Skip to main content

Posts

सायद येस्तै रहेछ प्रेम !  भाग २

जब त्यहा पुगे ..त्यहा अस्ति बिबाह हुने सुनिता दिदि आउनु भयेको रहेछ त्यही पनि माइतमा मैतालु फर्काउन आउदा हाम्रो घरमा पनि पस्नु भाको रे । दिदी सङ्ग भिनाजु पनि आउनु भाको थियो एक्छिम गफ गरेपछी म भित्र सोफा मा गयेर मोबाइल चलायेर बसे  । केही बेरमा दिदी यो स्याउ लाई कहाँ राखम भन्दै एउटा आवाज आयो । कस्तो सुने सुने जस्तो पो लाग्यो त यो आवाज ! अनि येसो भित्र भान्सामा हेरेको म त छागा बाट खसे झै भये । अस्ति भेट हुने केटि पो रहेछिन । हैन कसरी आइन हाम्रो घर अनि किन ? प्रश्न उठे तर सोध्ने आट गर्न सकिन ! बेला बेल उनिलाइ हेर्थे जब हाम्रो नजर जुध्थ्यो म मोबाइल तिर ध्यान दिन्थे !  एकैछिन पछि मेरो दिदिले मलाइ बोलाउनु भयो उनी पनि त्यही नै थिइन अनि दिदी ले हाम्रो परिचय गराउनु भयो .. कि अस्ति बिबाह हुने दिदिको बहिनी पो रहेछिन । म त एक्छिन हैरान भय मन खुसिले अतालिन थाल्यो । उन्ले हजुरको नाम चाइ के नि भनेर प्रश्न गरिन ! मैले पवन भने तर उन्को नाम सोध्न बिर्सियछु ! अनि उस्ले त हामी त अब सोल्टी सोल्टिना पो परेम है सोल्टी दादा भन्दै कुरो गरिन । अनि म पनि मुसु मुसु हास्दै हो माथी हो थपे ...   ...

बिहेको पहिलो रातमा Part 6

"मैले तिमीलाई डिस्टर्ब त गरेको छैन नि है ? आज तिम्रो बिहेको पहिलो दिन ! तिमी आफ्नो श्रीमानसँग सँगै हुनुपर्ने ! भविष्यका सपनाहरु देख्ने दिन आज एकअर्कामा भएका कुराहरू एकआपसमा साटसाट गर्नु पर्ने दिन ! मलाई माफ गरिदेउ जुनु मैले तिमी लाई डिस्टर्ब गरिदिएँ ! म अब तिमी सँग यसरी खुल्ला भएर बोल्नु पनि ठिक नहोला !" मेरो आँखामा कहिल्यै आँसु देख्न नसक्ने मेरो मुहारमा कहिल्यै उदासी देख्न नसक्ने आभास आज मलाई आफ्ना कुराहरुले रुवाइरहेको थियो , उसका हरेक शब्दहरु मेरो आँसुको कारण बनेका थिए , ऊ बोलिरहेको थियो अब म सिर्फ रोइरहेको थिएँ ! के बोलम म अलमल्लमा थिएँ ! रुन्छे स्वर लगाएर बोलेँ ,"अभु ! यदि फेरि म तिम्रो सामु आएँ भने ,तिम्रो जिवनमा आएँ भने तिमी मलाई स्विकार्छौ ?" केही बेर मौन बसेर मलाई उसले बोल्यो ! "जुनु अब यो कुरा सम्भव छैन ! तिमी अरु कसैको भइ सक्यौ , अब तिमीले नयाँ अध्याय सुरु गर्नु पर्छ आफ्नो जीवन को , अब तिम्रो परिवारको खुसी को कुरा सोच्नु पर्छ ! तिमी र म एक हुने सायद किस्मतमै थिएन ! जुनु तिमी सबैतिर थियौ बस , किस्मतमा थिएनौ ! अनि तिमी ले भन्यौ नि स्विकार्छौ? ...

सायद येस्तै रहेछ प्रेम ! भाग १

बैसाख महिना !! बिहानको येस्तै ११ बजे अफिस अगाडि चट्ट कान्तिपुर पत्रीका पढी रहेको थिय । एकाएक चर्को आवाजले कोहि बोल्दै आइ रहेका थिय । येसो पछाडी फर्केर हेरे ४ जना केटिहरु लेहेङ्गामा सजियर मस्त गफ लगाउदै आयेका थिय । उनिहरुको शरीर बाट मीठो अत्तरको बास्ना आइ रहेको थियो । ती ४ जना मध्य किन किन एउटि केटि सार्है मन पर्यो । रातो ब्लाउज अनि गुलाबी रङ्गको लेहेङ्गा लगायेकी थिइन । किन किन ? उन्को मुहार भन्दा मलाइ उन्को त्यो लेहेङ्गा पो दिमागमा याद आयो । साच्चै नै उनी एक परिको प्रतिबिम्ब भन्दा फरक पर्दैन थियो होला । येस्तै कुरा सोच्दै बसेको थिय एक जनाले भनिन " दाइ यहाँ साहारा पार्टी प्यालेश कहाँ छ ? " मैले पनि सिधै अगाडि गयेर हेर्नू त्यहा ठूलो पेट्रोल पम्प छ त्यसैको पचाडि छ साहारा पार्टी प्यालेश । उनी हरु हस भन्दै त्यहा बाट लागे । पार्टी प्यालेस भनी सकेपछी पक्कै उनि हरु बिहामै आयेका हुन सक्छन तर कहाँ बाट ? येस्तै प्रश्न उल्झी रहे ! म बस त्यही राती ब्लाउज अनि गुलाबी लेहेङ्गा लगाउने केटिकै बारेमा मात्र सोची रहे ,! ...को होलिन ? कहाकी होलिन ? कस्को बिहेमा आयेकी होलिन ? ओहो ! प्रश्न पनि ...

बिहेको पहिलो रातमा Part 4

"अब किन सम्झेको ?" रुन्छे स्वरमा उसले फर्कायो ! मैले उसलाई चिनेदेखी पहिलो पटक उसको यस्तो आवाज सुनेको थिएँ !उसको स्वर मलिन थियो ! डर मिसिएको थियो उसको आवाजमा ! अलिअली सम्झना मिस...

कथा : प्रेम #part2

सुधिर, तिमीले अगाडि भनेको भए म मेरो सबै प्रोग्राम पछि सार्थे, तर यहाँ मेरो सबै तयारी भइसकेको छ, म भोलि मेलबर्न जाँदै छु -- एक महिनाको लागि । फेरि तिमी आएर पनि त एक्लै हुन्छौ। सा...