Skip to main content

काल्पनिक कथा

"Uff फेरि त्यही पुरानो T- shirt 😏 मैले दिएको चै लगाउन हुन्न है
हुन त म जस्ती नराम्री ले दिएको के लगाउनु हुन्थ्यो र "

भन्दै उ रिसाइ हाल्थी !! मानौ उस्लाइ रिसाउन कुनै कारण नै चहिदैन थियो. म हास्दै भन्थ्ये !!

...भैगो नि त अब नरिसाउ न यति राम्री छौ !! आफू ले आफै लाई कसैले नराम्रो भन्छ त लाटी !! आज बिर्सिएर यो लगाएछु अब पक्का अर्को पल्ट भेट्दा तिमी ले दिएको T - shirt लगाएर आउछु नि !! भन्दै म फकाउथ्ये !!

" खुब अब त आएको आएइ हो !! किन भेटिरहनु पर्यो र ...न मैले भेनेको केही मान्नु हुन्छ !! सधै हेप्नु मात्र हुन्छ मलाइ 😐 यसरी नै हेप्नु न कुन दिन सधै को लागि छोडेर गै दिन्छु अनि थाहा पाउनु हुन्छ "

..उन्ले  यी कुरा भनी रहदा म फरक्क टाउको फर्काएर रिसाइ दिन्थ्ये
एक छिन दुबै बोल्दैन थिएउ !! म भुइँ को घाँस का ती टुक्रा हरु चुड्दै बस्थ्ये !!

पछाडी बाट झ्याप्पौ अङ्गालो मा पर्थिन...र भन्थिन...

" मैले तेसै भन्देको मात्र हु !! नरिसाउनु न 😐 अहिले रोइ दिन्छु अनि
मलाइ फकाउन आउदैन के....
म अझै बढी माया पाउने आश ले जानी जानी उन्को हात लाई मेरो काध बाट हटाइ दिन्थ्ये !!

उनी रुन्चे अनुहार बनाएर बोल्थिन...promise नरिसानु न भन्दै आँसु नै झार्न खोज्थिन...

अनि म मुसुमुसु हासी दिन्थ्ये....अनि त उस्लाइ के चाहियो र....रिस ले आगो भै दिन्थिन ...

" जहिले यस्तो गर्नु हुन्छ !! अब त म मरे भेट्दिन ..कत्तीन मलाइ सताउन जान्नु भएको छ "

ती साझ हरु हाम्रा लागि केही खास बनी दिन्थ्ये...
उ मेरा प्रत्येक कुरा आमा ले जस्तै ख्याल राखी दिन्थी..
बहिनी ले जस्तै माया गरि दिन्थी ...
अनि श्रीमती ले जस्तै गरि अधिकार जमाइ दिन्थ्यी

उनी सग फोन मा घन्टौ कुरा गर्नु....
छिन मै रिसाउनु अनि छिन मै फकाउनु...
फेरि भेट हुने आश मा पर्खी बस्नु ....

उन्का प्रत्येक रिस सग असिम प्रेम हुनु !! "यसरी नै रिसाउनु न एक दिन छोडेर गैदिन्छु " भन्दा मुटु को कुनै कुना चसक्क दुख्नु !!

"एक दिन छोडेर गै दिन्छु 💔
आज यहि शब्द मात्र मेरा मस्तिष्क मा घुमी रहन्छन !!
घुमि रहन्छन उन्का ती रेसमी कपाल ले घरी घरि मुख छोप्दा का पलहरु...
घुमी रहन्छन ती गाजलु आँखा मा म प्रतिको प्रस्ट प्रेम !!
अनि म जानी जानी रिसाइ दिदा धड्किने ती मुटु का बेगहरु ....

सुन्ने गर्थ्ये !! सबै को प्यारो मान्छे भगवान को पनि प्यारो हुन्छ रे...
सायद यस्तै भयो..
सायद भगवान ले पनि राम्रै लाई छाने...
तर धेरै छिटो छाने...💔

आज त बस !! महशुस गर्छु म
कल्पना गर्दै उन्को प्रतिबिम्ब कोर्छु !
महशुस गर्दै ती खाली सिउदो मा सिंदुर भर्छु ....
जिस्किदै ओठ मा लाली पोति दिन्छु !!

तर अह !! पहिले जस्तै न त्यो प्रतिबिम्ब रिसाउछ !!
न पटक पटक "यसरी नै जिस्काइ रहनु न पछि कुनै दिन छोडेर गै दिन्छु अनि थाहा हुन्छ" भन्छ

त्यो साझ !!
त्यो हावा...
चरा को चिरबिर...
हामी बिच का घन्टौ कुरा....
सगै बाच्ने अनि सगै मर्ने कसम...
आज मात्र मानसपटलमा छरपस्ट। 💔
💔💔

Comments

धेरै पढिएका कथाहरू.....

"बानेश्वर "भाग-३

.........जेठा दाइ को कुरा सुनेर चन्द्रकला बोल्न सकिनन... सङै बस्नु भएको आमा उठेर खोक्दै बाहिर निस्किनु भयो...सायद आमा लाई पनि जेठा छोरा को कुरा मन परेन होला..! रात को ८ बजि सकेका ले सबै ज...

पवन्जु एक प्रेम कथा (भाग १)

पवन पाण्डे म्या ...म्या … यो बाख्रा नि कति कराउन सकेको होला ! बरु नारायण गोपालको गुत सुन्छु..   टुर ~ टुर~टुर ~ टुर ...कस्को फोन आयो यो घाडोमा ..हेल्लो भन्दै फोन उठाय ! उता बाट "कहाँ होर ख...

बानेश्वर (भाग १)

रा* ले मेरो छोरो खाइ... लाउला खाउला भन्ने उमेर मा आज सबै लाई छोडी छोरो बित्यो...हे भगवान म कस्को मुख हेरेर बाचौ अब !! यो रा* ले मेरो घर को दैलो टेकेको दिन देखि नै दशा सुरु भएको थियो.. पो...