Skip to main content

#part_4

Hello-Hello  ...सुनी रहेको छौ नि...म समर...तिमी लाई  सधै त्रि- चन्द्र अघाडी बसेर हेरि रहने... चिनेउ...?

" Umm चिने.. आफू लाई सताइ रहने मान्छे लाई कस्ले पो नचिन्ला  र..त्यही चिनेर त नजिकिने कोशिस गरे 💞  को हौ खास तिमी..? मैले पत्र मा पठाएको सबै प्रस्न  उत्तर तिमी बाट सुन्न चहान्छु..."

....म तिम्रो पागल दिवाना हु...तिम्रा ती आँखा ले बढाउने धड्कन को  महशुस कर्ता हु...थाहा थिएन तिमी को हौ...तिम्रो नाम के हो..तिम्रो धर्म अनि तिम्रो जात के हो...तर मलाइ त बस !! बस तिमी सग प्रेम हुन पुग्यो...म तिम्रो आँखा को सागर मा डुबे...म त्यो सागर को गहिराइ सम्म पुग्न चहान्छु .....

" अरे पाग्ले....प्रेम मा फस्न सजिलो छ !! तर यस्लाइ कसरी पुर्ण रुप दिन्छौ...तिम्रो जात फरक मेरो जात फरक...तिम्रो धर्म फरक मेरो धर्म फरक..अघाडी हेर त...भबिस्य मा आउने अबरोध हरु सग जुद्दै मा तिमी हार मान्ने छौ... छाडी देउ सधै मेरो प्रतीक्षा गर्न..."

...छाड्ने भए त धेरै पहिला देखि हेर्नै छाडी दिन्थ्ये तिम्लाइ...
तर आजकल...
त्यो बाटो...
त्यो स्कुटर को आवाज...
अनि नजिकिदै जाने मेरि उनी...अनि उन्का दायाँ र बायाँ गरि सलबलाइ रहने आँखा..यी मेरा नशा भएका छन...मेरो दिन को सुरुवात गर्ने चिज भएका छन...म कसरी भौलौ...

म तिमी लाई सम्झी आफू लाई भुल्न सक्छु..
म तिमी लाई सम्झी अरु लाई भुल्न सक्छु...
म तिमी लाई सम्झी मेरा अनगिन्ती पीडा भुल्न सक्छौ...

"...यी त सबै भन्ने कुरा नै हुन समर....तिमी ले बस मेरा आँखा मात्र देखेको छौ...यदि म नराम्रो रहेछु अनि मेरो ओठ ठूलो र दात बाहिर निस्केका रहेछन भने के तिमी मलाइ स्विकार्छौ ??..

...अवस्य- अवस्य  स्विकार्छु तिम्लाइ...मेरो बाचा भयो...र यो पनि भन्न सक्छु तिमी बस आँखा मात्र देखाइ मन मुटु बाट म सग बोली देउ र साथ निभाइ देउ...तिम्रो त्यो छोपिएको घुम्टो तिमी सधै को लागि मेरो भएको दिन उघार्ने छु... मैले तिम्रो रुप रङ जात धर्म सग प्रेम गरिन....स्विकारी देउ मेरो प्रस्ताब ...

"......ok फोन मा धेरै कुरा गर्दा भैया ले सन्का गर्नु हुन्छ अहिले म अलि तेस्तै ठाउँ मा छु ....!! अनि सुन ..नम्बर पाए भन्दै मा every time call नगर...हामी छोरी लाई मुस्लिम समाज मा
एक दम कडा नियम छ !! बरु मन लाग्यो भने मै Call गर्छु !! अनि सुन...सधै मलाइ हेर्ने बानी पनि कम गर....म तिम्रो यो सबै प्रस्न को उत्तर दिन कोशिस गर्ने छु !! केही दिन कुर... अहिले फोन राख्छु म पनि बाहिर जानू पर्ने काम छ !! ..Bye

छुस्स सिरेटो ले हानेको जस्तै महशुस भयो...
उता उन्ले फोन काटिन... म अझ अपुर्ण र रित्तो थिए..
म उन्को बोली लाई मन मुटु भरी भर्न चहान्थ्ये...

उनी सग गरेका हरेक सम्बाद हरु लाई दोहोर्याइ तेहेर्याइ आफै सग कुरा गरे....
मलाई राम्रै सग थाहा थियो उन्लाइ पाउने बाटो हरु जटिल थिए
तर पनि खै किन त्यही बाटो रोज्न मन लाग्यो ...

उन्को सिउदो मा रङ्ग  भर्ने अधिकार आफू ले मात्र  खोस्न मन लाग्यो..
म उस्को एकलौटी रोजाइ मात्र बन्न मन लाग्यो..

अब त बस पर्खाइ त्यो दिन को थियो...
जुन दिन उनी मेरो अघाडी आउन...
मेरो उतारचढाव भै रहने छाती मा हात राखी  भनी दिउन...

समर... तिम्रो पीडा...तिम्रो धड्कन  र तिम्रो माया म पनि महशुस गर्न सक्छौ....
लैजाउ मलाइ तिम्रो आफ्नै सन्सार मा...जहाँ म यो बर्सौ देखि छोपिएको मुहार सारा प्रकृति लाई देखाउ र हार खाओस यो प्रकृति पनि...

मन मा कुरा खेलाउदै...हिड्दै थिए...
एक्कासि मेरा कलेज का तिनै साथी भेट भए....

Uff फेरि दिमाख चाट्ने भए भन्दै म नदेखेझै गरि हिडि रहेको थिए..
परै बाट आवाज आयो...

" समर...तुम्हारे लिए एक अच्छी खबर हे...सुन तो जा एक बार..."

म नसुने झै अघि बडि रहे......( फेरि आवाज आयो)

"ओइ...म्या*****... तेरो girlfriend लाई भर्खरै एउटा मुसलमान ले हात समाउदै कार मा राखेर...लगेको छ !! जा दौडी ...सम्हाल आफ्नी प्राण लाई....मैले त पहिलै नै भन्या थियो नि केटा हो..यो केटि को जात हो भर हुदैन ...त्यस माथी मुसलमान ..साला गाई खाने जात न परे ..यो  प्रेम गर्ने मुटु त के होर तिनी हरुका लागि . सजिलै  पचाउछन ..."

भर्खरै चिसो सिरेटो ले छोएको मेरो शरीर मा एका एक चिट-चिट पसिना आउन थाल्यो हत्तपत्त नम्बर दबाए.....

"माफ गर्नु होला..तपाईं ले सम्पर्क गर्नु भएको नम्बर को मोबाइल स्विच off गरिएको छ"

To be continue last part........

Comments

धेरै पढिएका कथाहरू.....

Nepali Full Love Story || College कलेज|| In Nepali Language...

          कलेज        भर्खर स्कुले जीवन बिताएर कलेज जानू आफैमा खुसीको कुरा थियो । स्कुलमा जस्तो गृहकार्य गर्न नपर्ने र पढ्न मन लागे पढ्ने नत्र जता गए नि हुने भन्ने कुरा धेरै सुनेको थिए मैले । आज सुरु दिन थियो मेरो कलेजमा गाउँ बाट भर्खर शहर झरेको एक हप्ता मात्रै भएको थियो । त्यति थाहा थिएन शहरको रहनसहन र रमझम र झन कलेजको बारेमा थाहा हुने त कुरै भएन । भर्ना गर्न जादा झुलुक्क पुगेर काम सकेर फर्किएको थिए म राम्रो संग हेर्दा पनि हेरिन । नया भएकै भएर होला अफ्ट्यारो महशुस हुन्थ्यो तर जे भए नि पढ्न भनेर आइसकेपछि नगएर पनि त भएन । बिहानै उठे जुत्ता हिजो दिउसै देखि टलक्क टल्कने बनाएर पोलिस लगाएर राखेको थिए । कलेजको पोशाक पनि सफा चट्टको बनाएको थिए । पोशाक लगाएर बाथरुम मा गएर आफुलाई नियाले धेरैबेर सम्म । शिर देखि माथी सम्म दोहोराउदै तेह्राउदै हेरे सबै ठिक लाग्यो अनि ठूलो झोला भित्र एउटा मात्र कापि हालेर निस्किए कलेज तिर । त्यो बेलाको फेसन रे त्यो झोलाको छोटो फिता बनाएर टपक्क टासिने गरेर भिर्नु पर्ने अनि माथी पट्टी ग...

बिहेको पहिलो रातमा Part 3

एकै छिनको भौतिक सुखमा मैले प्रेमको परिभाषा भुलेछु ! भन्ने गर्थे "कहिलेकाहीं भौतिक सुखको अघि साँचो प्रेमले नि हार्ने गर्छ ! आज मैले हारेको थिइन मेरो प्रेमले हारेको थियो ! म ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय ।  उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि कति ...

Nepali

हातमा घडी बाधेर मोबाईल मा Time हेर्नू Hotel मा खाजा खाने भने पछी मो:मो र चाऊमीन मात्र Order दीनू TV को रीमोट चलेन भने भीत्तामा ठाक ठाक ठूक ठूक पार्नू अझै भएन भने दूईटै Battery झीकेर टोकेर फेरी ल...