसैको ठूलो कुरा,,! मन त आज खुब मेरो पो दुखिरहेको थियो त किनकी जिबनमा यदि कोहि मेरो भावना,मर्म बुझ्ने सक्ने साथी थियो भने त्यो अमर नै थियो।उ सङ्ग जति नजिक म अरु कोहि सङ्ग भएको थिइन र त्यसरी दुख सुख पनि बाडेको थिइन।मनमा कतै कतै उ प्रती प्रेमका मुनाहरु पलाउन थालिसकेका थिए त आज अमरलाइ त्यो केटि सङ्ग देख्दा मेरा सबै आशा र सपनाहरु नफ्रकदै ओइलाएको फुल जस्तै भएका थिए,।मेरो मनमा पिडाको आगोले जलिरहेको थियो,,भित्र भित्रै छटपटाइरहेको थिए, तथापी पिडालाइ सकेसम्म बाहिर नदेखाउने प्रयत्न गरिरहेको थिए। सबैको खाजा खाने कार्यक्रम थियो त्यसैले होटल भित्र गैसकेका थिए। म पनि गए, एक फेर चारै तिर नजर डुलाए कोहि चाउचाउ,कोहि चाउमिन,कोहि थुक्पा,कोहि मम सबैले आ आफ्नै रोजाइको खाजा खाइरहेका थिए। यति बेला त्यो युबती रमा सङ्ग बसेर चाउमिन खाइरहेकी थिइ भने अमर र उस्का केही साथिहरु अलि भिन्नै बसेर बियर पिईरहेका रहेछन,। मलाइ देखेर रमाले सोधी के खाने सानू भनेर तर त्यो युवती पनि सङ्गै भएकोले मलाइ रमा सङ्ग बोल्न मन लागेन त्यसैले छुट्टै बसेर चटपटे खान थाले,।सबै गफ गर्दै रमाइलो गर्दै खाइरहेका थिए, विशेष गरि बियर पिएर बस्ने अमर र अरु केटालाइ हासो हासो मै जिस्काउने,गिज्याउने,टुरमा नपिउनु भन्दै सम्झाउने,व्यंग्य गर्ने जस्तो गरिरहेका थिए भने पिउने तिनिहरु उल्टै ठूला ठुला कुरा गर्दै पिइरहेका थिए। त्यतिकैमा हास्दै अमरले भन्यो " हेर साथिहरु तिमिहरुलाइ यसको स्वाद नै थाहा छैन ,,,होस पनि कसरी,,? यो तिमिहरु जस्तो केटाकेटिले पिउने चिज होइन,,। अनि डियर केटिहरु तिमिहरु धेरै किचकिच नगर न हौ किनकी यो बियर बनेकै हामी जस्तो मर्दको लागि हो अनि हामिले नै नपिउने भए यसको के काम भन त" तत्काल अमरले एउटा ग्लास भरी बियर साह्र्यो अनि देखाउदै भन्न थाल्यो "नपत्याए ल आओ एउटा गेम खेलौ यो एक ग्लास बियर सबको सामु एकैचोटी पिउने कोहि केटि छ,,? यदि छ र यो गेम जित्यौ भने मान्छौ कि केटि पनि हामी भन्दा केही कमि छैनन कि कसो केटा हो ,,,,?यो जित्नेलाइ हाम्रो तर्फबाट आजको टुरको खर्च पनि दिनेछौ,,। छ कोहि ,,?कम अन गर्ल..." यसरी उस्ले खुलम खुल्ला च्यालेन्ज गरिरहेका थियो उस्को कुरामा सबै केटाहरु भए जति सबै दात देखाएर हास्दै गिज्याइरहेका थिए,,,बिचरा केटिहरु अँध्यारो अनुहार लगाएर बसिरहेका थिए हुन पनि हो त्यसै त गाउका केटिहरुले खासै बियर पिउदैनन,, यदि कोहि पिउने नै भए पनि आफ्नै स्थानमा कसैले नदेख्न्र गरि पिउथे होला,,!!! तर त्यहाँ गएर सबैको सामु पिउन सक्ने हिम्मत कसैले गर्न सकेनन,,, बरु सबैले हार स्विकार्न तयार भए, ,,,तर मलाइ भने हतपत हार स्विकार्य हुनै मान्दैन ,, यी छोरा मान्छेहरुले पिएर आफुलाइ खुब ठूलो मान्छे भएको भन्ठान्दछन अनि हामिलाइ केटिहरुलाइ हुतिहारा भनेर उल्टै बिल्ला हनिरहेका थिए जुन कुरा मैले पटक्कै सहन सकिन,,!! म आफ्नो ठाउँ बाट जुरुक्क उठे,,,, अनि अमरको नजिक गए,,! सबैले अनौठो मानेर मलाइ नै हेरिरहेका थिए,,तर मैले कसैलाइ नहेरिकन बियरको ग्लास उठाए अनि पिउन थाले,, तितो तितो,तह्रो खोइ कस्तो कस्तो तर साह्रै नमिठो जति जति निल्थे उति उति नै उभै फर्किन खोज्थ्यो,, त्यही पनि बाजि हार्ने डरले त्यो भन्दा पनि अमरको व्यवहार र त्यो युवती सम्झेर आँखा चिम्म गरे अनि ठुला ठुला घुड्किमा ग्लास रित्तो बनाए,। सबै आस्चर्यचकित भए,कमै केटिको अनुहारमा मात्र जितियो भन्ने सन्तुष्ट देखे अनि बिचरा अमर र अरु केटाहरु जिल्ल परेर हेरिरहे,,। त्यसपछि फेरि सबै जना बसमा चढ्यौ,, , पुन सबै साथिहरु गित गाउन र रमाउन थाले,,,मलाइ भने थोरै टाउको दुखे जस्तो हुँदै थियो त्यहिपनी सबैको सामु गएर गित गाइ गाइ,ताली बजाइ बजाइ,उफ्रि उफ्रि नाच्न मन पो लाग्यो,, अहिले त मलाइ कुनै पिर सुर्ता पनि थिएन ,,,। अमर जतासुकै जावस यसको पनि मलाइ कुनै मतलब भएन। जीवन मै पहिलो चोटि हदै भन्दा ज्यादा रमाइलो गर्दै हलेसी पुगियो,,। सबै साथिले भौमानको दर्शन गरे म आफ्नै सुरमा थिए र म पनि के कम भौमान सङ्ग निकै बेर गफ गरे,, अनि साथिहरु वरपर घुम्ने रमाइलो गर्ने,फोटो खिच्ने काम गर्न थाले ,,,, मैले पनि खत्रा खत्रा पोज दिए तर मेरो फोटो कसैले खिचे या खिचेनन याद भएन,। केहिबेर पछि मलाइ कसैले समाएर बस भित्र हुले,, बस फर्कियो,, मलाइ निकै चक्कर लागिरहेको थियो एक्कासी बमिट गर्न थाले बसको सिसा भरी फोहोर लाग्यो,,,, एकजना मान्छे आयो र त्यो सफा गरिदियो अनि मलाइ पानी खान दियो आफ्नो खल्तिबाट रुमाल निकाल्यो र बेस्सरी मेरो टाउको कसिदियो,अनि मेरै छेवको सिटमा बस्यो। टाउको बाधेपछी बमिट हुन अलि कम भयो र यसो उस्को अनुहारमा हेरे त्यो अरु कोहि नभएर उहीँ अमर रहेछ,, । मलाइ रिगाटा लागिरहेको थियो,, त्यसैले अमरको कुममा सिरानी गरेर ढल्किए,, बस आफ्नै गतिमा गुडिरहेको थियो,, साथिहरु गित गाएको चर्को आवाज घन्किरहेको थियो #पानी_पर्यो_असिना_झर्यो_दाइको_रुमाल_भाउजुलाइ_मनपर्यो .....

   सात..... #भाउजुलाइ_मनपर्यो । यस्तै यस्तै रमाइलो गर्दै साझमा दिक्तेल आइपुग्यौ,,। मेरो हालत खराब भएकोले मलाइ अमर र रमाले एक्लै घर जान दिएनन ,,! उनिहरुको घर टाडा भएकोले ले दिक्तेलमा नै कोठाभारा मा बस्थे त्यसैले मलाइ उनिहरु कै रुममा बस्न भने,,रात झम्क्क परिसकेको थियो घर पुग्न झन्नै एक घन्टा लाग्थ्यो त्यसमाथी दिउसोको बियरले पनि छोडिसकेको थिएन बमिट गरेको कारण म बिरामी जस्तै भएको थिए त्यसैले रमाको रुममा नै सुत्ने कुरा स्विकारे! मलाइ खाना भन्दा पनि टाउको दुखेर बढी निद्रा र थकाइ लागेको थियो, त्यसैले रमाको बेडमा ढल्किए एकैछिनमा निद्रा देबिको प्यारी भएछु,,,। बिहान सबेरै निन्द्रा खुल्यो म सुतेकै बेडमा रमा अनि त्यो अपरिचित युवती दुबै जना मस्त निदाइरहेका थिए,म भने हिजोको दिन सम्झन थाले घर जान पनि सकिन बाबा र सानिमाले के सोच्नु भयो होला,? त्यसरी घर छोडेर कहिल्यै हिडेको थिइन,,फेरि हामी छोरी मान्छेले एक रात बाहिर बस्ने साथै नानाथरी कुरा काटेर उस्को चरित्र माथी नै औला उठाउन बेर लगाउदैनन,हाम्रो समाजमा नारिलाइ हेर्ने दृस्ठिकोण नै फरक छ। हिजो बियरले पनि निकै मज्जाले भेटेछ,मातेको बेला के के गरे त्यो पनि याद छैन। साथिहरुले पनि के सोचे होलान,अब सबैको अगाडि कलेजमा कसरी मुख देखाउने होला,,? यस्तो त जिबनमा कहिल्यै भएको थिएन,,अमरले पनि के सोच्यो होला,? यस्तै कुरा मनमा खेलाइरहेको थिए। रमा पनि बिउझिइ अनि मैले त्यो युबतिलाइ देखाउदै भने "उ चाहिँ को हो नि?" रमाले तराइबाट आएकी मामाकी छोरी हो हामी सङ्गै हलेसी घुम्न जान भनी आएकी भनी,। मैले त हिजो अमरको गर्लफ्रेन होला भन्ठानेको थिए तर होइन रहिछ। बेकार अमरलाइ गलत सोचे, उस्ले ठिकै भनेको रहेछ मैले उस्को भावना बुझ्नै सकेको रहेनछु,उस्ले त मलाइ साचै माया गर्दो रहेछ ,अनि रमालाई पनि थाहा रहेछ यी कुराहरु किनकी उस्ले भन्दै थिइ "के छ बिचार सानू ? मेरो दाइले त रातदिन तेरो मात्रै कुरा गरिरहनुहुन्छ ,,तेरो लागि फिदा फिदा हुनुहुन्छ ,बन्छेस होइन त मेरो भाउजू ,,?मलाइ थाहा छ तैले नि अमरलाइ मन पराउछेस प्लिज नाइ न भन ल मेरो दाइको खुसी अब तेरो हातमा छ तैले अमर दाइ जस्तो माया गर्ने मान्छे अरु पाउदिनस यार" रमाको कुरा सुनेर म ढुक्क भए अनि खुसी पनि किनकी अमरलाइ मैले पनि चाहान थालिसकेको थिए। बिहान भयो घाम उदायो, सारा सन्सार जगमगायो,आजको बिहानीको रङ्ग नै मलाइ केही खास लागिरहेको थियो। रमा र त्यो युवती हाट गए,मलाई भने चिया पिइसकेर घर जानु थियो।अमर अझै पल्लो रुममा सुतिरहेको थियो,मलाइ एकपटक अमरलाइ नभेटि फर्कनै मन लागेन। निकैबेर कुरे त्यही पनि अमर उठ्ने छाटकाट देखिन त्यसैले सोचे एकपटक उस्लाइ हेरेर चाहिँ जानू पर्यो,त्यसैले उस्को रुममा गए ढोका खुल्लै रहेछ,, अमर सुतेर नै मोबाइल खेलाइराको रैछ मलाइ देखिहाल्यो, म त कतै नभएर लाज पो लाग्यो त्यसैले हतार ढोका पछाडी लुके! उस्ले हास्दै बोलायो "ओए काली यता भित्र आउ त" मैले बाहिर बाट नै प्रस्न गरे "म काली छु र?" उस्ले भन्यो "छैनौ मायाले बोलाएको नि लाटी" मैल ए भन्ने छोटो जवाफ दिए। उस्ले फेरि भन्यो "तिमी सङ्ग धेरै कुरा गर्नु छ भित्र आउछौ कि म मेसेज लेखेर सेन्ट गरु,,?" उ हास्यो म पनि हास्दै भित्र पसे,,! उ सुतिरहेको थियो,म बेडको छेउमा बसे,। उस्ले केही गम्भीर भए जस्तो गरेर भन्यो "तिम्रो ब्वाइफ्रेन्ड छ,,?" उस्को यो प्रस्न सजिलो थियो त्यसैले मैले केही सोच्न जरुरी ठानिन त्यसैले छैन भन्दिए,,अनि उस्ले भन्यो "मेरि त छे एउटि मनकि रानी हेर्ने हो उस्को तस्बिर,,?" मैले हो भन्ने पारामा टाउको हल्लाइदिए,, अनि उस्ले मोबाइलमा खोजेर मेरै फोटो पो देखायो,। मैले हेरे मात्र सायद उस्ले म बाट चाहे जस्तो प्रतिकृया नपाएर होला फेरि भन्यो "हो सानू म तिमिलाइ एकदमै मन पराउछु, अनि धेरै माया पनि गर्न थालेको छु भन के तिमिलाइ मेरो प्रस्ताब मन्जुर छ,,?" मनले त छ भन्न चाहेको थियो तर मुखले केही बोल्न सकिन,, अमरले मेरो अनुहारको भाब हेरेर नै बुझिसकेको थियो होला मैले उस्लाइ स्विकार्छु भनेर त्यसैले उस्ले अरु धेरै प्रेमिल बातहरु गर्दै गयो,मलाइ सधै माया दिने,खुसी राख्ने,कहिल्यै नबिछडिने, दुखसुख जे परेनी साथ दिइरहने ,यस्तै यस्तै बाचाहरु गरिरहेको थियो म उस्का एक एक कुराहरुमा भावुक भएर सुनिरहेको थिए,,।उस्ले केही सङ्कोच मान्दै सोध्यो "के भो सानी किन केही नबोलेको तिमिलाइ मेरो कुरा मन परेन हो?" मैले होइन भन्ने सन्केत दिए,,अनि उसले किन नबोलेको त भन्यो,,मलाइ त त्यो पल के भयो भयो भन्न चाहान्थे धेरै कुरा तर दिमाग शून्य जस्तै भएको थियो,यस्तो लाग्थ्यो कि मैले बोल्ने सबै कुरा अमरले नै बोलिदियो,अरु बोल्ने कुरा नपाएपछी अमरलाइ गिज्याउने पारामा भने "हजुर त कस्तो अल्छे मान्छे बहिनिहरु बजार पुगेर पनि फर्कन आटिसके तपाईं भने उठ्नु भएकै छैन," अमर फेरि बोल्न थाल्यो "हेर काली बरु म सात दिन भोकै बस्न सक्छु तर बिहान चाडै उठ्न सक्दिन,अब त झन के को पिर तिमी जस्तो ज्ञानि श्रीमती पाउने भएको छु? बिहेपछी तिमी सबेरै उठ्नेछौ,अनि मेरो लागि मीठो चिया पकाएर लिएर आउनेछौ, अन मलाइ भन्ने छौ "ए हजुर अब त उठ्नुस न चिया चिसो भइसक्यो," अनि म यसरी नै अल्छी गर्दै उठ्नेछु,चिया भन्दा पहिला तिमिलाइ पप्पी गर्नेछु,तिमिले मीठो मुस्कान दिएर उज्यालो भइसकेको संकेत दिनेछौ, म खुसि भएर चिया पिउन थाल्नेछु तिमी फेरि भान्सामा जानेछौ अनि भन्न थाल्नेछौ, "मेरो कुरा सुन्नु भयो यहाँ घरा नुन छैन,चिनी छैन,तेल छैन,साबन पनि छैन," म दिक्क मानेर भन्नेछु "अस्ति भर्खर ल्याएको चिनी एति चाडै सकियो?" तिमी रिसाउदै भन्ने छौ "तरकारिआ हालेर सके" अनि मैले भन्नेछु "गुलियो भाको भए चिनी पनि सकिन्थ्यो" अनि तिमी झन चर्को स्वरमा भन्नेछौ "नुनिलो भर नै नुन पनि सक्केको छ गाइबस्तुलाइ चिनी दिन भन क्यारे" अनि मैले केही बुझे जस्तो भर सोध्नेछु "साबन पनि सक्या हो?" तिमिले अझै व्यंग्य गर्दै भन्नेछौ "सकिन्न त गाइबस्तुलाइ नि साबनले नुवाइदेर तिनका जिउमा पनि तेल लाइदेसी" ....

  आठझनै व्यंग्य गरेर भन्नेछौ "सकिन्न त गाइबस्तुलाइ नि साबनले नुवाइदेर तिन्का जिउमा पनि तेल लाइदेसी" यति सुने पछि म चुप लागेर आफ्नै काम तिर हिड्नेछु ,तिमि जितेकोमा मन मनै खुसी हुनछौ अनि तिम्रो खुसी नै मेरो खुसी हुनेछ,,। यसरि अमरले काल्पनिक मिठा,मिठा कुरा गरिरहेको थियो अनि म तिनै शब्द भित्र डुबुल्की मारिरहेको थिए,,। हिजो टुर जान भनि हिडेको मान्छे म आज सम्म घर पुगेको थिइन, त्यसैले अमरलाइ अब जान्छु ल भोलि कलेजमा भेट्ने भनेर त्यहा बाट हिडे। मनमा डर लागिरहेको थियो बाबाले पक्कै गाली गर्नुहुन्छ होला भनेर तर खुशिको कुरा बाबा घरमा हुनुहुन्न रहेछ। आजको अलमलले कलेज पनि छुटिसकेको थियो,,त्यसैले घरमा नै काम गरेर बसे, मन चौपट्टै खुसी थियो,, बिना कारण पनि ओठहरु बेला बेलामा मुस्कुराइरहन्थ्यो,, बिल्कुल नै नया भन्दा नया फिलिङ्गहरु म मा आउथे र जान्थे, फेरि उहीँ अमरलाइ भेटिरहु जस्तो उसै सङ्ग बोलिरहु उस्कै ती मिठा बातमा भुलिरहु जस्तो,, कोहि कसै सङ्ग प्रेममा परेको कथा,कहानी,उपन्यास अथवा सिनेमामा मात्र देखेको थिए,, आज आफैले महसुस गरिरहेको थिए,, मायामा परेपछी जीवन रङ्गिनलाइ कुनै रङ्ग चाहिन्दैन भन्थे सा चै हो रहेछ,म भित्रका ती सपना नै रङ्गिन थिए। जीवन जिउने छुट्टै जोस जागरहरु थिए,,त्यसैले चाडै नै घरको काम सकाएर रुम मा गए,, चंचलता भनौ या प्रेमको पहिलो असर मलाइ त दराजमा राखिएको ममिको रातो साडी पो लगाएर हेर्ने रहर पलाएर आयो,सन्सारमा मन भन्दा जिद्दी अरु के नै होला र,? मैले पनि यहि मनलाइ खुसी पार्नकै लागि भएपनी साडी झिकेर लगाउन थाले! यहाँ भन्दा पहिले कहिल्यै लगाएको थिइन त्यसैले होला निकै मुस्किल पर्यो,, तसोतसो लगाए अनि ऐना अगाडि उभिए कालो टीका फालेर रातो टीका लगाएअनि हेरे मलाइ आफू एत्ति राम्री छु होला जस्तो कहिल्यै लागेको थिएन जति आज देखे, आफैलाई हेरेर आफै दङ्ग थिए,मख्ख थिए,हो म उस्को प्रेम मा थिए। पागल झै थिए,जे थिए हदै भन्दा खुसी थिए, ,हिजो सम्म बगबास लाग्ने सन्सार आज सुन्दर थियो मेरो नजर मा। यसरी नै दिनहरु बित्दै गयो पढाइ सङ्ग सङ्गै हामी बिचको प्रेम पनि झाङ्गिदै गैरहेको थियो,, कलेजमा दिन दिनै भेट हुन्थ्यो,, बोलचाल नभएपनी हेर्ने र मुस्कान साटासाट गरिन्थ्यो अनि बाटो अथवा घरमा फोन र च्याटमा कुरा भैरह्थ्यो,,तर जति बोल्यो उति बोलु बोलु लाग्ने,,जति देख्यो उति हेरिरहु लाग्ने,जति सम्झ्यो उति उसैको यादमा हराइरहु लाग्ने,। अमरले पनि मलाइ माया हद भन्दा ज्यादा नै गर्न थालेको थियो। हाम्रो लागि सनिबार पनि न आइदिए हुन्थ्यो जस्तै लाग्थ्यो एक अर्कालाइ देख्न नपाइने भएकोले त्यही पनि छुट्टिको बेला कहिलेकाही घुम्न नया ठाउँ अनि सिनेमा हल तिर जान छोडिएन, कहिलेकाही सानो तिनै कुरामा नि झगडा हुन्थ्यो,तर गल्ती मेरै भएनी माफी चाहिँ अमरले नै माग्थ्यो, उस्लाइ तड्पाउन र सताउन मन लाग्थ्यो र जानी जानी बिनाकारण नै पनि रिसाइदिन्थे, रिसाएको मान्छे फकाउने कला त्यति कसैको छैन होला जति मेरो अमर सङ्ग थियो। प्रेम भनौ या आदत हामि एक अर्का मा छुटेर बस्नै सक्दैनौ जस्तो महसुस हुन थालेको थियो। अमरको यति धेरै माया र साथ पाउँदा म आफू सन्सारकै सबै भन्दा भाग्यमानी केटि हु भन्ने घमण्ड म मा पलाउन थालेका थिए। सानामा आमाबाट नपाएको प्यारको महसुस आज अमरको साथबाट पाइरहेकी थिए। जीवन हासो अनि खुसी यिनै सब्दको अर्थ मलाइ अमरले सिकाइदियो,। बाच्नको लागि खुसी भन्दा ठूलो कुरा के होला र,?म त हरेक प्रेमिल गितहरु मेरै लागि बनेको जस्तै गरेर सुनिदिन्थे, उपन्यास पढ्दा होस या सिनेमा हेर्दा त्यहाको मुख्य नायक हेरो अमरलाई सम्झन्थे अनि आफुलाइ हेरोइन,। त्यहा भित्रको प्रेमकहानी आफ्नै झै लाग्थ्यो हेर्दै जादा सुखद अन्त्य भयो भने अमरलाइ पनि देखाउथे,कतै दुखद अन्त्य भयो भने बेस्सरी रोइदिन्थे,,यहाँ सम्म कि बाटोमा कसैको बिहे देख्यो भने पनि बेहुलाको रुपमा अमरलाइ नै सम्झन्थे अनि म उस्को बेहुली,, यसरी नै डुबेको थिए,उस्को प्रेम मा कहिल्यै निस्कन नसक्ने गरि,, त्यसैले त भन्छन माया अन्धो हुन्छ या त फेरि मायामा मान्छे पागल हुन्छन भनेर र यो जायज पनि हो,,। बर्षदिन भन्दा बितिसकेको पनि पत्तै भएन हामिलाइ एक अर्काको मायामा परेपछी । समयको आफ्नै बेग थियो हुदा हुँदै अमरको कलेज पनि सकियो। अब पढ्नको लागि अमर काठमाडौ जानू पर्थ्यो,।उसले जाने निर्णय पनि गर्यो तर मेरो मनमा भने उ बाट छुटिनु पर्ने भएकोले पीडा आगो सल्किरहेको थियो।अब त्यसरी हामी दिन दिनै एक अर्कालाइ भेट्न र देख्न नपाउने भैयो यहि कुराले हामी दुबैलाइ सताइरहेको थियो,,फेरि त्यसो भन्दैमा अमरको पढाइ रोक्ने कुरा पनि त आएन,,। उ जाने कुराले मलाई उदास देखेर होला अमरले सम्झाउदै भन्यो "धत लाटी किन एति धेरै निरास भएकी तिमी म टाडा जान लाको हो र त्यही काठमान्डू त हो नि हेर केही पाउन केही गुमाउनु पर्छ म उहाँ गएर राम्रो पढ्छु उतै कुनै जब पनि खोज्नेछु ,, यो सब गरेको तिम्रै लागि त हो नि काली,,म बाचेको नै तिम्रो लागि हो। अहिले तिम्रो बिहे गर्ने एज पनि भैसकेक छैन तिमि राम्रो पढ्दै गर म बेला बेलामा भेट्न आइरहन्छु, राम्रो जागिर मिल्यो भने यहि आउने साल नै तिमिलाइ बेहुली बनाउछु,," उस्ले यसरी मायाले सम्झाइरहदा मेरा आँखा रसाइसकेका थिए अनि भने "अमर हजुर को साथमा रमाउने बानि परेको छ मलाइ त्यसैले गाह्रो हुन्छ होला म यता तड्पिएर बस्छु हजुर उता सहरको रमझममा मलाइ बिर्सनु भयो भने ,,यदि हजुरको मन बद्लियो भने छोरा मान्छेको मन त हो अन्त कतै नजर लगाउनु भयो भने,, म के गरु" यति भनेर भक्कानिएर रुन म थाले उस्ले मलाइ बिस्वास दिलाउने कुनै वाक्य नभेटेर अनि मेरो आँसु हेर्न नसकेर,मेरो मन बुझाउन कै लागि होला सायद छेवैमा भएको ब्लेडले थोरै हात काट्यो अनि मेरो मेरो दिउदोमा लगाउदै भन्यो "अब त सन्का नगर तिमिलाइ मैले आफ्नो बनाइसके अब हामी बिच कोहि आउने छैन म तिमी बाहेक अरु सोच्ने पनि छैन लभ यु काली" म उस्क अङ्गालोमा बेस्सरी रोइरहे उस्ले आखाभरी आँसु बनाउदै सुम्सुम्याइरह्यो.....

  नौ...उस्ले आखाभरी आँसु बनाउद सुम्सुम्याइरह्यो। निकै मुस्किलले मैले उस्लाइ जाने मन्जुरी दिए। लगतै उ काठमाडौ गयो र पढ्न थाल्यो,, केही दिनमा सानोनितो जब पाएको कुरा पनि बतायो। उ काठमान्डू बस्न थालेको पनि छ महिना बितिसकेको थियो, त्यही पनि मलाइ कहिल्यै टाडा भएको जस्तो महसुस हुन दिएन, बेला बेलामा फोन आइरहन्थ्यो,। ,दिनभर कामको बोझ अनि थकाइको बाबजुत पनि हरेक रात निदाउनै पर्छ भन्ने छैन यो कुरा हाम्रो बुझाइमा थियो,, हामिले त्यस्ता कयौ रातहरु एक अर्का सङ्ग च्याट गरेर नै उज्यालो बनाएका थियौ,,,,त्यहि पनि आफुलाइ कहिल्यै अनिधो भएको आभास भएन किनकी हामिले बाकीको जिन्दगिमा देख्ने सपना नै अब एकअर्का माथी नै सिमित थिए। मैले पनि उस्कै यादमा दिनहरु खुसी खुसी बिताउन सिकिरहेको थिए,।बडो अजिबले आउथे उस्का यादहरु पनि ,,घरी केही नभए पनि सबथोक पाए जस्तो,घरी सबथोक भएर के नपुगे नपुगे जस्तो,,,यदि यो जीवन फुलेको फुल हो भने पनि उस्कै अन्जुलिमा झरिदिउ जस्तो,,, उहिमाथी समर्पित हुने तन मन दुबैको चाहाना भए जस्तो,,,यस्तै यस्तै निस्चल भावानाहरु उर्लिएर आउथे,मनै फिदा फिदा भैदिन्थ्यो अमरको यादमा ।साचै!!! कसैको यादमा डुबे जस्तो मीठो आभास अरु के मा होला र है,,। हो,, मलाइ त जति टाडा उति माया गाडा भने जस्तै भएको थियो तर एकदिनको कुरा हो अमरले बिहानै निद्राबाट नबिउझी नै सधै झै फोन गरेन,, मैले सोचे सायद आज उस्लाइ निकै निन लागेर फोन न नगरेको होला,,!! निदाइरहेको होला त्यसैले डिस्टप नहोस भनेर मैले नि फोन गरिन,,। अमर बिउझिन्छ अनि फोन आउँछ भनेर कुर्दा कुर्दै नौ बजिसक्दा पनि उस्को फोन आएन।अनि म आफैले फोन ट्राइ गर्दा मोबाइल स्विच अफ छ भन्ने जानकारी आयो। मलाइ छटपटी लाग्न थालिसकेको थियो त्यसरी नै दिनभर फोन हानिरहे उस्को मोबाइल अफ नै थियो सायद अफिस गएको होला भनेर मन बुझाए,,तर दिन बितेर रात परिसक्दा पनि न त अमरको फोन नै आयो न त उस्को मोबाइल नै अन भयो!! राती अबेर सम्म उस्लाइ ओनलाइनमा कुरेर बसे त्यही पनि अमर आएन,,म तड्पिन थालिसकेको थिए मलाइ एक एक पल भारी सुर्ता लाग्न थालिसकेको थियो,,मनमा नानाथरी सन्का आसन्का र डरहरुले कब्जा जमाइसकेका थिए। अमरको फोन अथवा मेसेज आउला भन्ने आश हरु निराशमा परिणतमा भएर तीन दिन बितिसक्दा पनि उ सम्पर्कमा आएन। तिनदिन पछाडी रातको अबेर एघार बजे तिर फेसबुकमा अमरलाइ देखे,, धेरै पटक मेसेज पठाएपछि मात्र उस्ले जवाफ दिन्थ्यो यसरी कुरा गरिरहेको थियो कि मलाइ उस्ले चिन्दै चिन्दैन,,।अमरमा अचानक देखिएको यो परिबर्तनले म तर्सिए अनि भने "अमर यो हजुरको के पारा हो यतिका दिन हजुर कहाँ हराउनु भएको थियो,,मैले कति फोन गरे मोबाइल पनि अफ थियो,, के भएको छ,, बिरामी हुनु भयो कि ,,? अरु नै केही समस्या भएर यस्तो गर्नु भएको हो आज पनि मन लगाएर बोलिरहनु भएको छैन के भयो किन रिसाउनु भयो कि म बाट कुनै गल्ती भयो र,?" उता बाट निकै बेरमा जवाफ आयो "म ठिक छु मलाइ केही भाको छैन" अनि मैले भने "त्यसो हो भने यसरी किन सम्पर्कबिहिन हुनुभएको त हजुरलाइ थाहा थिएन म एकदिन नबोली बस्दा कति तड्पिन्छु भनेर!!" उस्ले तत्काल जवाफ यस्तो फर्कायो "गए त्यस्ता दिन ,म बाट अब केही आस नराख्दा हुन्छ,मलाइ तिमी सङ्ग बिहे गर्नै मन छैन " उस्को यो कुरा भने मलाइ बुझ्दै नबुझेको जस्तो लाग्यो पहिला त सोचे अमरलाइ आज म सङ्ग झगडा गर्ने मुड भएर मेरो मन चोरेको होला भनेर,त्यही पनि मेरो बिस्वासको पहाड ढल्मलाए झै भैसकेको थियो र पनि उस्को अगाडि निर्धक्क भए जस्तो भएर भने "किन नि तेस्तो म नै त हु हजुरलाइ धेरै माया गर्ने ,सताउने फकाउने ,हसाउने रुवाउने जिबनसाथी हाम्रो त बिहे पनि भैसक्या छ नि कालु" सोचेको थिए उस्ले जवाफमा अब मलाइ पहिलाको जस्तै वाइफ भनेर जिस्काउने इत्रिने काम गर्छ तर उस्ले जवाफमा "म यो केटि सङ्ग बिहे गर्दैछु" भनेर कुनै राम्री केटिको तस्बिर पठाइदियो,!! अनि मैले भने "प्रमिस?" उस्ले निकैबेर पछि भन्यो "प्रमिस!" मैले उस्को यो जवाफ स्विकार्नै सकिन किन कसरी के भनेर हजार प्रस्न गरे तर उस्ले मेरो सवालको एउटै जवाफ दियो "sorrry" त्यसपछी हतार उ अफलाइनमा गयो।उस्को यो सरिले मलाइ घाउमा नुन चुक छरे जस्तै भयो,, मलाइ त आफुले सपना देखे जस्तै लाग्न थाल्यो अमरको यो कुरा मेरो लागि कुनै ज्वालामुखी भन्दा कम थिएन,,! हिजो सम्म अब चाडै फर्किएर आउछु,सङ्गै लान्छु ,हाम्रो सपना पूरा गर्छु भन्ने लाई म सङ्ग बिहे गर्न मन छैन रे!के यो साचो हो त अह हुनै सक्दैन मेरो अमरले मलाई धोका दिनै सक्दैन म बिना उस्को जिन्दगी कसरी पूरा हुन्छ त,,? अमरले पनि माया गर्छ मलाइ फेरि म बाहे अरुको कसरी हुन सक्छ उस्ले कुनै दिन मेरो दिउदो रङ्गाएको थियो त्यो सब कसरी भुल्न सक्छ,,, तर यथार्थले मलाइ गोमन साप झै टाउको उठाएर डस्न आयो! किन बद्लियो अमरको मन,मेरो मायामा के कमि थियो र उस्ले आज अर्कैलाइ अपनाउने कसम खायो, कत्ती मेहेनतले सजाएको सपनाको घर आज भताबुङ्ग भएर भत्कियो,,!! मेरो शरीरमा करेन्ट लागे जस्तै भएर काप्न थाले मुटु यसरी धड्किरहेको थियो कि अब यो चाडै बन्द हुनेछ !!! जो बिना एकपल बित्दैन जस्तो लाग्थ्यो आज आएर उसैको बेगर जिउनु पर्ने यो कस्तो बाध्यता हो त्यसो त अब मलाइ बाच्न सङ्ग नै बिद्रोह गर्न मन लाग्यो,,आफ्नो यो बन्द कोठा पिजडा जस्तै लाग्न थाल्यो यस्तो पिजडा जहाँ म सास फेर्न नसकेर निस्सासिइ रहेकी छु,,एक्कासी कोठाको ढोका खोले रातको 12 बजेको थियो होला त्यो निष्पट अध्यारोमा आफ्नो पाइला अन्दा न धुन्दा अगाडि बढ्दै गए.....

  दस...पाइला अन्दा न धुन्दा अगाडि बढ्दै गए। नभन्दै म केही छिनमै यहि ठूलो ढुङ्गा माथी पुगेछु,,जुन खोलाको बिचमा अबस्थित छ। मुनि अग्लो छागो भएपनी माथी भने राम्रो फराकिलो,दुई चार जना मजैले बस्न मिल्ने छ,,,। म सानै हुदा पल्लाघरे हजुरामाले भन्नुभएको थियो मेरो मामुलाइ गोठालो गएको बेला ब्यथाले चापे पछि ,त्यही ढुङ्गा माथी बसेर मलाइ जन्माउनु भएको थियो रे!त्यहिकारण म कुनै दिन,, कुनै पल मामुको धेरै याद आयो अथवा अरु कुनै दुख र असह्य पीडा भयो भने त्यहि पुगेर घोप्टो परेर रुन्थे लाग्थ्यो म मेरै आमाको काखमा बसेर रोइरहेकी छु,, कहिलेकाही सानिआमाले पिट्दा या गाली गर्दा पनि म सोही ढुङ्गामा गएर मामु भन्दै बेस्सरी रुन्थे अनि मन हलुका बनाएर फर्कन्थे। आज पनि त्यही पुगे तर अरुबेला भन्दा फरक पीडा बोकेर यो मध्यरातमा ,,डङ्ग उत्तानो परेर लडे मुटु भित्रै बाट भक्कानिएर आयो अनयासै क्वा क्वा रुन थाले,,, चिच्याइ चिच्याइ रुन थाले "मामु म अमर बिना बाच्न सक्दिन,,,, म उस्लाइ आफुलाइ भन्दा पनि बढी माया गर्छु,,,उस्ले मलाइ किन त्याग्न खोज्दै छ मा....मु म अमर बिना कसरी बाचु" यस्तै यस्तै बर्बराइरहे,,रोइरहे आफुले माया गरेको मान्छे जो बद्लिसकेको छ जस्ले अर्कैलाइ चाहान्छ यो पिडाले मन मुटुमा झन झन पोल्दै गयो,,,। भदौको खहरेले मेरो आवाज टाडा सम्म पुग्न नदिए पनि छेवैको बासको झाङ्गमा बाँस बसेका सयौ जोडि चराचुरुङ्गिको भने निद्रा पक्कै बिथोलियो होला,,यदि ति पन्छी बोल्न सक्ने भए तिनिहरुले त यो बिछोडले पीडा बुझेर नरुन भनी सम्झाउन आउथे होला,,। जति मन सम्हालेर मैले आफ्नो रुवाइ रोक्न खोजे उति नै मुटु भित्रबाट ज्वालामुखी विस्फोट नै होला जस्तो भयो,,,अब मैले रुने क्रममा बार बार आफ्नो टाउको ढुङ्गा माथी ठोकाउन थाले,,,, मेरो यो अबस्था माथिबाट मामुले देख्नु भएछ क्यारे सायद,, उहाँ पनि झरी बनेर रुन थाल्नु भयो। निकै ठूलो पानी पर्यो,,, । अब म रुदा रुदा थाकिसकेको थिए,, आकासको त्यो पानी,टाउको फुटेर आएको रगत,,अनि दुई आखाबाट बगेका आँसु तछाड मछाड गरेर बगिरहे त्यहिपनी मेरो मनमा उठेको ज्वारभाटा कसै गरि साम्य भएन। अब मस्तिष्क सुन्यमा परिणत भए झै भान भो, कता कता थोरै चक्कर र थकाइ लागे जस्तो भैराको थियो आँखा बन्द भयो अनि त्यसपछी के भयो आफैलाइ थाहा छैन,,,। केही छिन पछि निकै जाडो भएजस्तो महसुस भयो,, होस सम्हालियो अझै सिम सिम पानी परिहेको थियो,, । पुरै कपडा भिजेको अनि टाउको बेस्सरी दुखिरहेको थियो,,,,,एकछिन त केही सोच्नै सकिन,,,सपना जस्तै लाग्यो अनि बिस्तारै सम्झिए,, त्यो सुनसान रातमा खोलाको बिचमा आफुलाइ एक्लै पाउँदा डर लागे जस्तै भएर आयो। जसोतसो घर फर्किए ।सारा सन्सार निदाइरहेको थियो। म आफ्नो कोठामा पसे र बेडमा पल्टिए। टाउकोमा लागेको चोट दुखिरहेको थियो त्यो भन्दा कयौ गुना बढी मन!! अमर प्रतिको मेरो बिस्वास र मायाको फुल ओइलाइसकेको थियो। अनि ती हजारौ बाचा कसम हरुको पनि निर्मम हत्या भैसकेको थियो,,। उ सङ्ग बिताएका एक एक पल मुटु आउथे अनि मुटु मै चोमोटेर जान्थे म बिछिप्त भएर मुर्छा पर्थे पल पल,, ,, धन्नै आशुको कुनै रङ्ग हुदैन नत्र त बिहान उठेर कुन धारामा लुकाउदै धुनु भनेर पिर पर्थ्यो होला!! आशुहरु बर्सिरह्यो,,मन जलिरह्यो म चिता माथी सुताइएको लास जस्तै भए,, आखाहरु टोलाइरहे रात फड्को मारिरहेको थियो मेरो लागि निदाउन न कुनै निद बाकी थियो न त देख्नको लागि कुनै सपना नै त्यतिकैमा मोबाइलमा बिहान पाच बजेको अलाराम बज्दै थियो बाच्ने आशामा तिमिले माया देखायौ माया भित्र विषघोली मलाइ पिलायौ म त मरे मरे ....

    अन्तिम भागम_त_मरे_मरे । जसिलोतसो उठे ,अनिधो र रातभरको रुवाइले अनुहार अनि आँखाको डिल सुनिएर अर्कैको जस्तो भएको थियो। टाउको बेजोडले दुखिरहेको थियो। आखामा आँसु भने अझै ओभाएका थिएनन,,,। तन मन दुबैको चोट लुकाउन कति दिन त घाँस दाउराको बहानामा जङ्गल तिर जान्थे र दिन भर उतै टोलाएर बस्थे अनि रातभर सिरानी भिजाएर बिताउथे। न त भोक प्यास थियो न निद्रा नै बस उहीँ अमरलाई भेटेर उसैको अङ्गालोमा धोको पुगुन्जेल रोइरहु जस्तो लाग्थ्यो।मलाइ त आदत नै भैसकेको थियो रातदिन अमर सङ्गै कुरा गरिरहने तर उसले उतै शहरतिर तेति राम्री केटि भेटेपछी म उस्लाइ किन सताइरहु के जरुरी छ र अमरलाइ अब मेरो यदि उ म बिना पनि हासिखुसी रहन सक्छ भने म उस्को सामु कहिल्यै पर्दिन,,कहिल्यै सताउदिन उस्को खुसिमा बाधा बन्दिन भनेर मुटुमाथी ढुङ्गा राखेर यस्तो निर्णय गरे अनि मोबाइल अफ गरेर राखे। दिनहरु बित्दै गए समयको आफ्नै गति छ आज अमर सङ्ग सम्बन्ध टुटेको पनि छ सात महिना भैसकेको छ,,यतिको समय मैले अमरको माया र साथ बेगर कसरी बिताए यो पिडालाइ बुझाउन सक्ने कुनै शब्द छैन सायद! सपनाको सुन्दर महल थियो,आगो लाग्यो,खरानी त बाकी थियो,त्यही पनि हावाले उडायो,बाकी,न कुनै सपना छ,, न त कुनै रहर,न खुसी न त हासो नै सब रित्तिएको छ,रह्यो त केबल याद,आँसु,चोट,पीडाहरु। बाच्न त बाचिरहेकी छु बाध्यतामा,,। सोचेको थिए समयले दिएको घाउ हो समयले नै निको बनाउछ तर खाटो समेत बसेन।अमर सङ्ग बिछडिए देखि मेरो मन पनि एउटा बेब्बिको जस्तै भएको छ बेलाबेलामा रोइरहनु पर्ने,,मनमा लागेको चोटको कुनै औषधि उपचार हुदैन किनकी दिलको घाउ कहिल्यै निको हुदैन,,बस समय बित्दै जादा सहने बानी पर्दै जाने रहेछ,जति रोए पनि आशु कहिल्यै सुक्दैन त्यसैले म पनि थोरै थोरै सम्हालिदै गए,झुटो हासो ओठमा देखाएर दिनहरु बिताउदै गए। हुर्केबढेकी छोरी घरमा सधै बिहेको कुरा चलिरहन्थ्यो,सकेसम्म बहामा बनाइ टारिदिन्थे किनकी अमर बाहेक अरुको भएर बाचु यो त मनले सोच्न नि मान्दैनथियो तर यो मङ्सिर महिनामा भने घरमा टार्नै नसक्ने गरि बिहेको प्रस्ताब आएको छ बाबाले भन्नुभयो "घरखान्दान राम्रो छ केटा पनि जागिरे नै छ यस्तो मौका गुमाउन हुन्न छोरी हाम्रो पनि इच्जत छ तेरो चिन्ता छ त एउटै छोरी होस कन्यदान गरेर पुन्य कमाएर मर्ने धोको छ छोरी तेरो अरु कोहि छ भने भन नत्र बिहे गर नानी" म बाबालाइ कसरी बुझाउ कि मेरो कोहि थियो जस्लाइ म हद भन्दा ज्यादा माया गर्थे तर अब मेरो रहेन भनेर मन भित्रका पिडाका पोका कसरी फुकाउ,? त्यसैले म मौन बसिदिए आखिर बिहेको कुरा फिक्स भएरै छाड्यो म भने फेरि रोइदिए उहीँ निस्ठुरिको यादमा। घरमा झक्कास बिहेको तयारी हुँदै थियो तर बिडम्बना म भित्र न त कुनै जोसजागर थियो न चाहाना र रहर नै हमेसा यस्तो फिल हुन्थ्यो कि म मरिसकेकी मुर्दा हु र घरमा बिदाइ गर्ने तयारी भैरहेको छ। नभन्दै बिहेको दिन पनि आयो इस्टमित्र नरनाता साथिभाइ सबै आए रमाइलो माहोल छ मेरो सामु एक अभागी पुरुष बेहुलाको रुपमा खडा छ, जसले आफ्नी श्रीमती यानिकी म बाट कहिल्यै साचो माया पाउदैन लाखौ सपना बुनेर आउने उस्लाइ के थाहा मेरो दिलमा उस्को लागि ठाउँ नै खाली थिएन भनेर! बिधिपुर्बक अग्निलाई साक्षी राखेर म अर्कैको भए भन्ने कुरा पनि साबित गरियो।मलाइ अन्माउने तयारी भैरहेको थियो त्यतिकैमा रमा आएको देखे अमरको अत्यासले होला सायद उस्को अङ्गालोमा धेरैबेर रोए उ पनि रोइ त्यसपछी केही पर लागि अनि उस्ले अमर दाइले पठाउनु भएको भनेर एउटा उपहार दिई।जसले मेरो जीवन आँसु आशुमा डुबायो उसले के उपहार दियो मलाइ हेर्न मन लाग्यो र मन दह्रो बनाएर भिडभाड देखि केही पर गएर खोले, जहाँ माथी नै एउटा पत्र थियो अनि जहाँ यस्तो लेखिएको थियो "काली,खुसी लाग्यो सानू तिमिले नया जिन्दगी सुरुवात गर्ने भएछौ सानू तिम्रो माया मैले भुलेको छैन र भुल्ने पनि छैन मैले पनि तिमिलाइ त्यति नै माया गर्थे तिमी बिना खुसी म पनि छैन तर के गर्नु काली भाग्य भनौ या समयको खेल म पनि तिमी र मेरो भबिस्य सुखद होस भनेर लाखौ सपना बोकेर नै काठमाडौ आएको थिए,सुरुसुरुमा मलाइ नया भकोले कोठा र काम पाउन निकै मुस्किल भयो,चिनेजानेको कोहि थिएनन सबै लुट्न खोज्ने मात्र थिए।मेरो समस्यामा साथ दिने एउटि केटि साथी भेटेको थिए बिन्दु।उ पनि म बसेकै घरमा कोठाभारामा बस्थी।बेलाबेलामा आइरहन्थी सहयोगी एक असल साथी जस्तो लाग्थ्यो। म सङ्ग फ्रेनसिप भएको केही महिनामा नै बिन्दुले मलाइ प्रपोज गरि तर मैले अरु कोहि छ भनेर नकारिदिए,उ निकै दुखी भै तर मलाइ कुनै वास्ता लागेन किनकी मेरो मनमा तिमी थियौ त्यसरी म बिन्दु बाट टाढै बस्न खोजे,! एकदिनको कुरा हो बिन्दुले मलाइ आफ्नो जन्म दिन र पार्टी भएको बहानामा राती डान्सबार जाउ भनेर कर गरि,मैले टार्न नसकेर गए,उस्ले पनि पिइ मैले नि अलि बढी नै पिएछु,फर्केर उ पनि मेरै रुममा आइ त्यो मदहोस रात अनि बेहोसिमा हामी साथी मात्र भएनी हामि बिचको कुनै दुरि बाकी रहेन।भोलिपल्ट होस खुलेपछी म छागोबाट झसेझै भयो त्यो एउटा कल्पना पनि नगरेको घटना थियो तर यथार्थमा।बिन्दुलाइ धेरै सम्झाउने कोसिस गरे तर उस्ले जसरी पनि बिहे गर्नै पर्छ नत्र रेफको गरेको आरोप लाउछु मुद्दा कानुन लड्छु र जसरी पनि जित्छु भनेर ब्ल्याकमेल गर्न थाली।मर्न भन्दा बौलाउनु जाती भनेको सुनेको थिए गल्ती म बाट पनि भएकै थियो यसै पनि म तिम्रो सामु पर्न सक्दैन थिए त्यसैले बिन्दुलाई नै अपनाउने निर्णय गरे। यो माया भनेको यस्तै रहेछ सानू जस्लाइ चाहिन्छ उस्लाइ पाइदैन जस्लाइ पाइन्छ त्यो मजबुरीले अङ्गाल्नु पर्छ त्यसैले सानू म जस्तो धोकेबाजलाइ सम्झेर धेरै नरुनु खुसी हुने प्रयास गर्नु यो जुनिमा हामी एकसाथ भएनौ त के भो जुनि जुनि तिमी एउटा मीठो अमिट याद बनेर मेरो मुटुमा नै बसिरहनेछौ।" त्यो अन्तिम पलमा अमरको पत्रले मनमुटु नै छिया छिया भएर आशुका बर्साद हरु बर्सिए अब मलाइ उस्को उपहार पनि हेर्न मन लागेन किनकी भारिका भारी उ सङ्ग सङ्ग बिताएका एक एक पल अमिट यादहरु आज म दाइजोमा लिएर जाँदै थिए।समाप्त

Comments

धेरै पढिएका कथाहरू.....

"मन छुने प्रेम कथा"

:केटो ले केटि लाई फोन गर्छ! ❤️केटो-: "हेल्लो ! ❤️केटि-: "हजुर, भन,,! ❤️केटो-: :miss you. ❤️केटि-: "miss you to. आज बिहानै देखि खोई किन        तिम्रो धेरै याद आयिराछ। ❤️केटो-: "(केहि समय रोकिएर) i love you. तिमी अहिले ...

आमालाई कहिल्यै नरुवाउनु!!

बा’ले आमाका लागी नयाँ सारी किनेर ल्याउनु भएको थियो। रातो बुट्टेदार सारी बा’ले झोलाबाट निकालेर आमालाइ दिने बित्तिकै आमा आस्चर्यचकित हुँदै बोल्नु भएको थियो “हैन किन ल्...

काल्पनिक कथा

"Uff फेरि त्यही पुरानो T- shirt 😏 मैले दिएको चै लगाउन हुन्न है हुन त म जस्ती नराम्री ले दिएको के लगाउनु हुन्थ्यो र " भन्दै उ रिसाइ हाल्थी !! मानौ उस्लाइ रिसाउन कुनै कारण नै चहिदैन थियो. म ...

कथा- ऊ बेश्या होइन!

त्यो पटक दुइ महिना पछि त्यो दिन आमाको बोलि सुन्दै थिएँ म। त्यो दुइ महिना मेरा लागी बर्षौ झैँ लामो थियो। यतिका समयपछी फोनमा नै भएपनी उहाँको आवाज सुन्न पाएको थिएँ मैले। तर फ...